खोज्नुहोस

Blog

रावल आयोग कार्यान्वयन गर्न बनाइयो सहजीकरण समिति

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले 'सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन २०५२' कार्यान्वयनका लागि सहजीकरण समिति गठन गरेको छ। मन्त्रालयले आज नापी विभागका उपमहानिर्देशक कृष्णप्रसाद सापकोटाको संयोजकत्वमा ८ सदस्यीय समिति गठन गरेको हो। ​आजै सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त प्रतिवेदन कार्यान्वयनमा लैजान मन्त्रालयलाई निर्देशन दिएको थियो। मन्त्रिपरिषद् बैठकको उक्त निर्देशन लगत्तै मन्त्रीस्तरीय निर्णयअनुसार प्रतिवेदन कार्यान्वयनका लागि सहजीकरण समिति गठन गरिएको हो । ​गृह मन्त्रालयका उपसचिव, पूर्वाधार विकास  मन्त्रालयका उपसचिव, भूमिप्रशासन कार्यालय र नापी कार्यालय डिल्लीबजारका प्रमुखहरू, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्थानीय…
Read More

सर्वोच्चको आदेशपछि ट्रेड युनियन खारेज सम्बन्धि सरकारको निर्णय कार्यान्वयनको बाटो खुल्यो

काठमाडौँ । कर्मचारी संगठन (ट्रेड युनियन) खारेजीसम्बन्धी सरकारी निर्णय कार्यान्वयन गर्न बाटो खुलेको छ । शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले यसअघिको अल्पकालीन अन्तरिम आदेश निरन्तरता नहुने तथा पूर्ण सुनुवाइका लागि पेस गर्ने आदेश गरेपछि अब सरकार निर्णय कार्यान्वयन गर्न बाटो खुलेको हो । संवैधानिक इजलासको बहुमत निर्णयअनुसार यसअघि जारी गरिएको अन्तरिम आदेश कायम नरहने र मुद्दा पूर्ण सुनुवाइका लागि पेस गर्न आदेश गरिएको छ । इजलासमा प्रधानन्यायाधीश मनोज शर्मा तथा न्यायाधीशहरू नहकुल सुवेदी, विनोद शर्मा, अब्दुल अजिज मुसलमान र महेश शर्मा पौडेल सहभागी थिए । निर्णयमा प्रधानन्यायाधीश शर्मा, न्यायाधीश विनोद शर्मा र अब्दुल अजिज मुसलमानको राय एकतर्फी रहेको थियो भने…
Read More

विश्वकपमा अमेरिकाको विजयी शुरुवात

काठमाडौँ । फिफा विश्वकपको सह-आयोजक अमेरिकाले विजयी शुरुवात गरेको छ । घरेलु मैदानमा अमेरिकाले पराग्वेलाई ४-१ गोल अन्तरले पराजित गरेको हो । अमेरिकाको जितमा फ्लोरान बालोगनले २ गोल गरे भने गिओभानी रेयनाले एक गोल गरेका थिए । त्यस्तै एक गोल पराग्वेका डामियान बोडाडिल्लाले आत्मघाती गोल गरेका थिए । त्यस्तै पराग्वेका लागि एक गोल माउरिसियोले गरेका थिए । समुह डी मा यो जितसहित अमेरिकाले विश्वकपको उत्कृष्ट शुरुवात गर्दै महत्वपूर्ण ३ अंक बटुलेको छ । अब अमेरिकाले अर्को खेल जुन २० मा अस्ट्रेलिया र जुन २६ मा टर्कीसँग खेल्ने तालिका छन् । त्यस्तै पराग्वेले जुन २० मा टर्कीसँग र जुन २६ मा…
Read More

सिंहदरबार भित्रको सेन्ट्रल क्यान्टिनमा कुहिएको अण्डा र घुन लागेको दाल, दुई लाख जरिवाना

काठमाडौं । सिंहदरबारस्थित सेन्ट्रल क्यान्टिनमा कुहिएको अण्डा र घुन लागेको दाल भेटिएको छ शुक्रबार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरको संयुक्त अनुगमनका क्रममा सिंहदरबारको सेन्ट्रल क्यान्टिनमा घुन लागेको र कुहिएको दाल, कुहेको अण्डा पाइएको हो । निरीक्षणका क्रममा सरसफाइ सामान्य अवस्थामा रहेको भएपनि अनुगमनका क्रममा स्पष्ट रूपमा घुन लागेको करिब सत्र किलो चना दाल, ओसिएको करिब एघार किलो बदाम तथा केही भाग फुटेका चौध वटा अण्डा भेटिएको थियो । अनुगमन टोलीले ती घुन लागेको, ओसिएको तथा बिग्रिएका खाद्य वस्तु तत्काल नष्ट गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी वरिष्ठ खाद्य अनुसन्धान अधिकृत…
Read More

काभ्रे बस दुर्घटना अपडेट: ८ जनाको मृत्यु, १५ घाइते

बनेपा । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ बुचाकोटमा जेठ २९ गते यात्रुवाहक बस दुर्घटना भएको छ । सो दुर्घटनामा परी घाईते भएका १५ जनालाई उद्धार गरिएको छ भने ८ जनाको घटनास्थलमा मुत्यु भएको छ । बनेपाबाट रोशीको खाड्पाचोक जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको यात्रुवाहक बस गति अनियन्त्रित भई सडकबाट करीव ३ सय मिटर तल खसेको थियो । सो दुर्घटना लगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली उद्धारका लागि खटिएको थियो । उद्धार पश्चात घाईतेहरुलाई उपचारको लागि धुलिखेल अस्पतालतर्फ पठाईएको छ । मृत्यु हुनेमा ४ जना महिला र ४ जना पुरुष रहेको प्रहरीले जनाएको छ ।  
Read More