काठमाडौँ । साविक विजेता अर्जेन्टिनाले अतिरिक्त समयमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै फिफा विश्वकप फुटबलको सेमिफाइनलमा पुगेको छ । कान्सास सिटीस्थित एरोहेड रङ्गशालामा आइतबार बिहान सम्पन्न रोमाञ्चक क्वार्टरफाइनलमा निर्धारित ९० मिनेट र अतिरिक्त समयको अधिकांश समय १-१ को बराबरीमा रहेको खेलमा अर्जेन्टिनाले अन्तिम क्षणमा दुई गोल गर्दै जित निकालेको हो । अब अर्जेन्टिनाले सेमिफाइनलमा इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । इंग्ल्यान्डले पनि अतिरिक्त समयमा नर्वेलाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको थियो । अर्जेन्टिनाले खेलको १०औँ मिनेटमै अग्रता लिएको थियो । लियोनेल मेसीको कर्नर प्रहारमा एलेक्सिस म्याक एलिस्टरले हेडमार्फत गोल गर्दै टोलीलाई १-० को अग्रता दिलाएका थिए । यो विश्वकपमा मेस्सीको…
काठमाडौं । मेटाले व्यवसायीलाई लक्षित गर्दै ह्वाट्सएपमा नयाँ कृत्रिम बुद्धिमत्ता (एआई) आधारित मेटा बिजनेस एजेन्ट सार्वजनिक गरेको छ । मुम्बईमा ह्वाट्सएपको तेस्रो बिजनेस समिटका क्रममा सार्वजनिक गरिएको यो प्रणालीले ग्राहकका प्रश्नको उत्तर दिनेदेखि उत्पादन सिफारिस गर्ने, भेटघाटको समय तय गर्ने र बिक्री बढाउन सहयोग गर्ने काम स्वचालित रूपमा गर्न सक्ने कम्पनीले जनाएको छ । मेटाका अनुसार यो एआई सहायक व्यवसाय र ग्राहकबीचको संवादलाई छिटो, सहज र व्यक्तिगत बनाउन तयार गरिएको हो । आवश्यक परेमा यसले भइरहेको संवादलाई मानव सहयोगी वा ग्राहक सेवा प्रतिनिधिसमक्ष पनि हस्तान्तरण गर्न सक्ने सुविधा उपलब्ध गराइएको छ । यो बिजनेस एजेन्टले ग्राहकका जिज्ञासाको उत्तर दिने, व्यवसायको…
काठमाडौँ । आज राष्ट्रिय सभाको बैठक बस्दैछ । सङ्घीय संसद सचिवालयका अनुसार आज राष्ट्रिय सभाको बैठक दिउसो १: १५ बजेदेखि शुरु हुदैछ । आजको बैठकमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले आफ्नो मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिने कार्यसूची रहेको छ भने कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले आफ्नो मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिने कार्यसूची रहेको छ । त्यस्तै आजको संवैधानिक आयोग राष्ट्रिय समावेशी आयोगको आव २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल हुने कार्यसूची रहेको छ ।
काठमाडौँ । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि भएको घटनामा परी गम्भीर रूपमा जलन भएका गणेश नेपालीको सम्पूर्ण उपचार खर्च व्यहोर्ने भएको छ । हाल वीर अस्पतालमा उपचाररत नेपालीको थप तथा विशिष्टीकृत उपचारका लागि तत्कालै भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) लैजाने तयारी गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । बिरामीको स्वास्थ्य अवस्था बुझ्न र उपचार प्रक्रियालाई तीव्र बनाउन गृहमन्त्री सुदन गुरुङ र प्रधानमन्त्रीको सचिवालयका सदस्यहरू गएराती वीर अस्पताल पुगेका थिए । उनीहरूले वीर अस्पतालका चिकित्सक टोलीसँग घाइतेको पछिल्लो स्वास्थ्य स्थिति र उपचारको प्रगतिका बारेमा प्रत्यक्ष जानकारी लिएका थिए । चिकित्सकहरूसँगको परामर्श र अवस्थाको गम्भीरतालाई ध्यानमा राख्दै उनीहरूले बिरामीलाई तत्काल…
काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयको ए लेभल, सीबीएसइ, आइबीडिपी लगायतका विदेशी विद्यालय तहका शैक्षिक कार्यक्रम अनुमति नलिई सन्चालन गर्ने संस्थाबारे जानकारी उपलब्ध गराउन सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ । मन्त्रालयको विद्यालय शिक्षा शाखाले सूचनाजारी गर्दै विदेशी शिक्षण संस्थासँग सम्बन्धन लिएर सञ्चालन हुने यस्ता शैक्षिक कार्यक्रम नेपालमा सञ्चालन गर्नुअघि मन्त्रालयबाट आवश्यक अनुमति प्राप्त गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ । तर केही शैक्षिक संस्थाले अनुमति नलिई यस्ता कार्यक्रम सञ्चालन गरिरहेको तथा अनुमति नलिएको अवस्थामा पनि अनुमति प्राप्त गरेको भनी प्रचारप्रसार गरी विद्यार्थी र अभिभावकलाई भ्रममा पारिरहेको विषय विभिन्न माध्यमबाट जानकारीमा आएको मन्त्रालयले जनाएको छ । साथै मन्त्रालयले सञ्चालनसम्बन्धी कानुनी व्यवस्था…