अंगत प्रसाद देवकाेटा जुम्ला । जुम्लाको एक नगरपालिका सहित सात गाउँपालिका गरी आठवटा स्थानीय तहको आन्तरिक आम्दानीको स्रोत न्यून रहेको पाएको छ । महालेखापरीक्षकको ६१ औँ बार्षिक प्रतिवेदन अनुसार यहाँका स्थानीय सरकारको आम्दानी न्यून देखिएको हो । जिल्लाको एकमात्र नगरपालिका चन्दननाथले आर्थिक वर्ष २०७९।०८० मा वार्षिक आय रु २ करोड ५० लाख आन्तरिक आम्दानीहुने अनुमान गरेमा नगरपालिकाले १ करोड २० लाख ६० हजार मात्र आन्तरिक आम्दानी गरेको महालेखापरीक्षकको प्रतिदेनमा उल्लेख गरिएको छ । नगरपालिकाले उठाएको विभिन्न शीर्षक अन्तर्गत कर दस्तुर,सेवा शुल्क,व्यवसाय,सवारी,एकीकृत सम्पत्ति,घर जग्गा वहाल र नक्सा पास करबाट सो आन्तरिक आम्दानीको आय संकलन भएको नगरपालिकाको राजस्व शाखाले जनाएको छ ।…
मुन प्रसाद देवकाेटा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले सात हजार पाँच सय ४५ वटा छाउ गोठ भत्काए पनि यो कुरीति अझै चलिरहेकोले जनचेतना फैलाउने अभियान सञ्चालन गर्न माग गरेकी छन्। प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै उनले २०७५ सालदेखि २०७८ सालसम्म सात हजार पाँच सय ४५ वटा छाउगोठ भत्काइएको बताइन्। ‘करिब ८ वर्ष पहिले पनि मैले छाउ गोठमा सर्पले डसेर मरेको एक छोरीको बारेमा बोलेको थिएँ। असार ३ गते अछाममा छाउगोठमा एक छोरीलाई बलात्कार भयो। यस्ता घटना घट्ने क्रम देशमा चलिरहेको छ,’ उनले भनिन्, ‘सरकारले ३ वर्षमा सात हजार पाँच सय ४५ वटा छाउगोठ भत्काए पनि यो कुरीति चलिरहेको छ।…
जुम्लाको तिला नदिमा नुहाउने क्रममा नदीमा डुबेर एक जनाको मृत्यु भएको छ । तातोपानी गाउँपालिका वडा नम्बर २ निवासी १८ वर्षीय कबिराज डाँगी तिला नदीमा नुहाउन गएको बेला बिहिवार दिउँसो नदिमा डुबेर मृत्यु भएको हो तातोपानी गाउँपालिका २ मा रहेको जर्मिको तातोपानी धारा नजिक तिला नदिमा नुहाउने क्रममा डाँगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । बिहिवार दिउँसो साथीसँग नुहाउने क्रममा तिला नदीमा डुबेर मृत्यु भएको हो। करिव ४५ मिनेटको खाजि कार्य पछि मरेको अबस्थामा फेला पारेको प्रहरीको भनाइ छ ।
जुम्लाको तिला गाउँपालिकाको वडा नम्बर ६ लाई बालमैत्री स्थानीय शासन वडा घोषणा गरिएको छ । बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिकाले तोकेका ५१ सूचक पूरा गरेपछि बालमैत्री वडा घोषणा गरिएको हो । बाल श्रममुक्त, हिंसारहित, बालविवाह निषेधितको आधार तयार भएपछि एक कार्यक्रमका विच शुक्रबार जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरिनन्द आचार्यले बालमैत्री वडा घोषणा गरेका छन्,। बालमैत्री वडा निर्माणको लागि वडाले सबै सूचक तथा मापदण्ड पूरा गर्दै बालबालिकाको अधिकारलाई स्थानीय नीति, नियम, कार्यक्रम र बजेटमा समावेश गरेको तिला गाउँपालिकाका अध्यक्ष मोतिलाल रोमायाले बताए । उनका अनुसार ५१ वटा सुचक अन्तर्गत ८४ प्रतिशत भन्दा बढि सुचाक पुरा गरेकोले सो वडा बालमैत्री घोष्णा…
जुम्लाको चन्ददननाथ नगरपालिकामा स्थानिय तहसंग बाल अधिकार,बाल संरक्षण र बालसहभागीता बिषयमा अभिमुकरण गराइ बालबालिका सवालहरु पहिचान गरी बार्षिक योजना निर्माणका लागी बाल भेला सम्पन्न भएको छ। चन्दननाथ नगरपालिकाको आयोजनामा भएको उक्त कार्यक्रममा उपप्रमुख रामदेबी खडकाको अध्यक्षतामा कार्यक्रम गरीएको थीयो। एइआइइनको आर्थिक सहयोगमा सोसेक नेपालद्धारा सन्चालित बिहानी परीयोजना,वल्र्ड भिजन को आर्थिक सहयोगमा कीडराकको साझेदारीमा भएको उक्त कार्यक्रम यहि जेष्ठ २८ गते स्टार होटलमा बिहान ८ बजे बाट सुरु भएको उक्त कार्यक्रममा दीन भरी नै छलफल गरीएको थीयो भने अर्को दीन २९ गते नगरपालिकाकै हल मा पनि दीनभरी नै कार्यक्रम भएको थीयो। सो कार्यक्रममा १० वटै वडाबाट बालक्लबका करीब ४० जना बालबालिका…