काठमाडौं । आज १५ जुन अर्थात् ज्येष्ठ नागरिक दुर्व्यवहारविरुद्धको विश्व चेतना दिवस मनाइँदैछ । यसवर्ष यो दिवसको विषयवस्तु 'जागरूकताभन्दा बाहिर: ज्येष्ठ नागरिक दुर्व्यवहार रोकथाम कार्य' भन्ने रहेको छ । जेष्ठ नागरिकमाथि हुने दुर्व्यवहार विरुद्धको रोकथाम गर्ने अन्तर्राष्ट्रिय सञ्जालले सन् २००६ देखि हरेक वर्ष जुन १५ तारिखलाई ज्येष्ठ नागरिक दुव्र्यवहार विरुद्धको विश्व चेतना दिवस विभिन्न कार्यक्रम गरेर मनाउन थालेको हो । नेपालले यो दिवस सन् २०१२ देखि मनाउन शुरु गरेको हो । विश्वमा लगभग सबै देश अनि महादेशहरुमा गएका सन् २०१५ देखि सन् २०३० सम्ममा अग्रज उमेर सुमहका मान्छेहरुको सख्याँमा वृद्धि आउने छ । बढ्दो स्वास्थ सेवामा पहुँच, जीवनको गुणस्तरमा बृद्धि लगायत…
काठमाडौँ । आज प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ । आज बिहान साढे ८ बजेदेखि शुरु हुने बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ सम्बन्धमा विज्ञसँग छलफलको कार्यसूची रहेको समितिले जानकारी दिएको छ ।
काठमाडौँ । नेपाली कांग्रेसका ६ लाख ८७ हजार ९३१ सदस्यले आफ्नो क्रियाशील सदस्यता अद्यावधिक गरेका छन् । यसअघि काँग्रेसका कुल ७ लाख ८२ हजार २०९ सदस्यमध्ये ६ लाख ८७ हजार ९३१ सदस्यले आफ्नो विवरण वडा तहबाट अद्यावधिक गरेको काँग्रेस केन्द्रीय कार्यालयले जनाएको छ । जस अनुसार ५ लाख ३८ हजार ६२२ सदस्यले एनसिआइडी प्राप्त गरिसकेका छन् भने १ लाख ४९ हजार ३०९ सदस्यको फाराम वडा तहबाट अनुमोदन प्रक्रियामा रहेको छ । कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिले वडा तहबाट अनलाइनमा प्रविष्ट भएका फाराम आगामी असार ५ गतेभित्र अनुमोदन गरिसक्न निर्देशन दिइएको छ । तोकिएको समयभित्र अनुमोदन नभएमा योग्य सदस्यहरूको विवरण केन्द्रले स्वतः…
काठमाडौं । आज विश्व रक्तदाता दिवस । आज विश्वभर 'मानवताको एक थोपा, रक्तदान गर्नुहोस्, जीवन बचाउनुहोस्' भन्ने नाराका साथ यो दिवस मनाइदैछ । सुरक्षित रगत र रक्ततत्वको आवश्यकता प्रति सचेतना जगाउन र जीवन रक्षक रगत उपहार दिएकोमा रक्तदाताहरुलाई धन्यवाद दिन हरेक वर्ष जुन १४ तारिखमा यो दिवस मनाउने गरिएको छ । नेपालमा दैनिक ५ सय युनिट होल ब्लड र १ सय युनिट रक्ततत्व आवश्यक पर्ने भएपनि नियमीत रक्तदान कार्यक्रम नहुँदा माग र आपूर्तिमा सन्तुलन आउन सकेको छैन । नेपालमा १ हजार जनामा ४ जनाले मात्रै रक्तदान गर्ने गरेको आँकडा छ । नेपालमा पुरुष रक्तदाता ८६. १ र महिला १३. ९…
काठमाडौँ । ब्राजिल र मोरक्को जारी फिफा विश्वकप फुटबलमा बराबरी खेलेका छन् । समुह सी अन्तर्गत आइतबार बिहान सम्पन्न खेलमा ब्राजिल र मरक्को १-१ गोलको बराबरीमा रोकिएका हुन् । खेलमा मोरक्कोका लागि इस्माइल सैबारीले गोल गरेका थिए भने ब्राजिलका लागि भिनिसियस जुनियरले बराबरी गोल फर्काएका थिए । खेलको २१औं मिनेटमा सैबारीले गोल गर्दै मोरक्कोलाई शुरुवाती अग्रता दिलाएका थिए भने खेलको ३२औं मिनेटमा भिनिसियसले गोल गर्दै बराबरी गरेका थिए । यो बराबरीपछि दुवैले एक एक अंक बाँडेका छन् । अब विश्वकप अन्तर्गत ब्राजिलले जुन २० मा हैटीविरुद्ध खेल्ने छ भने जुन २५ मा स्कटल्याण्डविरुद्ध खेल्ने छ । त्यस्तै मोरक्कोले जुन २० मा…