कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०८०÷०८१ को राजश्व र व्ययको वार्षिक अनुमान बजेटमाथि छलफल जारी नै रहेको छ । कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशनको आज बसेको तेह्रौं बैठकमा पनि बजेटमाथिको छलफलमा दशजना प्रदेशसभा सदस्यहरुले आफ्नो धारणा राखे । छलफलको सुरुमा भाग लिँदै प्रदेशसभा सदस्य रणसिंह परियारले बजेटमा दलितहरुलाई सांकेतिक ढंगले मा सम्बोधन गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “बजेटको बुँदा नम्बर ५० मा दलित, बोटे, राउटेलगायतका जाति र वर्ग आवश्यक रकम छुट्याउने भन्ने उल्लेख गरिएको छ । त्यो प्रक्रिया नै अमूर्त छ ।” अल्पसंख्यक र सीमान्तकृत वर्गसँग दलितलाई मिसाउन नहुने भन्दै सदस्य परियारले बजेटमा स्पष्ट कुरा आउनुपर्नेमा जोड दिनुभयो । प्रदेशसभा जीतबहादुर…
जुम्ला जिल्ला समन्वय समिति जुम्लाको छटौँ जिल्ला सभा सम्पन्न भएको छ । जिल्ला सभा जिसस जुम्लाका प्रमुख गौरी नन्द अचार्यको अध्यक्षता र कर्णाली प्रदेशका पुर्व उर्जा तथा जलस्रोत मन्त्री दिनबन्दु श्रेष्ठको प्रमुख आतिथ्यतामा सोमबार सम्पन्न हो । उक्त जिल्ला सभाले जुम्ला बिकासका लागी महत्वपुर्ण १३ वटा निणर्य गरेको छ । जिल्ला सभाले जुम्ला जिल्ला स्थित विषयगत कार्यालय र विभिन्न संघ संस्था बाट विकास निर्माण र अनुदान वितरण गर्दा हुने दोहोरोपना हटाउन सरोकारवाला विषयगत कार्यालयहरुलाइ आमन्त्रण गरी वितरण गर्ने व्यवस्था मिलाउन निर्देशन दिने निर्णय गरेको छ । त्यस्तै गएको आर्थिक वर्ष २०७१।०७२ मा आशिष थेगिम जे भि धनगढी कैलाली र तत्कालीन…
जुम्ला रारा जाने मूल बाटोमा पर्ने पटमारा गाउँमा पर्यापर्यटन प्रर्वद्धनका लागि सरसफाई अभियान सुरु भएको छ । जुम्ला विमानस्थल हुदै पटमारा खाली भएर पर्यटक रारा पुग्ने मार्गमा पर्ने पटमारा गाउँमा आजबाट पर्यापर्यटन प्रर्वद्धनका लागि सरसफाई अभियान सुरु गरिएको हातेमालो नेपाल जुम्लाका कार्यक्रम अधिकृत विकास भण्डारीले जानकारी दिए । पटमारा गाउँमा ६ जना महिलाको सक्रियतामा पटमारा सामुदायिक होमस्टे सञ्चालनमा ल्याइएको छ, जुम्ला खलंगा, खाली पाटन, भुलभुले हुदै रारा जाने पर्यटक होमस्टेमा बस्ने भएकोले स्वच्छ वातावरण कायम राख्न सरसफाई अभियान थालिएको हो ।
पत्नी हत्या आरोपित कनकासुन्दरी गाउँपालिका –६ पछाईवाडाका ३० वर्षीय रतिमान पछाईलाई प्रहरीले गिरफ्तार गरेको छ । २० वर्षीया पानसरा भन्ने दानसरा रावत (पछाईलाई) हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय जुम्लाले रतिमान पछाइलाई प्रकाउ गरेको हो । जेठ ३ गते किटानी जाहेरी दिएपछि प्रहरीले जेठ ३ गते नै चन्दननाथ नगरपालिका – ६ विजयनगर स्थित सडक बाट गिरफ्तार गरेको हो । रतिमनाकी पत्नी रावत गत वैशाख १९ गते हराएकी भनिएको थियो । लामो समयदेखि हराएकी रावतको शव ११ दिनपछि जेठ २ गते तिला नदीमा भेटिएको हो ।
सोलुको लुक्लाबाट काठमाडौंका लागि उडेका यात्रुलाई सीता एयरले रामेछाप विमानस्थलमा ओरालेर अलपत्र छाडेको छ । बिहीबार बिहान लुक्ला काठमाडौंको उडानमा रहेको सीता एयरको ९एन–एजेएच जहाज काठमाडौंको मौसम खराब भएपछि धुलिखेलको आकाशबाट रामेछाप डाइभर्ट भएको थियो । रामेछाप विमानस्थलमा यात्रु ओरालेर सोही जहाजले लुक्लाको उडान गरेको थियो । अघिल्लो उडानमा काठमाडौं जाने यात्रु भने रामेछाप विमानस्थलमा नै छोडिएको छ । सीता एयर रामेछापका स्टेसन इन्चार्ज सरोज घिमिरेले काठमाडौंको मौसमका कारण डाइभर्ट भएको जहाज रामेछापबाट काठमाडौं जाने अनुमति नभएकोले यात्रुहरुलाई अर्को उडानको व्यवस्था गर्न नसकिएको बताए । रामेछापका यात्रु लुक्ला हुँदै फेरि काठमाडौं उडान गर्न पाउँथे तर सीता एयरले त्यस्तो उडान गरेन । ‘आज होइन, भोलिका लागि त्यस्तो…