नेपाल विद्यार्थी संघको स्थापना दिवसको अवसर पारेर नेविसंघ जुम्लाले बृक्षारोपण गरेको छ । चन्दननाथ नगरपालिका ५ मा रहेको चन्दननाथ मन्दिर पार्कमा बृक्षारोपण गरिएको हो । चन्दननाथ मन्दिरमा परिसरमा नयाँ निमार्ण भएकाे पार्कमा बृक्षारोपण पनि आवश्यक भएको हुदा विद्यार्थीहरुले पार्कमा बृक्षारोपण गरेको नेपाल विद्यार्थी संघ जुम्लाका सभापति महेश हमालले वताए । विद्यार्थी संघको स्थापना दिवसको अवसरमा रुख रोपेका छौ यसले पार्कको सुन्दरता संगै वातावरणमा समेत सघाउ पुर्याउने भएकाले बृक्षारोपण गरिएको हो । विद्यार्थीले गरेको बृक्षारोपणमा डिभिजन वन कार्यालयका यमराज कार्की विद्यार्थी नेताहरु निराजन उपाध्याय, महेन्द्र कार्की लगायतले बृक्षारोपण गरेका छन् । (more…)
देशमा बढ्दै गएको वित्तीय संकटमा आधारित लघु चलचित्र "आत्महत्या" युट्युवबाट प्रदर्शनीमा आएको छ । सनिबार बेलुका ५:०० बजे चलचित्र रिलिज भएको हो । KCM digital युट्युव च्यानल मार्फत रिलिज भएको चलचित्रको मुख्य भुमिकामा राजन अधिकारी रहेका छन् । बरिस्ठ कलाकार हिमाला गौतमको विशेष भुमिका रहेको यश चलचित्रमा जानुका विश्वकर्माको पनि विशेष अभिनय रहेको छ । यस्तै रतन नेपाली, रमेश बनगोसाई, रवी सील्वाल, नवीन घिमिरे, सुनिता बनगोसाई, शक्ति परियार र कृष्ला श्रेष्ठको समेत चलचित्रमा अभिनय रहेको छ । चलचित्र निर्देशक तथा लेखक राजबहादुर सानेको कथामा बनेको यश चलचित्रलाई शक्ति परियारले निर्देशन गरेका हुन् । चलचित्रको निर्माता रक्षा बानियाँ के.सी र आकाश…
निजी क्षेत्रको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्ड लिंकले जुम्लामा उच्च गतिको फाइबर इन्टरनेट सेवा शुभारम्भ गरेको छ । बुधबार वर्ल्डलिंकले जुम्लाको कान्जिरुवा होटलमा एक कार्यक्रम गरि काठमाडौंकै गुणस्तर बराबरको एफटीटीएच फाइबर इन्टरनेट सेवा सुरु गरेको हो । जुम्लामा तार सहितको फाइबर इन्टरनेट सेवा विस्तार गर्ने पहिलो कम्पनी वर्ल्ड लिंक बनेको छ । जुम्लालाई उच्च गतिको इन्टरनेटबाट जोड्न पाउँदा हर्षित भएको वर्ल्डलिंकका अध्यक्ष दिलीप अग्रवालले बताए । काठमाडौंकै गतिको इन्टरनेट जुम्लामा सुरुवात भएको र अब यसले सिंगो कर्णाली प्रदेशलाई जोड्ने अध्यक्ष अग्रवालले बताए । जुम्लामा फाइबर इन्टरनेट सुरुवात व्यापार मात्रै नभएर देश जोड्ने अभियान भएको पनि अग्रवालले बताए ।
जुम्ला गुठीचौर गाउँपालिका वडा नम्बर ३ गज्र्याङ्गकोट गाउँका अन्दाजि ४० वर्षका कमानसिंह परियारका दुईवटा मृर्गौलाले काम गर्न छोडेका छन् । पाँच महिना अघि परिवार सहित कमाउनका लागि भारतमा जानु भएका परियारका दुवै मुर्गाैला एक्कासि भेल भएका हुन् । भारतमै उपचार गराउन नसकेपछि मृर्गाैला पिडित कमानसिंहको परिवार विहिबार जन्म घर आई पुगेका छन् । २ छोरी, १ छोरा र श्रीमति सहित जुम्लाको जन्म घर गज्र्याङ्गकोटमा पुगेको वडाध्यक्ष इन्द्र बुढाले बताए । मर्ने र बाँच्ने ठेगान नभएकाले भारतबाट कमानसिंहको परिवार जुम्ला पुगेको हो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे वर्तमान अवस्थाकाे विषयमा मन्त्री र सांसदहरुसँग अन्तर्क्रिया सम्पन्न भएकाे छ। कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री टेकराज पछाईं, प्रतिनिधिसभा सदस्य छिरिङ लामा र कर्णाली प्रदेशसभा सदस्य देवेन्द्र शाहीसँग अन्तर्क्रिया गरिएकाे हाे। अन्तर्क्रिया कार्यक्रममा बाेल्दै सामाजिक विकास मन्त्री पछाईंले थुप्रै चुनाैतीकाे बीचबाट उठेकाे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान समग्र कर्णालीकाे मात्रै नभएर समग्र देशकाे सान भएकाे बताए। 'राेग, भाेग अशिक्षा, बेरोजगारी भएकाे ठाउँ भनेर चिनिने कर्णालीमा प्रतिष्ठानकाे जन्म हुनु सुखद पक्ष हाे,' उनले भने, 'आज यही ठाउँले स्वास्थ्यकर्मी जन्माएर पठाउँदैछ। याे हाम्राे लागि माइलस्टाेन हाे।' उनका अनुसार कर्णालीमा विविध कारणले हिजाेदेखिका स्वास्थ्य समस्याहरु छन् र पछिल्लो समय यी झन्…