काठमाडौँ । फिफा विश्वकपको क्वार्टरफाइनलमा फ्रान्स र मोरक्कोबीच हुने खेलअघि रेफ्री टिमको नियुक्तिलाई लिएर नयाँ बहस सुरु भएको छ । यस खेलका मुख्य निर्णायक फाकुन्डो टेलोसहित सहायक रेफ्री, चौथो रेफ्री र अन्य सबै खेल अधिकारी अर्जेन्टिनाका राखिएपछि सामाजिक सञ्जाल र फुटबल वृत्तमा विभिन्न टिप्पणी भइरहेका छन् । कसैले यसलाई फ्रान्सलाई विश्वकपबाट बाहिर राख्ने षडयन्त्रको रुपमा समेत ब्याख्या गरेका छन् । फ्रान्स र मोरक्कोबीच हुने विश्वकप क्वार्टरफाइनल सञ्चालन गर्ने सम्पूर्ण निर्णायक टोली अर्जेन्टिनाबाट रहेका छन् । जसमा फाकुन्डो टेलो, मुख्य रेफ्री, सहायक रेफ्रीहरु जुआन पाब्लो बेलाट्टी र गेब्रियल चाडे रहेका छन् । त्यस्तै चौथो रेफ्रीमा दारियो हेरेरा र वैकल्पिक सहायक रेफ्रीमा…
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको १०० दिनको बारेमा टिप्पणी गर्दै सरकार होस हवासमा नरहेको बताएका छन् । बिहीबार एमाले पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सरकार फाँसीवादतर्फ हिडिरहेको टिप्पणी गर्दै लोकतन्त्र संकटमा परेको टिप्पणी गरेका हुन् । ओलीले सुकुम्बासी बस्तीमा डोजर चलाइएको, बालबालिका रोएको तथा विस्थापनका तस्बिरहरू सञ्चारमाध्यममै देखिएको भन्दै सरकारको कार्यशैली अधिनायकवादी भएको बताए । सरकारले कसैको कुरा नसुन्ने बताउदै देशमा कतैपनि खुशी हुने ठाउ नभएको टिप्पणी गरे । उनले भने- 'नेपालमा अहिले खुसी हुनका लागि त अन्तर्राष्ट्रिय फुटबल गेम चलिराखेको छ, राति अबेरसम्म त्यो हेरेर बस्नुपर्छ । एकछिन खुसी हुने हो,…
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको खेलाडी अक्सन आज हुदैछ । खेलाडी अक्सन आज अपराहन्न ३: ४५ बजेदेखि हुने छ भने यसको प्रत्यक्ष प्रशारण एनपीएलको युट्युब च्यानलमा हुने क्यानले जानकारी दिएको छ । आज हुने अक्सनमा तीन क्याटोगरीमा १५५ खेलाडी रहेको नेपाल क्रिकेट संघ (क्यान) ले जानकारी दिएको हो । जस अनुसार क्याटोगरी ए मा अर्जुन घर्ति, बिबेक यादव, आसिफ सेख, रुपेश सिंह र तृतराज दास रहेका छन् । त्यस्तै क्याटोगरी बी मा २७ जना रहेका छन् भने १२३ जना क्याटोगरी सी मा रहेका छन् । त्यस्तै क्यानले यस अक्सनमा हरेक टिमले २-२ जना नेपाली खेलाडी थप…
काठमाडौँ । आज राष्ट्रिय सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज राष्ट्रिय सभाको बैठक अपराहन्न १२: १५ बजेदेखि शुरु हुदैछ । आज राष्ट्रिय सभामा विनियोजन विधेयक, २०८३ का विभिन्न शीर्षकहरूमध्ये विभिन्न मन्त्रालयको विनियोजन शीर्षकहरू मध्ये छलफल उठेका प्रश्नको विभिन्न मन्त्रालयका मन्त्रीले जवाफ दिने कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ । आज युवा, श्रम तथा रोजगार मन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय, विज्ञान, प्रविधि तथा…
काठमाडौँ । हरेक वर्ष जुलाई ६ मा विश्व ग्रामीण विकास दिवस मनाइन्छ । ग्रामीण समुदायले खाद्य सुरक्षा, गरिबी न्यूनीकरण, कृषि उत्पादन र दिगो विकासमा पुर्याएको योगदानको सम्मान गर्दै यो दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्रसंघको महासभाले सन् २०२४ सेप्टेम्बर ६ मा जुलाई ६ लाई विश्व ग्रामीण विकास दिवसका रूपमा औपचारिक मान्यता दिएको हो । यसको उद्देश्य ग्रामीण क्षेत्रमा रहेका गरिबी, असमानता र विकासका चुनौतीप्रति विश्व समुदायको ध्यानाकर्षण गराउनुका साथै कृषि, पूर्वाधार, शिक्षा, स्वास्थ्य, जलवायु अनुकूलन र रोजगारीमा लगानी बढाउन प्रोत्साहन गर्नु हो । संयुक्त राष्ट्रसंघका अनुसार विश्वका करिब ८० प्रतिशत अति गरिब मानिस ग्रामीण क्षेत्रमा बसोबास गर्छन्, जहाँ दैनिक आम्दानी…