खोज्नुहोस

Blog

आज अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस मनाइदै

काठमाडौँ । आज अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस मनाइदैछ । रेमिटेयान्स मार्फत विश्वभरि धेरैको घर र परिवार चलेको छ र यसरी रेमिटेन्स मा निर्भर सबै परिवारहरूको सहयोग र समर्थनका लागि हरेक वर्ष जुन १६ तारिखमा अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस मनाइने गरिन्छ । यस वर्षको अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवसको नारा 'ग्रामीण लचिलोपन, उद्यमशीलता र रोजगारीका लागि रेमिट्यान्स' भन्ने रहेको छ । यस विषयवस्तु अन्तर्गत, ग्रामीण क्षेत्रहरूमा रेमिट्यान्स प्रवाहको परिवर्तनकारी प्रभावलाई प्रकाश पार्छ, जहाँ गरिबी, जलवायु जोखिम र सीमित आर्थिक अवसरहरू प्रायः एकअर्कासँग जोडिएका हुन्छन् । यो दिवस सबै भन्दा पहिला २०१५ मा मनाउन शुरु गरिएको हो ।  
Read More

सातै प्रदेशले ल्याए बजेट, कसको कति ?

काठमाडौं । सातै प्रदेशले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट ल्याएका छन्  । विधानअनुसार संघीय सरकारले जेठ १५ गते र प्रदेश सरकारले असार १ गते बजेट ल्याउनुपर्ने व्यवस्था गरेका कारण असार १ गते प्रदेशहरुको बजेट आएको हो । बाँकी प्रदेशमा समयमै बजेट प्रस्तुत गरिएको भएपनि सुदूरपश्चिम प्रदेशमा भने सत्ता साझेदार दल नेपाली काँग्रेस र एमालेबीच विवाद हुदा राति साढे ११ बजेपछि बसेको प्रदेशसभामा बजेट प्रस्तुत गरिएको थियो । मधेश प्रदेश मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाखको बजेट ल्याएको छ ।  सोमबार मधेश प्रदेश सभाको बेठकमा अर्थमन्त्री युवराज भट्टराईले आर्थिक वर्ष २०८३/८४ का…
Read More
लोकतन्त्र, शिक्षा र समाजसेवाका अथक योद्धा : स्वर्गीय लाल हमाल

लोकतन्त्र, शिक्षा र समाजसेवाका अथक योद्धा : स्वर्गीय लाल हमाल

                                                                                          लाल बहादुर जिसी   कनकासुन्दरी–४, धोविघाट, सिंजा, जुम्ला नेपालको लोकतान्त्रिक आन्दोलन, शिक्षा विकास तथा सामाजिक रूपान्तरणका क्षेत्रमा कर्णालीका अग्रणी व्यक्तित्वका रूपमा स्वर्गीय लाल हमालको नाम सम्मानका साथ स्मरण गरिन्छ। पाँच दशकभन्दा बढी समय लोकतन्त्र, सामाजिक सेवा र नेपाली कांग्रेसको आदर्शप्रति अविचलित रही योगदान पुर्‍याउनुभएका हमाल कर्णाली क्षेत्रका प्रजातान्त्रिक आन्दोलनका एक सशक्त हस्ती हुनुहुन्थ्यो। वि.सं. १९९३…
Read More

सुर्खेतको वन उपभोक्ता समितिमा अनियमितता, अध्यक्षसहित तीन जनाविरुद्ध मुद्धा दायर

काठमाडौँ । सुर्खेतको भेरीगंगा नगरपालिका वडा- १३ स्थित साजगोठेरी सामुदायिक वन उपभोक्ता समितिका तत्कालीन पदाधिकारीहरूले रूख कटान गरी काठ बिक्रीबाट प्राप्त रकम हिनामिना गरेको आरोपमा विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको छ । अनुसन्धानका क्रममा तत्कालीन अध्यक्ष लोक बहादुर महतारा, सचिव मान कुमारी पौड्याल र कोषाध्यक्ष दल बहादुर बुढाले आपसी मिलेमतोमा सामुदायिक वनको सम्पत्तिमा अनियमितता गरी रकम हिनामिना गरेको देखिएको उल्लेख छ । आर्थिक वर्ष २०७७/०७८ मा लगत संकलनको सहमति लिएर कटान गरिएको काठ आर्थिक वर्ष २०७८/०७९ मा चिरान गरी बिक्री गर्दा ९८१.२४ क्यू फिट काठ न्यूनतम दररेटअनुसार बिक्री भएको भए पनि हुने आम्दानीभन्दा ९५ हजार ,११८ कम देखाई लेखापरीक्षण…
Read More

टेम्पो भीरबाट खसालिएको घटनामा वनका १० कर्मचारी नियन्त्रणमा

धनगढी । कैलालीमा टेम्पो भीरबाट खसालिएको घटनामा वनका १० कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले घटनामा सहभागी अन्य कर्मचारीको खोजी गरिरहेको र उनीहरु सम्पर्कमा नरहेको बताएको छ  । घटनाको विषयमा प्रशासनले दुई पक्षबीच छलफल गरेपनि ठोस सहमति भने नभएको बताइएको छ । डिभिजन वन कार्यालय धनगढीका कर्मचारीले जेठ २९ गते टेम्पोलाई धकेलेर भीरमा पल्टाइदिएको विषय सामाजिक सञ्जालमा भाइरल भएपछि चौतर्फी आलोचना भइरहेको छ । टेम्पो सञ्चालक घनश्याम धामीकी श्रीमती धनादेवी धामीले टेम्पो घरमै राख्ने र कहिलेकाहीँ मात्र पसलमा छोड्ने गरिएको बताएकी छन् । उनका अनुसार जेठ २९ गते पसल हटाउने विषयमा वन कर्मचारी र उनका श्रीमानबीच विवाद भएको थियो । उनले…
Read More