जुम्ला जिल्ला समन्वय समिति जुम्लाको छटौँ जिल्ला सभा सम्पन्न भएको छ । जिल्ला सभा जिसस जुम्लाका प्रमुख गौरी नन्द अचार्यको अध्यक्षता र कर्णाली प्रदेशका पुर्व उर्जा तथा जलस्रोत मन्त्री दिनबन्दु श्रेष्ठको प्रमुख आतिथ्यतामा सोमबार सम्पन्न हो । उक्त जिल्ला सभाले जुम्ला बिकासका लागी महत्वपुर्ण १३ वटा निणर्य गरेको छ । जिल्ला सभाले जुम्ला जिल्ला स्थित विषयगत कार्यालय र विभिन्न संघ संस्था बाट विकास निर्माण र अनुदान वितरण गर्दा हुने दोहोरोपना हटाउन सरोकारवाला विषयगत कार्यालयहरुलाइ आमन्त्रण गरी वितरण गर्ने व्यवस्था मिलाउन निर्देशन दिने निर्णय गरेको छ । त्यस्तै गएको आर्थिक वर्ष २०७१।०७२ मा आशिष थेगिम जे भि धनगढी कैलाली र तत्कालीन…
जुम्ला रारा जाने मूल बाटोमा पर्ने पटमारा गाउँमा पर्यापर्यटन प्रर्वद्धनका लागि सरसफाई अभियान सुरु भएको छ । जुम्ला विमानस्थल हुदै पटमारा खाली भएर पर्यटक रारा पुग्ने मार्गमा पर्ने पटमारा गाउँमा आजबाट पर्यापर्यटन प्रर्वद्धनका लागि सरसफाई अभियान सुरु गरिएको हातेमालो नेपाल जुम्लाका कार्यक्रम अधिकृत विकास भण्डारीले जानकारी दिए । पटमारा गाउँमा ६ जना महिलाको सक्रियतामा पटमारा सामुदायिक होमस्टे सञ्चालनमा ल्याइएको छ, जुम्ला खलंगा, खाली पाटन, भुलभुले हुदै रारा जाने पर्यटक होमस्टेमा बस्ने भएकोले स्वच्छ वातावरण कायम राख्न सरसफाई अभियान थालिएको हो ।
पत्नी हत्या आरोपित कनकासुन्दरी गाउँपालिका –६ पछाईवाडाका ३० वर्षीय रतिमान पछाईलाई प्रहरीले गिरफ्तार गरेको छ । २० वर्षीया पानसरा भन्ने दानसरा रावत (पछाईलाई) हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय जुम्लाले रतिमान पछाइलाई प्रकाउ गरेको हो । जेठ ३ गते किटानी जाहेरी दिएपछि प्रहरीले जेठ ३ गते नै चन्दननाथ नगरपालिका – ६ विजयनगर स्थित सडक बाट गिरफ्तार गरेको हो । रतिमनाकी पत्नी रावत गत वैशाख १९ गते हराएकी भनिएको थियो । लामो समयदेखि हराएकी रावतको शव ११ दिनपछि जेठ २ गते तिला नदीमा भेटिएको हो ।
सोलुको लुक्लाबाट काठमाडौंका लागि उडेका यात्रुलाई सीता एयरले रामेछाप विमानस्थलमा ओरालेर अलपत्र छाडेको छ । बिहीबार बिहान लुक्ला काठमाडौंको उडानमा रहेको सीता एयरको ९एन–एजेएच जहाज काठमाडौंको मौसम खराब भएपछि धुलिखेलको आकाशबाट रामेछाप डाइभर्ट भएको थियो । रामेछाप विमानस्थलमा यात्रु ओरालेर सोही जहाजले लुक्लाको उडान गरेको थियो । अघिल्लो उडानमा काठमाडौं जाने यात्रु भने रामेछाप विमानस्थलमा नै छोडिएको छ । सीता एयर रामेछापका स्टेसन इन्चार्ज सरोज घिमिरेले काठमाडौंको मौसमका कारण डाइभर्ट भएको जहाज रामेछापबाट काठमाडौं जाने अनुमति नभएकोले यात्रुहरुलाई अर्को उडानको व्यवस्था गर्न नसकिएको बताए । रामेछापका यात्रु लुक्ला हुँदै फेरि काठमाडौं उडान गर्न पाउँथे तर सीता एयरले त्यस्तो उडान गरेन । ‘आज होइन, भोलिका लागि त्यस्तो…
नेकपा (माओवादी केन्द्र) का सचिव तथा सांसद देवेन्द्र पौडेलले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनलाई टुंगोमा पुर्याएपछि अन्य भ्रष्टाचारका प्रकरणमा पनि छानबिन गर्नुपर्ने बताएका छन् । उनले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनलाई प्रभावित पार्नका लागि अरु प्रकरणको पनि छानबिन गर्नुपर्ने भनेर विषयान्तर गर्न खोजिएको पनि बताए । प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद पौडेलले एउटा विषयको छानबिन भइरहेको बेला अर्को विषयमा पनि छानबिन गर्नुपर्छ भन्ने विषय उठाएर समस्याको समाधान नहुने बताए । 'एउटा विषयको छानबिन चलिराखेको बेलामा, अर्को विषय उठाइदिएर विषयान्तर नगरौँ । भुटानी शरणार्थीको विषय गम्भीरतापूर्वक उठेको छ । सत्यतथ्यलाई निष्कर्षमा पुर्याउनका लागि सरकारलाई सम्बन्धित निकायहरूलाई सहयोग पुर्याउनुपर्ने यतिबेलाको हामी सबैको साझा कर्तव्य र दायित्व…