खोज्नुहोस

Blog

किर्डाक नेपालले गर्यो जुम्ला बजार सरसफाई

किर्डाक नेपालले गर्यो जुम्ला बजार सरसफाई

कर्णाली एकिकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र किर्डाक नेपालले सरसफाई गरेको छ । किर्डाक नेपालले २४ औँ वार्षिकत्सवको अवसरमा बजार सरसफाई गरेको हो । किर्डाक नेपालले आयोजना गरेको बजार सरसफाई कार्यक्रममा शसस्त्र प्रहरी र नेपाल प्रहरीको उस्थित रहेको थियो । बिच बजार हुँदै नेपाली सेनाको खेलमैदानको तल्लो गेटहुँदै हुलाक कार्यालय भएर बसपार्क देखि जिल्ला प्रशासन कार्यालयसम्म बजार सरसफाई गरिएको किर्डाक नेपालको बोर्ड सदस्य भिमबहादुर सार्कीले बताए । उनका अनुसार दिवस मात्रै मनाउनु भन्दा फोहोर उठायर बजार सरसफाई कार्यक्रम गरिएको छ । उनले भने,’ बजारमा सरसफाई अभियान नियमित हुन जरुरी छ ।
Read More
नाग्म-गमगडि-नाक्चे लाग्ना सड्कको ३५ करोड बजेट कम भयो : सांसद लामा

नाग्म-गमगडि-नाक्चे लाग्ना सड्कको ३५ करोड बजेट कम भयो : सांसद लामा

  संसदमा नाग्म गमगडि नाक्चेलाग्ना सडकका लागि विनियोजन भएको बजेट कम भएको बिषयमा ध्यानाकर्षण गरिएको छ । प्रतिनिधिसभा सांसद छिरिङ ल्हामु लामा तामाङले नाग्म९गमगडि९नाक्चेलाग्ना सड्कका लागि सरकारले रु ३५ करोड विनियोजन गरेकोमा नेपाल सरकारलाई धन्यवाद ज्ञापन गर्दै बजेट कम भएको ध्यानाकर्षण गर्नु भएको छ । उहाँले यस पटक सरकारले रु ३५ करोड विनियोजन गरेकोमा धन्यवाद दिदै, उक्त बजेटले प्रति बर्ष जम्मा १५,२० किलोमिटर मात्रै सड्क निर्माण हुन सक्ने भएकाले २० बर्ष लाग्ने भन्दै संसदमा सरकारको ध्यानाकर्षण गरिएको हो । उहाँले संसदमा भन्नुभयो, यस्तै बजेटले के अव कर्णालीमा समृद्धिका लागि २० बर्ष कुनुपर्ने हो त रु सांसद लामाका अनुसार पर्यटननै आर्थिक…
Read More
सांसद विनिता कठायतको प्रश्‍न : डायलाइसिसका लागि आठ महिना कहिलेसम्म कुर्ने ?

सांसद विनिता कठायतको प्रश्‍न : डायलाइसिसका लागि आठ महिना कहिलेसम्म कुर्ने ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद विनिता कठायतले सरकारलाई डाक्टरको दरबन्दी थप्ने कुरामा गम्भीर हुनुपर्ने बताएकी छिन् । आइतबार प्रतिनिधिसभामा बोल्दै उनले जुम्लाबाट २१ वर्षीया बहिनीले आफूलाई फोन गरेर डायलाइसिस गर्न आठ महिना कुर्नुपर्ने भएको बताएपछि कठायतले सदनमा त्यस्तो जिकिर गरेकी हुन् । उनले सभामुख मार्फत् प्रधानमन्त्रीलाई प्रश्न गर्दै भनिन् ,‘ के तपाईंहरू आफू वा आफ्नो परिवारलाई डायलाइसिसलाई आठ महिना कुर्न भन्नुहुन्छ ? मैले ती बहिनीलाई के जवाफ दिऊँ ? उनले भनिन्, ‘डाक्टरहरूको दरबन्दी के फजुल खर्च हो ? अर्थमन्त्रीले जवाफ दिनु प¥यो ।’
Read More
हिन्दकुश हिमनदीको ८० प्रतिशत हिउँ लोप हुने खतरा

हिन्दकुश हिमनदीको ८० प्रतिशत हिउँ लोप हुने खतरा

विश्वको तापमान बढ्ने वर्तमान दर कायम रहिरहे यो शताब्दीको अन्त्यसम्ममा हिन्दकुश क्षेत्रका हिमनदीमा ८० प्रतिशत हिउँ घट्ने एक अध्ययनले देखाएको छ। नेपालसहित आठ राष्ट्र सदस्य रहेको अन्तर–सरकारी निकाय इसिमोडले गरेको एक समीक्षात्मक अध्ययनका अनुसार विश्वको सरदर तापमानमा भएको बढोत्तरीका कारण पछिल्ला वर्षमा हिमनदी, हिउँ र हिउँ जमेको जमिनमा ‘अभूतपूर्व र धेरै हदसम्म अपरिवर्तनीय’ हिसाबले परिवर्तन आएको देखिएको छ। हिमनदीको क्षयीकरणको दर हिमालय क्षेत्रका विभिन्न भूभागमा फरकफरक रहने अध्ययनको प्रक्षेपण छ। शताब्दीको अन्त्यसम्ममा ३ डिग्री सेन्टिग्रेडले पृथ्वीको तापक्रम बढ्दा नेपाल र भुटान पर्ने पूर्वी हिन्दकुश हिमालय क्षेत्रले ७५ प्रतिशत हिउँ गुमाउने र पृथ्वीको तापमान ४ डिग्रीले बढ्दा यो ८० प्रतिशत पुग्ने…
Read More
कर्णाली प्रदेशको बजेटमाथी छलफल

कर्णाली प्रदेशको बजेटमाथी छलफल

कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०८०÷०८१ को राजश्व र व्ययको वार्षिक अनुमान बजेटमाथि छलफल जारी नै रहेको छ । कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशनको आज बसेको तेह्रौं बैठकमा पनि बजेटमाथिको छलफलमा दशजना प्रदेशसभा सदस्यहरुले आफ्नो धारणा राखे । छलफलको सुरुमा भाग लिँदै प्रदेशसभा सदस्य रणसिंह परियारले बजेटमा दलितहरुलाई सांकेतिक ढंगले मा सम्बोधन गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “बजेटको बुँदा नम्बर ५० मा दलित, बोटे, राउटेलगायतका जाति र वर्ग आवश्यक रकम छुट्याउने भन्ने उल्लेख गरिएको छ । त्यो प्रक्रिया नै अमूर्त छ ।” अल्पसंख्यक र सीमान्तकृत वर्गसँग दलितलाई मिसाउन नहुने भन्दै सदस्य परियारले बजेटमा स्पष्ट कुरा आउनुपर्नेमा जोड दिनुभयो । प्रदेशसभा जीतबहादुर…
Read More