जुम्ला – हिमा गाउँपालिका – १ बड्की गाउँस्थित कालिका माध्यमिक विद्यालयमा विज्ञान प्रयोगशाला ल्याव स्थापना गरिएको छ । गाउँपालिकाको समन्वयमा प्लान नेपाल र पेस नेपाल जुम्लाको सहयोगमा विज्ञान प्रयोगशाला ल्याव स्थापना गरिएको हो । प्लान नेपाल र पेस नेपालको साँझेदारीमा सञ्चालित सशक्त बालिका परियोजना अन्र्तगत करिव पाँच लाख रकम बराबरको विज्ञान प्रयोगशाला ल्यावका सामग्री विद्यालयलाई हस्तान्तरण गरिएको छ । पेस नेपाल जुम्लाका कार्यकारी निर्देशिक किशोर न्यौपानेका अनुसार विद्यालय र गाउँपालिकाको विज्ञान प्रयोगशाला सामग्री हस्तान्तरण गरिएको हो । विज्ञान प्रयोगशाला ल्याव स्थापना पश्चात बालबालिकाको शिक्षामा गुणस्तर सुधार होस भन्ने उद्देश्य राखिएको छ । विद्यार्थीको शिक्षामा सुधार ल्याउनका लागि विद्यालयमा विज्ञान…
२९ जेठ, पोखरा । बहुमत पुर्याउने समझदारी भएपछि नै आत्मविश्वासका साथ संसदमा आफूलाई परीक्षण गरेका गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गर्न सफल भए । उनले विश्वास जित्नुका पछाडि प्रमुख निर्णायक राप्रपा थियो तर चर्चा र सबैको ध्यान नेपाल समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटाले ताने । माओवादी संसदीय दलका सदस्य भनिएका देवकोटाले विश्वासको मत दिँदा मुख्यमन्त्री पाण्डेले बहुमतमात्र पुर्याएनन्, गण्डकीले राजनीतिक सन्देशसमेत दिएको छ । गण्डकीको निर्णायक शक्ति बनेको राप्रपाले उनलाई साथ दिने निर्णय नै गरेकाले अनपेक्षित थिएन । स्वतन्त्र सांसद जितेर एकीकृत समाजवादी प्रवेश गरी फेरि स्वतन्त्र हैसियत मागेका राजीव गुरुङ ९दीपक मनाङे० ले जता ३० पुग्छ,…
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्तापल जुम्लामा ब्लड बैंक स्थापना गरिने भएको छ । अमेरिका नेपाल मेडिकल फाउण्डेसनको एक करोड २३ लाख सहयोगमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ब्लड बैंक स्थापना गरिने भएको हो । जुम्लामा प्रतिष्ठान स्थापना भएको १३ वर्षपछि ब्लड बैंक स्थापना गर्न लागिएको छ। प्रतिष्ठानका उपकुलपति डाक्टर मंगल रावलले अमेरिका नेपाल मेडिकल फाउण्डेसनले केही समय अघि सिकागो सहरमा आयोजना गरेको तिन दिवसीय सभामा दुर्गमको स्वास्थ्य सेवाका चुनौति र संभावनाका विषयमा प्रस्तुतिकरण गरेका थिए । उक्त प्रस्तीकरणमा उल्लेख गरिएका कर्णालीका स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै फाउण्डेसनको सवाँ करोड लगानीमा ब्लड बैंक स्थपना गरिएको उपकुलपति डाक्टर मंगल रावलले बताए । उपकुलपति…
जुम्लाको तातोपानी गाउँपालिका विपद् प्रतिकार्यको पुर्व तयारीमा जुटेको छ । यो वर्षको मनसुन यहि जेठ ३१ गतेबाट असोज १७ सम्म रहने छ । यो समय भित्र १८ लाख जनसङ्ख्या प्रभावित हुने अनुमान गरिएको छ । मनसुन अवधिमा अत्यधिक वर्षाका कारण बाढीपहिरो र डुबानबाट देशभर चार लाख १२ हजार घरपरिवारका १८ लाखभन्दा बढी जनसङ्ख्या प्रभावित हुने अनुमान गरिएको छ । यो प्रक्षेपण पछि तातोपानी गाउँपालिका तत्काल विपद् प्रतिकार्यको पुर्व तयारीमा जुटेको हो । तातोपानी गाउँपालिकाको स्थानीय विपद् व्वश्थापन समितिले आजको बैठकबाट ६ वटा महत्वपुर्ण निर्णय गरेको तातोपानी गाउँपालिकाका अध्यक्ष नन्द प्रसाद चौंलागाईले बताए । बाढी, पहिरो लगाएतका मनसुनजन्य विपद्लाई ध्यानमा राख्दै खाद्य संस्थान सँग…
जुम्ला – पेस नेपाल जुम्लाले समुदायको शसक्तिकरणदेखि संस्थागत विकास र दिगो विकासमा उल्लेखीय काम गर्दै आएको छ । जुम्लामा सन् २००६ मा दर्ता भई संचालनमा रहेको गैर नाफा मुलक गैर सरकारी संस्था पेश नेपालले शसक्तिकरणदेखि दिगो विकासमा काम गर्दै आएको हो । कृषि, जलवायु अनुकुलन, खानेपानी, विपद व्यवस्थापन, मर्यादित महिनावारी लगायतका विभिन्न क्षेत्रको विकास गरि समुदायको सशक्तिकरण र दिगो विकासमा जोड दिएको छ । करिब दुई दशक लामो यात्रामा पेश नेपालका विभिन्न परियोजनाहरु जुम्ला सहित मुगु र कालिकोटका ३२ वटा वडाहरुमा काम गर्दै आएको छ । शुक्रबार जिल्ला स्थित संचारकर्मीहरु संगको अन्तरक्रिया गर्दै पेश नेपाल जुम्लाका कार्यकारी निर्देशक किशोर…