डाेल्पा — डोल्पामा रहेको अस्पतालमा प्रथम पटक कानको शल्यक्रिया भएको छ । ब्याक टु लाइफको आर्थिक सहयोग मानव अधिकार तथा वाताबरण बिकास केन्द्र मुगुको सहजिकरण आयोजित निशुल्क स्वास्थ्य शिबिरमा चिकित्सकले प्रथम पटक दुई कानको शल्यक्रिया गरेको मानव अधिकारी तथा वाताबरण बिकास केन्द्रले जनाएको छ ।गत फागुनको २९ र चैत १ मा संचालिते निःशुल्क स्वास्थ्य शिविरमा पहिलो पटक कानको सफल शल्यक्रिया गरिएको संस्थाका कर्मचारी बिष्णु रावतले बताउनु भयो । उक्त शिबिरमा करिव ३ सय ४९ जनालाई कान,नाक,घाँटीको रोगहरूको चेकजाच तथा औषधि उपचार गरिएको थियो उहाको भनाई छ । सोही शिबिरमा कान सुन्ने क्षमता कम भएका २५ जना बिरामीहरूको सुन्ने क्षमताको जाँच…
मुगु – मुगुको खत्याड क्याम्पसमा स्ववियु पदाधिकारी सर्बसम्मत चयन गरिएको छ ।चतुरदेव, हीरा, सुरेन्द्र, पूर्ण क्याम्पसमा मंगलबार उम्मेदवार मनोनयन दर्ता गर्दा नेविसंघ, अखिल क्रान्तिकारी र अनेरास्ववियुले समझदारिमा स्ववियु पदाधिकारी सर्बसम्मत चयन भएको नेबि संघ जिल्ला अध्यक्ष सोबिन्द्रबहादुर मल्लले बताउनु भयो । २०६४ सालमा स्थापना भएको चतुरदेव, हीरा, सुरेन्द्र, पूर्ण क्याम्पसमा पहिलो चोटी नेबिसंघको नेतृत्वमा स्ववियु पदाधिकारी चयन भएको उहाको भनाई छ । उक्त स्ववियु पदाधिकारीहरुमा अध्यक्ष पदमा नेविसंघका धनचन्द्र कार्की,उपाध्यक्षमा अखिल क्रान्तिकारीका गणेश परिवार,सचिवमा अनेरास्ववियुका गोविन्द्र विटालु,कोषाध्यक्षमा अखिल क्रान्तिकारीका नर बहादुर रावत र सह सचिवमा ज्ञानुमाया कार्की सर्व सम्मत निर्वाचित भएका छन ।सदस्यमा नेविसंघबाट जानकी उपाध्याय,मनिसा कार्की,प्राप्ती रावत,सुमित्रा शाही,अखिल क्रान्तिकारीबाट…
जुम्ला । जुम्ला वहुमुखी क्याम्पसकाे स्ववियू सभापतिमा अनेरास्ववियूका लाेकेन्द्र बुढा निर्वाचित भएका छन् । चैत ५ गते सम्पन्न निर्वाचनबाट १ सय १४ मत प्राप्त गर्दै अनेरास्ववियू बाट लाेकेन्द्र बुढा सभापतिमा निर्वाचित भएका हुन् । त्यसैगरी सचिवमा नेविसंघका दत्तराज रावत विजयी भएका छन् । सभापतिमा निकटम प्रतिदाेन्दी अखिल (क्रान्तिकारी) का जय कृष्ण जैसीलाई ९ मतान्तरले पराजित गर्दै बुढा निर्वाचित भएका हुन् । निर्वाचित बुढाले १ सय १४ मत प्राप्त गर्दा प्रतिष्प्रर्धी जैसीले भने १ सय ९ मत प्राप्त गरेका छन् । जसमा नेविसंघका खेमराज आर्चायले भने ८८ मत मात्रै प्राप्त गरेका छन् । कूल मतदाता संख्या ३सय ३४ रहेकाेमा ३ सय १८…
यही चैत ७ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)मा कर्णाली प्रदेशबाट ३७ हजार नौ सय ११ परीक्षार्थी सहभागी हुने भएका छन् । उक्त परीक्षामा साधारणतर्फ तीन हजार तीन सय ३८, प्राविधिकतर्फ एक सय छ, नियमिततर्फ तीन हजार चार सय ४४ र ग्रेड वृद्धितर्फ दुई सय २४ परीक्षार्थी परीक्षामा सहभागी हुने शिक्षा विकास निर्देशनालय कर्णाली प्रदेश सुर्खेतका सूचना अधिकारी तथा वरिष्ठ शिक्षा अधिकृत लोकप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार कर्णाली प्रदेशका १० जिल्लामध्ये सबैभन्दा धेरै सुर्खेतमा नौ हजार हजार पाँच सय १३ र सबैभन्दा कम परीक्षार्थी डोल्पामा सात सय ७७ जनाले परीक्षा दिँदैछन् । यस्तै, दैलेखबाट छ हजार एक…
नेपाल रेडक्रस सोसाइटी जुम्ला जिल्ला शाखाले जुनियर रेडक्रस सकर्लका शिक्षक नायक र उपनायकहरुलाई ४ दिने आधारभूत प्राथमिक उपचार प्रशिक्षण तालिम समापन गरेको छ । नेपाल रेडक्रस सोसाईटी जुम्ला जिल्ला शाखाकी उपसभापति सुमन बस्नेतको अध्यक्षता नेपाल रेडक्रस सोसाईटी कर्णाली प्रदेशकी सदस्य अमृता सापकोटाको प्रमुख आतिथ्यता र जुम्ला जिल्ला शाखाका मन्त्री इन्द्र राज डाँगीको विशेष आतिथ्यतामा तालिमको समापन भएको हो । स्वीस रेडक्रसको आर्थिक सहयोग नेपाल रेडत्रस केन्द्रिय कार्यालयको प्रविधिक सहयोग तथा चन्दननाथ नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जुम्लाको साझेदारीमा संचालिन शहरी पूर्वतयारी तथा आपतकालिन प्रतिकार्य प्रवद्धन परियोजनाले उक्त तालिम संचालन गरेको थियो। ४ दिने तालिममा नेपाल रेडक्रस सोसाइटी कर्णाली प्रदेश कार्यसमितिकी…