जुम्ला गुठीचौर गाउँपालिका वडा नम्बर ३ गज्र्याङ्गकोट गाउँका अन्दाजि ४० वर्षका कमानसिंह परियारका दुईवटा मृर्गौलाले काम गर्न छोडेका छन् । पाँच महिना अघि परिवार सहित कमाउनका लागि भारतमा जानु भएका परियारका दुवै मुर्गाैला एक्कासि भेल भएका हुन् । भारतमै उपचार गराउन नसकेपछि मृर्गाैला पिडित कमानसिंहको परिवार विहिबार जन्म घर आई पुगेका छन् । २ छोरी, १ छोरा र श्रीमति सहित जुम्लाको जन्म घर गज्र्याङ्गकोटमा पुगेको वडाध्यक्ष इन्द्र बुढाले बताए । मर्ने र बाँच्ने ठेगान नभएकाले भारतबाट कमानसिंहको परिवार जुम्ला पुगेको हो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे वर्तमान अवस्थाकाे विषयमा मन्त्री र सांसदहरुसँग अन्तर्क्रिया सम्पन्न भएकाे छ। कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री टेकराज पछाईं, प्रतिनिधिसभा सदस्य छिरिङ लामा र कर्णाली प्रदेशसभा सदस्य देवेन्द्र शाहीसँग अन्तर्क्रिया गरिएकाे हाे। अन्तर्क्रिया कार्यक्रममा बाेल्दै सामाजिक विकास मन्त्री पछाईंले थुप्रै चुनाैतीकाे बीचबाट उठेकाे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान समग्र कर्णालीकाे मात्रै नभएर समग्र देशकाे सान भएकाे बताए। 'राेग, भाेग अशिक्षा, बेरोजगारी भएकाे ठाउँ भनेर चिनिने कर्णालीमा प्रतिष्ठानकाे जन्म हुनु सुखद पक्ष हाे,' उनले भने, 'आज यही ठाउँले स्वास्थ्यकर्मी जन्माएर पठाउँदैछ। याे हाम्राे लागि माइलस्टाेन हाे।' उनका अनुसार कर्णालीमा विविध कारणले हिजाेदेखिका स्वास्थ्य समस्याहरु छन् र पछिल्लो समय यी झन्…
जुम्लाको तिला गाउँपालिकाले हिउँदे गाउँ सभा अघि पत्रकारहरु सँग सुझाव संकलन गरेको छ । पालिकामा नयाँ जनप्रतिनिधि आएदेखी पत्रकारहरू सँगको समकार्य नभएको भन्ने गुनासो बढेको थियो । यसरी कुनैपनी पालिकाले पहिलोपटक स्थानीय पत्रकारहरू बोलाएर गाउँ अधिवेशन अगाडि राय संकलन गरेको प्रेस सेन्टर नेपालको जिल्ला अध्यक्ष विजय रावलले बताए । उनका अनुसार यसलाई अत्यन्तै नौलो अभ्यासको रुपमा लिएको र यस प्रकारका अभ्यासलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । पत्रकार भेटघाटमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडाअध्यक्षहरु, कार्यपालिका सदस्य लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले पालिकाले संचार क्षेत्रलाई पहिलो प्राथमिकतामै राखेको जानकारी दिइन् । यद्यपि प्राविधिक त्रुटीले सहकार्यमा…
बुटवलको मिलनचोकमा भएको सडक दुर्घटनामा पत्रकार मनोज हितङ्गाको ज्यान गएको छ। गए राति बुटवलको मिलनचोकबाट अस्पताललाइनतर्फ गइरहेका उहाँ सवार लु८प ९०६८ नंको मोटरसाइकल र अस्पताललाइनतर्फबाट मिलनचोकतर्फ आउँदै गरेको सुपप्र०७–०२–००१ ख १२५६ नंको यात्रुबाहक बस बसपार्क नजिकै एकापसमा ठक्कर खाँदा उक्त दुर्घटना भएको थियो। लामो समयदेखि टेलिभिजन क्यामेरा पर्सनका रूपमा कार्यरत उहाँ पछिल्लो समय एनटिभीको लुम्बिनी प्रदेश कार्यालयमा संवाददाताको रुपमा कार्यरत थिए । पाल्पाको तानसेन नगरपालिकाका स्थायी बासिन्दा उहाँ करिब १५ वर्षदेखि बुटवलको बुद्धनगरमा बस्दै आएका थिए।
शुक्रवार संसद वैठकको शुन्य समयमा वोल्दै संसद विनिता कठायतले काठण्माडौ संघ कर्णाली सिधै जोडिनुपर्ने वताइन् । कर्णालीबासीको पैसा मात्रै होइन समय पनि खेरै गैरहेको छ उनले भनिन् कर्णालीका हरके विमानस्थलमा नेपालको राजधानी काठमाण्डौ संग सिधा जोडिनको लागि इन्धन रिफियूल सेन्टर स्थापन गर्न सरकार संग माग राखेकि छन् । नेपाल एयरलाइन्सले अनलाइन टिकट गरेपनि त्यसको प्रभावकारिता नभएको संसद कठायतले वताइन् । एयरलाइन्सको अनलाइन टिकट गरेपनि अधिकाशं कर्णाली बासीलाई थाहा छैन थाहा पनि कसरी होस कहिले नड्ने जहाजको अनलाइन टिकट गरिनु अर्थ छैन उनले भनिन्, नेपाल एयरलाइन्सले कर्णालीमा हप्तामा ४ दिन फ्लाइट गर्नु पर्छ त्यस तर्फ सम्बन्धित निकायको ध्यान जावस ।