खोज्नुहोस

Blog

गाउँपालिका द्वारा गाउँ सभा अघि पत्रकारसँग सुझाव संकलन

गाउँपालिका द्वारा गाउँ सभा अघि पत्रकारसँग सुझाव संकलन

जुम्लाको तिला गाउँपालिकाले हिउँदे गाउँ सभा अघि पत्रकारहरु सँग सुझाव संकलन गरेको छ । पालिकामा नयाँ जनप्रतिनिधि आएदेखी पत्रकारहरू सँगको समकार्य नभएको भन्ने गुनासो बढेको थियो । यसरी कुनैपनी पालिकाले पहिलोपटक स्थानीय पत्रकारहरू बोलाएर गाउँ अधिवेशन अगाडि राय संकलन गरेको प्रेस सेन्टर नेपालको जिल्ला अध्यक्ष विजय रावलले बताए । उनका अनुसार यसलाई अत्यन्तै नौलो अभ्यासको रुपमा लिएको र यस प्रकारका अभ्यासलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । पत्रकार भेटघाटमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडाअध्यक्षहरु, कार्यपालिका सदस्य लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले पालिकाले संचार क्षेत्रलाई पहिलो प्राथमिकतामै राखेको जानकारी दिइन् । यद्यपि प्राविधिक त्रुटीले सहकार्यमा…
Read More
सडक दुर्घटनामा पत्रकार हितङ्गाको निधन ,

सडक दुर्घटनामा पत्रकार हितङ्गाको निधन ,

बुटवलको मिलनचोकमा भएको सडक दुर्घटनामा पत्रकार मनोज हितङ्गाको ज्यान गएको छ। गए राति  बुटवलको मिलनचोकबाट अस्पताललाइनतर्फ गइरहेका उहाँ सवार लु८प ९०६८ नंको मोटरसाइकल र अस्पताललाइनतर्फबाट मिलनचोकतर्फ आउँदै गरेको सुपप्र०७–०२–००१ ख १२५६ नंको यात्रुबाहक बस बसपार्क नजिकै एकापसमा ठक्कर खाँदा उक्त दुर्घटना भएको थियो। लामो समयदेखि टेलिभिजन क्यामेरा पर्सनका रूपमा कार्यरत  उहाँ पछिल्लो समय एनटिभीको लुम्बिनी प्रदेश कार्यालयमा संवाददाताको रुपमा कार्यरत थिए । पाल्पाको तानसेन नगरपालिकाका स्थायी बासिन्दा उहाँ करिब १५ वर्षदेखि बुटवलको बुद्धनगरमा बस्दै आएका थिए।
Read More
कर्णालीका हरेक विमानस्थलमा इन्धन रिफियूल सेन्टर राखिनु पर्छ : संसद विनिता कठायत

कर्णालीका हरेक विमानस्थलमा इन्धन रिफियूल सेन्टर राखिनु पर्छ : संसद विनिता कठायत

शुक्रवार संसद वैठकको शुन्य समयमा वोल्दै संसद विनिता कठायतले काठण्माडौ संघ कर्णाली सिधै जोडिनुपर्ने वताइन् । कर्णालीबासीको पैसा मात्रै होइन समय पनि खेरै गैरहेको छ उनले भनिन् कर्णालीका हरके विमानस्थलमा नेपालको राजधानी काठमाण्डौ संग सिधा जोडिनको लागि इन्धन रिफियूल सेन्टर स्थापन गर्न सरकार संग माग राखेकि छन् । नेपाल एयरलाइन्सले अनलाइन टिकट गरेपनि त्यसको प्रभावकारिता नभएको संसद कठायतले वताइन् । एयरलाइन्सको अनलाइन टिकट गरेपनि अधिकाशं कर्णाली बासीलाई थाहा छैन थाहा पनि कसरी होस कहिले नड्ने जहाजको अनलाइन टिकट गरिनु अर्थ छैन उनले भनिन्, नेपाल एयरलाइन्सले कर्णालीमा हप्तामा ४ दिन फ्लाइट गर्नु पर्छ त्यस तर्फ सम्बन्धित निकायको ध्यान जावस ।
Read More
रारा भित्रका भौतिक संरचना ताल बाहिर सारिदै,

रारा भित्रका भौतिक संरचना ताल बाहिर सारिदै,

रारा राष्ट्रिय निकुञ्ज स्थापना भएको करिब ४७ वर्षपछि भौतिक संरचना तालभन्दा बाहिर सार्न थालिएको छ । २०३२ सालदेखि रारा ताल परिसरमा निर्माण गरिएका संरचना माथिल्लो मिलिचौर सार्न थालिएको हो । यो वर्ष झन्डै ५९ लाख रुपैयाँ बजेटमा मिलिचौरमा निकुञ्जको कार्यालय सुरु गरिएको छ । निकुञ्ज विभागको परिपत्रअनुसार निकुञ्ज कार्यालयसहित नेपाली सेनाको ब्यारेक, होटललगायत संरचना ५ वर्षभित्र बाहिर सारिसक्ने निकुञ्जका संरक्षण अधिकृत विश्वबाबु श्रेष्ठले बताए । ‘रारा तालको प्राकृतिक सुन्दरता बचाउन र पर्यटक आगमनमा वृद्धि गर्न यो कार्यक्रम ल्याइएको हो,’ उनले भने, ‘अब ताल नजिकै कुनै पनि निकायले भौतिक संरचना निर्माण गर्न पाउने छैन ।’
Read More
गुठिचौर गाउँपालिकाले बनायो  सम्बोधन पञ्चवर्षीय रणनीतिक योजना

गुठिचौर गाउँपालिकाले बनायो सम्बोधन पञ्चवर्षीय रणनीतिक योजना

जुम्लाको गुठिचौर गाउँपालिकामा बालबालिकाका सवाल सम्बोधन गर्न पञ्चवर्षीय रणनीतिक योजना बनाएको छ। दुई दिने कार्यशाला गोष्ठी मार्फत गाउँपालिकाले पञ्चवर्षीय रणनीतिक योजना बनाएको हो । पालिकाले सूचकहरुबारे अनुगमन गरिसकेपछि जिल्ला समन्वय समितिलाई अनुगमन गर्न पत्र पठाउने र सम्पूर्ण सरोकारवाला, निकाय र पालिकास्तरका साझेदार संघसंस्थासमेतलाई कामको जिम्मेवारी प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाले बताए । उनले बालबालिकाको अधिकार सुनिश्चित गर्न सकेमात्र देश विकासको आधार निर्माण हुने भन्दै पालिकाभित्रका बालबालिकाको अधिकार सुनिश्चित गर्न अभिभावक, शिक्षक, स्वास्थ्यकर्मी, बुद्धिजीवी, संचारकर्मी, संघसंस्थाका प्रतिनिधि, आम नागरिक सबै सचेत भएर अघि बढ्नुपर्ने बताए ।
Read More