जुम्लामा असिनाले स्याउ र ओखरको फूल नष्ट भएका छन्। एक हप्ता अगाडि परेको असिना पानीले फूलेका स्याउको फूल नष्ट गरेको स्थानीय किसानले जनाएका छन्। सिंजा गाउँपालिकाको-२ लगायत उच्च क्षेत्रमा असिना पानी आएपछि किसान चिन्तित भएका छन्। सिंजा गाउँपालिका २ का वडाध्यक्ष तिर्थवडका अनुसार त्यस क्षेत्रमा आएको असिना पानीले ८ हजार बढि स्याउका विरुवाको फूल नष्ट गरेकाे छ। स्याउ फुल्ने समयमा असिना आएपछि ठूलो क्षेति भएको किसान पुर्णचन्द्र आचार्यले बताए। किसानहरुका अनुसार त्यस क्षेत्रका पारीदेव, ओखलदुडिचौर, लामासिम लगायतका क्षेत्रमा करिब ८ हजार स्याउ विरुवाको असिनाले क्षति पुर्याएको छ। जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेश अधिकारीले क्षतिको विवरण संकलन नगरिसकेको र…
प्रदेश सभा सदस्य देवेन्द्र शाहीले आफ्नाे निर्वाचन खर्च सार्वजनिक गरेका छन् । उनले २०७९ मंसिर ४ गते भएकाे प्रदेश सभा सदस्य निर्वाचनमा आफुले विभिन्न शिर्षकमा गरि १० लाख २८ हजार खर्च गरेकाे विवरण सार्वजनिक गरेका हुन् । निर्वाचन खर्चमा उनले मतदाता नामावली खरिद देखि प्रचनर प्रसार सामाग्री, सवारि साधन भाडा, ईन्धन खर्च, गाेष्ठी अन्तरक्रिया र कार्यालय संचालन सम्मकाे खर्च सार्वजनिक गरेका हुन् । उनले निर्वाचन आयाेगमा बुझाएकाे खर्च विवरण सामाजिक संजाल फेसवुक मार्फत सार्वजनिक गरेका हुन् । उनि स्वतन्त्रबाट कर्णाली प्रदेश सभा सदस्यमा विजयी भएका थिए । ढ
नेपाल विद्यार्थी संघको स्थापना दिवसको अवसर पारेर नेविसंघ जुम्लाले बृक्षारोपण गरेको छ । चन्दननाथ नगरपालिका ५ मा रहेको चन्दननाथ मन्दिर पार्कमा बृक्षारोपण गरिएको हो । चन्दननाथ मन्दिरमा परिसरमा नयाँ निमार्ण भएकाे पार्कमा बृक्षारोपण पनि आवश्यक भएको हुदा विद्यार्थीहरुले पार्कमा बृक्षारोपण गरेको नेपाल विद्यार्थी संघ जुम्लाका सभापति महेश हमालले वताए । विद्यार्थी संघको स्थापना दिवसको अवसरमा रुख रोपेका छौ यसले पार्कको सुन्दरता संगै वातावरणमा समेत सघाउ पुर्याउने भएकाले बृक्षारोपण गरिएको हो । विद्यार्थीले गरेको बृक्षारोपणमा डिभिजन वन कार्यालयका यमराज कार्की विद्यार्थी नेताहरु निराजन उपाध्याय, महेन्द्र कार्की लगायतले बृक्षारोपण गरेका छन् । (more…)
देशमा बढ्दै गएको वित्तीय संकटमा आधारित लघु चलचित्र "आत्महत्या" युट्युवबाट प्रदर्शनीमा आएको छ । सनिबार बेलुका ५:०० बजे चलचित्र रिलिज भएको हो । KCM digital युट्युव च्यानल मार्फत रिलिज भएको चलचित्रको मुख्य भुमिकामा राजन अधिकारी रहेका छन् । बरिस्ठ कलाकार हिमाला गौतमको विशेष भुमिका रहेको यश चलचित्रमा जानुका विश्वकर्माको पनि विशेष अभिनय रहेको छ । यस्तै रतन नेपाली, रमेश बनगोसाई, रवी सील्वाल, नवीन घिमिरे, सुनिता बनगोसाई, शक्ति परियार र कृष्ला श्रेष्ठको समेत चलचित्रमा अभिनय रहेको छ । चलचित्र निर्देशक तथा लेखक राजबहादुर सानेको कथामा बनेको यश चलचित्रलाई शक्ति परियारले निर्देशन गरेका हुन् । चलचित्रको निर्माता रक्षा बानियाँ के.सी र आकाश…
निजी क्षेत्रको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्ड लिंकले जुम्लामा उच्च गतिको फाइबर इन्टरनेट सेवा शुभारम्भ गरेको छ । बुधबार वर्ल्डलिंकले जुम्लाको कान्जिरुवा होटलमा एक कार्यक्रम गरि काठमाडौंकै गुणस्तर बराबरको एफटीटीएच फाइबर इन्टरनेट सेवा सुरु गरेको हो । जुम्लामा तार सहितको फाइबर इन्टरनेट सेवा विस्तार गर्ने पहिलो कम्पनी वर्ल्ड लिंक बनेको छ । जुम्लालाई उच्च गतिको इन्टरनेटबाट जोड्न पाउँदा हर्षित भएको वर्ल्डलिंकका अध्यक्ष दिलीप अग्रवालले बताए । काठमाडौंकै गतिको इन्टरनेट जुम्लामा सुरुवात भएको र अब यसले सिंगो कर्णाली प्रदेशलाई जोड्ने अध्यक्ष अग्रवालले बताए । जुम्लामा फाइबर इन्टरनेट सुरुवात व्यापार मात्रै नभएर देश जोड्ने अभियान भएको पनि अग्रवालले बताए ।