<span;><span;>नेपाल रेडक्रस सोसाइटी जुम्ला जिल्ला शाखाले आयाेजना गरेकाे दुई दिने श्रोत परिचालन र कोष वृद्धि तालिम सम्पन्न भएको छ । स्वीस रेडक्रसको आर्थिक सहयोग नेपाल रेडक्रस सोसाइटी केन्द्रिय कार्यालयको प्राविधिक सहयोग र नेपाल रेडक्रस सोसाइटी जुम्ला जिल्ला शाखाद्धारा संचालित शहरी विपद् पूर्व तयारी तथा आपकालिन प्रतिकार्य प्रवद्र्धन कार्यक्रम मार्फत शाखा र विभिन्न उपशाखाहरुको श्रोत परिचालन र कोष वृद्धिका लागि क्षमता अभिबृद्धि गर्न यो तालिम संचालन भएको हो । <span;>नेपाल रेडक्रस सोसाइटी जुम्लाले संचालन गरेको तालिममा शाखा र उपशाखाहरुले श्रोत परिचालनको प्रकार र महत्व, कोष विविधिकरण, श्रोत परिचालन र कोष संकलन परिदृश्य, सामुदायिक श्रोत परिचालन, संस्थाको वित्तिय दिगोपन, सरोकारवालाहरुको विश्लेषण, योजनाका…
<span;>नेपाल रेडक्रस सोसाइटी जुम्ला जिल्ला शाखाको ३५ औं जिल्ला वार्षिक साधारण सभा सम्पन्न भएकाे छ । विपद्काे समयमा सवैले रेडक्रसलाई सम्झीरहने र रेडक्रसको उपस्थितिबाट प्रभावित व्यक्तिहरुले सुरक्षाको महशुस गर्ने गरेको जिल्ला समन्वय समितिका प्रमुख एवं कार्यक्रमका प्रमुख अतिथि गौरीनन्द आचार्यले वताउनु भयो । <span;>पवित्र सेवा भावले सेवा प्रदान गर्नुे , रेडक्रसका सिद्धान्त अनुरुप कार्य गर्नु नै रेडक्रसको मूल धर्म रहेको प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेले वताउनु भयाे । <span;>राष्ट्रको ऐन, कानून र नियमको पालना गर्दै राष्टियता, जातजाति ,वर्ग, धर्म र राजनितिक विचारधारको आधारमा विना भेदभाव विशुद्ध मानविय सहायतामा कृयाशिल रहेको रेडक्रसको आफ्नो छुट्टै पहिचान र असतित्व रहेको शाखाका का.वा.…
कालिकोट — खाडाचक्र ५ ढाडगाउँस्थित नवदुर्गा सामुदायिक वनमा लागेको डढेलोमा घाइते ५० वर्षीय नन्दराम चौलागाईंको बुधबार दिउँसो मृत्यु भएको छ । चैत २ गते बाख्रा चराउन गएको बेला वनमा लागेको डढेलोमा घाइते भएका चौलागाईंको सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालले मृत्यु भएको हो । उनलाई ४ दिनदेखि आईसीयूमा राखिएको थियो । उपचारका लागि सबै प्रयास गरे पनि सफल नभएको डा. केएन पौडेलले बताए । चौलागाईंको बिहीबार सुर्खेतस्थित भेरी नदीमा दाहसंस्कार गरिने आफन्त हिरामणि चौलागाईंले जानकारी दिए । आगोमा जलेर घाइते भएकी उनकी १२ वर्षीया छोरी हेमन्तीको सोमबार दिउँसो मृत्यु भएको थियो । शुक्रबार घर मुनिको वनमा गोठालो गएका बुबालाई दिउँसोको खाजा रोटी पुर्याउन गएकी हेमन्ती…
नेकपा एमाले जुम्लाकाे ९ औं अधिवेशन आगामी बैशाख महिनाकाे दोस्रो साता हुने भएको छ । नेकपा एमाले जिल्ला कमिटीकाे मंगलबार बसेको बैठकले बैशाख १४ र १५ गते जुम्ला सदरमुकाम खलङ्गा बजारमा गर्ने निर्णय भएको नेकपा एमाले जुम्ला जिल्लाका अध्यक्ष शान्तिलाल महतले जानकारी दिए। पार्टी अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपि शर्मा ओलीको प्रमुख आथित्यमा जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्णय भएको छ। बैठकमा एकिकृत समाजबादी पार्टीबाट समायोजन भएका ३४ जना नेता कार्यकर्तालाई जिल्ला कमिटिमा मनोनितसँगै सपथ ग्रहण समेत भएको छ। जिल्ला अधिवेशन भव्य रुपमा सम्पन्न गर्नका लागि पार्टी अध्यक्ष महतको संयोजकत्वमा मुल आयोजक समिति गठन भएको जिल्ला अध्यक्ष शान्तिलाल महतले वताए ।…
जुम्लाकाे तातोपानी गाउँपालिका- ४मा करेन्ट लागेर अप्रेटर २६ वर्षीया कालीप्रसाद उपाध्यायकाे निधन भएकाे छ। मृत्यु भएका उपाध्याय जाल्पादेवी विद्युत आयाेजनाका अपरेटर हुन्। मृतक विद्युतकाे ट्रान्सफर्मरमा झुण्डिएकाे अवस्था भेटिएका थिए। उनलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लिँदै गर्दा बाटाेमै मृत्यु भएकाे ताताेपानी गाउँपालिका वडा नं- ४ का वडाअध्यक्ष अमरबहादुर राेकायाले बताए। राेकायाले पर्थेनी घट्टेगाढस्थित ७५ केभीकाे ट्रासफर्मरमा चढेर करिब ६:४५ बजेतिर विद्युत बनाउने क्रममा करेन्ट लागेकाे बताए।