खोज्नुहोस

Blog

परराष्ट्रमन्त्री शिशिर खनाल आज चीन भ्रमणमा जादै

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चीन सरकारको मैत्रीपूर्ण निमन्त्रणामा आजदेखि असार ३ गतेसम्म जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा जादैछन् । हालै सम्पन्न भारत भ्रमणपछि मन्त्री खनाल चीन जान लागेका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा मन्त्री खनालले बेइजिङमा चिनियाँ समकक्षी वाङ यीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ । वार्तामा नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने तथा आपसी हितका विषयमा सहकार्य विस्तार गर्ने विषयमा छलफल हुने जनाइएको छ । भ्रमणका क्रममा मन्त्री खनालले चीनका उच्चस्तरीय सरकारी अधिकारीहरूसँग पनि भेटवार्ता गर्नेछन् । त्यसैगरी, बेइजिङस्थित नेपाली दूतावासले आयोजना गर्ने लगानी सम्मेलनमा सहभागी हुँदै उनले नेपालमा वैदेशिक लगानी प्रवर्द्धनका विषयमा चिनियाँ व्यवसायी समुदायसँग अन्तरक्रिया गर्ने…
Read More

भारत निर्यात अवरोध भएपछि इलामका चिया उद्योग असार १ गतेदेखि बन्द गर्ने घोषणा

इलाम । भारतले नेपाली तयारी चियाको आयातमा नयाँ मापदण्ड लागू गरेपाची इलामका उद्योगीहरूले असार १ गतेदेखि उद्योग बन्द गर्ने घोषणा गरेका छन् । ५३ उद्योग आबद्ध रहेको सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसनका अनुसार भारतीय चिया बोर्डले नयाँ 'स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर' जारी गरेपछि नेपाली चिया निर्यातमा विभिन्न प्रकारका गुणस्तर जाँच, जोमिखपूर्ण र अपारदर्शी नतिजा, तथा भण्डारणको अभाव जस्ता जटिल समस्याहरूका कारण नेपालबाट भारततर्फ चिया निर्यात हुन अवरोध भएको छ । एसोसियसनले हाल भारतीय बजारमा पुगेको करिब २ लाख किलोभन्दा बढी तयारी चिया भारतीय गोदाम मै रोकिएको अवस्था छ भने यता नेपालका उद्योगहरूमा १० लाख किलोभन्दा बढी तयारी चिया थन्किएर बसेको बताएको छ…
Read More

नक्कली नोटसहित कपिलवस्तुबाट पक्राउ

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका-२ हल्लानगर बस्ने ४५ वर्षीया बबिता थापालाई नेपाली ५ सय दरको १९ थान नक्कली नोटसहित प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरीले उनलाई उनकै घरबाट उक्त नक्कली नोट सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।  
Read More

विश्वकपमा ब्राजिल र मोरक्को भिड्दै

काठमाडौँ । ब्राजिलले जारी फिफा फुटबल विश्वकपको अभियानको सुरुआत आजराती समूह सि अन्तर्गत मोरक्कोविरुद्ध खेलबाट गर्दैछ । अमेरिकाको न्यूयोर्कस्थित मेटलाइफ स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार आइतबार बिहान ३: ४५ बजेदेखि शुरु हुदैछ । कार्लो एन्सेलोटीको नेतृत्वमा रहेको ब्राजिल यसपटक सन् २००२ पछि पहिलो पटक विश्वकप जित्ने लक्ष्यमा छ । त्यो जित हासिल भएमा यो उसको छैटौँ विश्वकप उपाधि हुनेछ । तर प्रतियोगिताअघि नै चोटका समस्याले टोलीको योजना प्रभावित भएको छ । सबैभन्दा ठूलो झड्का नेइमार जुनियरको अनुपस्थिती हो, जो घुँडाको चोटका कारण पहिलो खेल गुमाउने भएका छन् । ब्राजिलले आक्रमणमा ठूलो भरपर्दो शक्ति बोकेको छ । एन्सेलोटीले धेरै…
Read More

दोस्रो पोखरा खेलकुद महोत्सव तथा मार्सल आर्ट महोत्सव सुरु

पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा दोस्रो पोखरा खेलकुद महोत्सव तथा मार्सल आर्ट महोत्सव शनिबारदेखि सुरु भएको छ । पोखरा रङ्गशालामा सुरु भएको महोत्सवको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा बोल्दै नगर प्रमुख आचार्यले बालबालिकामा सानै उमेरदेखि खेलकुद गतिविधिमा सक्रिय सहभागिता गराउन सके मात्र खेल जीवनको बलियो आधार तयार हुने बताए । उनले सफल खेल जीवनको जग बाल्यकालदेखि निरन्तर अभ्यास र सहभागिताबाट बन्ने उल्लेख गर्दै पोखरा महानगरपालिकाले सबै उमेर समूहलाई लक्षित गरेर विभिन्न खेलकुद कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए । खेलकुदलाई उहाँले शारीरिक तन्दुरुस्ती मात्र नभई स्वास्थ्य, सामूहिक भावना र सामाजिक एकताको…
Read More