अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले मध्यपूर्व र अफ्रिकामा अमेरिकी सेनाको कमान्डका लागि प्रमुख मनोनयनहरू गरेको छ । यसै आधारमा भाइस एडमिरल ब्राड कूपरलाई मध्यपूर्वमा अमेरिकी सेनाको कमान्ड लिन मनोनयन गरिएको छ । उनको नियुक्ति पुष्टि भएमा नौसेना अधिकारीलाई यो महत्त्वपूर्ण पदमा नियुक्त गरिएको यो दोस्रो पटक हुनेछ । अर्कोतर्फ ट्रम्पले अफ्रिकामा अमेरिकी सैन्य कमान्ड (अमेरिकी अफ्रिका कमान्ड) को जिम्मेवारी लिन वायु सेनाका लेफ्टिनेन्ट जनरल ड्यागविन एन्डरसनलाई पनि मनोनयन गरेको बताए । ट्रम्पले अफ्रिकामा अमेरिकी सैन्य कमान्ड (अमेरिकी अफ्रिका कमान्ड) को जिम्मेवारी लिन वायु सेनाका लेफ्टिनेन्ट जनरल ड्यागविन एन्डरसनलाई पनि मनोनयन गरेको अमेरिकी रक्षामन्त्री पिट हेगसेथले भनेका छन्…
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान नेपाल सरकारको संसदबाट पारित ऐनअनुसार २०६८ (२०११) स्थापना गरिएको हो। यो प्रतिष्ठान कर्णाली अञ्चल अस्पताल, जुम्लालाई स्तरोन्नति गरी स्थापना गरिएको स्वास्थ्य तथा शैक्षिक संस्था हो। यसको उद्देश्य भनेको दुर्गम तथा पिछडिएको क्षेत्रका जनताले गुणस्तरीय स्वास्थ्य सेवा तथा शिक्षामा सहज पहुँच पाउने व्यवस्था गर्नु हो। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको मूल लक्ष्य भनेको जुम्ला र अन्य पिछडिएको क्षेत्रमा स्वास्थ्य संस्था स्थापना गरी जनतालाई सहज र सस्तो दरमा गुणस्तरीय सेवा प्रदान गर्नु, दक्ष जनशक्ति उत्पादन गर्नु र स्वास्थ्यसम्बन्धी अनुसन्धानलाई प्रवर्द्धन गर्नु हो। प्रतिष्ठान ऐनअनुसार पिछडिएको क्षेत्रमा समेटिएका जिल्लाहरू हुन्: हुम्ला, जुम्ला, कालिकोट,…
विश्व वातावरण दिवसका अबसरमा जुम्लाकाे कर्णाली माध्यमिक बिद्यालयमा वृक्षाराेपण गरिएकाे छ । दिवसका अबसरमा विहिबार विहान डिभिजन वन कार्यालय जुम्लाकाे आयाेजनामा चन्दननाथ नगरपालिका वडा नं ३ स्थित कर्णाली मावि अनामनगरमा बृक्षाराेपण गरिएकाे हाे । सबै सरकारी कार्यालयका प्रमुख प्रतिनिधिकाे सहभागितामा बृक्षाराेपण गरिएकाे हाे । हरेक वर्ष मे-५ तारिखमा मनाईने विश्व वातावरण दिवस अन्तर्गत यश वर्ष “प्लाष्टिक प्रदुषण न्युनिकरण,हाम्राे दायित्व” भन्ने नारा तय गरिएकाे डिभिजन वन कार्यालय जुम्लाका प्रमुख भरत बहादुर बुढ्थापाले बताए । उनका अनुसार विश्व वातावर्ण दिवसका अबसरमा आज दिँउसाे नगरपाालिका भित्रका विद्यालय बीच हाजिरी जवाफ प्रतियाेगिता संचालन गरिने छ ।
जुम्ला । कर्णाली कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान शिक्षण जुम्लाको रेडियोलाेजि बिभागमा कार्यरत कर्मचारी मकर बहादुर हमालले स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्री प्रदिप पाैडेल लाई MRI मेसिन अभाव विरूद्व गुनासाे गरेका छन् । <span;>प्रतिष्ठानमा लामाे समय देखि उक्त मसिनकाे अभाव रहेकाले कर्मचारी हमालले स्वास्थ्य तथा जनसंख्या मन्त्री पाैडल लाई चिठी मार्फत MRI मेसिन अभाव तथा आगामी बजेटमा समाबेश गरि बजेट विनियोजनकाे व्यवस्था गर्न अपिल गरेका छन् । <span;>श्रीमान् <span;>प्रदीप पौडेलज्यू <span;>माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री <span;>स्वास्थ्य तथा जनसंख्या मन्त्रालय <span;>सिंहदरबार, काठमाडौं, नेपाल। हमालले लेखेका छन् ” माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सिंहदरबार, काठमाडौं, नेपाल। मिति: २०८२ वैशाख…
सुर्खेत — कर्णाली प्रदेशसभाले दलित सशक्तीकरणका लागि व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । बिहीबार बसेको २३ औँ बैठकले दलित सशक्तीकरणका लागि व्यवस्था गर्न बनेको विधयेक सर्वसहमतिले पारित गरेको हो । कर्णाली प्रदेश प्रमुखबाट प्रमाणीकरण भएपछि कार्यान्वयनमा जानेछ । दलित समुदायमाथि हुने छुवाछुत तथा जातीय भेदभाव जस्ता असमान व्यवहारलाई अन्त्य गर्दै दलित समुदायको मानवअधिकारको संरक्षण र सामाजिक न्यायको सुनिश्चितता गर्न विधेयक ल्याइएको हो । तत्कालीन सामाजिक विकासमन्त्री वीरबहादुर शाहीले २७ जेठ २०८१ मा उक्त विधेयक प्रदेशसभामा पेस गरेका थिए ।