खोज्नुहोस

Blog

रारा भित्रका भौतिक संरचना ताल बाहिर सारिदै,

रारा भित्रका भौतिक संरचना ताल बाहिर सारिदै,

रारा राष्ट्रिय निकुञ्ज स्थापना भएको करिब ४७ वर्षपछि भौतिक संरचना तालभन्दा बाहिर सार्न थालिएको छ । २०३२ सालदेखि रारा ताल परिसरमा निर्माण गरिएका संरचना माथिल्लो मिलिचौर सार्न थालिएको हो । यो वर्ष झन्डै ५९ लाख रुपैयाँ बजेटमा मिलिचौरमा निकुञ्जको कार्यालय सुरु गरिएको छ । निकुञ्ज विभागको परिपत्रअनुसार निकुञ्ज कार्यालयसहित नेपाली सेनाको ब्यारेक, होटललगायत संरचना ५ वर्षभित्र बाहिर सारिसक्ने निकुञ्जका संरक्षण अधिकृत विश्वबाबु श्रेष्ठले बताए । ‘रारा तालको प्राकृतिक सुन्दरता बचाउन र पर्यटक आगमनमा वृद्धि गर्न यो कार्यक्रम ल्याइएको हो,’ उनले भने, ‘अब ताल नजिकै कुनै पनि निकायले भौतिक संरचना निर्माण गर्न पाउने छैन ।’
Read More
गुठिचौर गाउँपालिकाले बनायो  सम्बोधन पञ्चवर्षीय रणनीतिक योजना

गुठिचौर गाउँपालिकाले बनायो सम्बोधन पञ्चवर्षीय रणनीतिक योजना

जुम्लाको गुठिचौर गाउँपालिकामा बालबालिकाका सवाल सम्बोधन गर्न पञ्चवर्षीय रणनीतिक योजना बनाएको छ। दुई दिने कार्यशाला गोष्ठी मार्फत गाउँपालिकाले पञ्चवर्षीय रणनीतिक योजना बनाएको हो । पालिकाले सूचकहरुबारे अनुगमन गरिसकेपछि जिल्ला समन्वय समितिलाई अनुगमन गर्न पत्र पठाउने र सम्पूर्ण सरोकारवाला, निकाय र पालिकास्तरका साझेदार संघसंस्थासमेतलाई कामको जिम्मेवारी प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाले बताए । उनले बालबालिकाको अधिकार सुनिश्चित गर्न सकेमात्र देश विकासको आधार निर्माण हुने भन्दै पालिकाभित्रका बालबालिकाको अधिकार सुनिश्चित गर्न अभिभावक, शिक्षक, स्वास्थ्यकर्मी, बुद्धिजीवी, संचारकर्मी, संघसंस्थाका प्रतिनिधि, आम नागरिक सबै सचेत भएर अघि बढ्नुपर्ने बताए ।
Read More
जुम्लाको त्रीवेणी टोप्ला खण्ड ग्रावेल गर्न सुरु

जुम्लाको त्रीवेणी टोप्ला खण्ड ग्रावेल गर्न सुरु

जुम्लाको त्रीवेणी–टोप्ला खण्डमा ट्रयाक खुलेको एक दशक पछि स्तरउन्नती गर्न सुरु गरिएको छ । कर्णालीका चार जिल्ला छुने चौरजहारी–रारा राजमार्गको त्रीवेणी टोप्ला खण्ड ग्रावेल गर्न सुरु गरिएको हो । त्रीवेणी–टोप्ला खण्डमा नालि सहित १० मिटर चौडा सडक विस्तारको काम सुरु भएको छ । जुम्लाको तिला ४ त्रीवेणीबाट तातोपानी ७ सर्मी सम्मको सडक विस्तार गर्ने गरि काम सुरु गरिएको सडक डिभिजन जुम्लाका इन्जिनियर विरेन्द्र रावलले बताए । ३ करोड ६८ लाख ३२ हजार ७ सय ८३ रुपैंया ५० पैंसा लागतमा १० मिटर सडक चौडा, नालि तथा ग्रावेलको काम धमाधम भइरहेको इन्जिनियर रावलले जानकारी दिए ।
Read More
जुम्लाका गोविन्द पाण्डेलाई लोकसंस्कृति पुरस्कार

जुम्लाका गोविन्द पाण्डेलाई लोकसंस्कृति पुरस्कार

कैलाली जनपुस्तकालय धनगढीले २०७९ को हर्ष–पार्वती लोकसंस्कृति पुरस्कार तातोपानी गाऊपालिका गिडीखोला जुम्लामा जन्म भई हाल चन्दननाथ टोल धम्बोजी नेपालगञ्जमा बसोवास गर्ने लेखक तथा लोकसाहित्य अनुसन्धाता गोविन्दप्रसाद पाण्डेलाई प्रदान गर्ने निर्णय गरेको छ । उक्त पुरस्कार फागुन २० गते पुस्तकालयको वार्षिक उत्सवको अवसरमा प्रदान गरिनेछ । लेखक पाण्डे विगत दुई दशक देखि काली कर्णाली क्षेत्रको लोक साहित्य तथा संस्कृतिको अध्ययन अनुसन्धान तथा प्रकाशन क्षेत्रमा सकृयता पूर्वक निरन्तर लाग्नु भएको छ । निजले बि.सं. २०६० सालमा काली कर्णालीका जाजरकोट देखि दार्चुला सम्मका जिल्लाहरुमा स्थलगत भ्रमण गरी खस र डोटेली भाषाका देउडा गीत, भाका, देउडा गायक र देउडाको क्षेत्रमा संलग्न ब्यक्ति तथा संस्थाको…
Read More
कार्यसम्पादन मूल्याङ्कनमा कर्णाली प्रदेशमै डोल्पाको जगदुल्ला गाउँपालिका प्रथम

कार्यसम्पादन मूल्याङ्कनमा कर्णाली प्रदेशमै डोल्पाको जगदुल्ला गाउँपालिका प्रथम

कार्यसम्पादन मूल्याङ्कनमा कर्णाली प्रदेशमै डोल्पाको जगदुल्ला गाउँपालिका प्रथम भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको स्थानीय सरकारको कार्यसम्पादन मूल्यांकनमा डोल्पाको जगदुल्ला गाउँपालिका प्रथम भएको हो । आयोगले आ.व. २०८०/८१ का लागि स्थानीय सरकारलाई प्रदान गरिने समानीकरण अनुदानतर्फ स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कनबापत प्राप्त गरेको अङ्कसहितको प्रतिवेदन यही फागुन ४ गते सार्वजनिक गरेको थियो । सोही प्रतिवेदनअनुसार कर्णाली प्रदेशका ७९ स्थानीय तहमध्ये उक्त गाउँपालिकाले ७३ दशमलव ७२ अङ्क ल्याएर प्रदेशकै पहिलो बनेको हो । भने देशकै एघारौ स्थानमा रहेको छ । आयोगले तयार गरेको १७ वटा सूचकलाई आधार बनाएर तयार गरिएको कार्यसम्पादन मूल्याङ्कनमा निमित्त प्रमुख प्रशासकीय अधिकृतले संचालन…
Read More