काठमाडौँ । आज प्रतिनिधिसभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज बिहान ११ बजेदेखि बैठक शुरु हुदैछ । आजको बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ हुने कार्यसूची रहेको छ । आजको बैठकमा अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेले वक्तव्यसहित 'आ.व. २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्' भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । त्यस्तै आज आ.व. २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुने र भने अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ । त्यस्तै अर्थमन्त्री डा. वाग्लेले विनियोजन विधेयक, २०८३ लाई प्रस्तुत गर्न अनुमति…
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बोलाएको सर्बदलीय बैठक आज बस्दैछ । रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार समसामयिक राजनीतिका बिषयमा छलफल गर्न लामिछानेले सर्बदलीय बैठक बोलाएका हुन् । बैठक आज बिहान ९ बजेदेखि संसद सचिवालय सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा बस्ने बताइएको छ । बैठकमा प्रतिनिधिसभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुबाट पार्टी अध्यक्ष तथा सभापतिसहित दुई जना सहभागी हुन आमन्त्रण गरिएको बुर्लाकोटीले जानकारी दिएका छन् ।
दोस्रो लाङ्टाङ ट्रेल रन सम्पन्न रसुवा – रसुवा–नुवाकोट पर्यटन समाजको आयोजनामा शनिबार सम्पन्न लाङ्टाङ ट्रेल रन: पुरुषतर्फ सोलुखुम्बुका मिलन र महिलातर्फ काठमाडौंकी अञजुली प्रथम भएका छन् । 'लाङ्टाङ ट्रेल रन' (दोस्रो संस्करण) अन्तर्गत लाङ्टाङको क्याङजिनबाट सुरु भएको ३२ किलोमिटर दूरीको उक्त दौड प्रतियोगितामा २ घण्टा १६ मिनेट ४३ सेकेन्ड दूरी पूरा गरी सोलुखुम्बु महाकुलुङ गाउँपालिका–४ का मिलन कुलुङ राई प्रथम भएका छन्। २ घण्टा १८ मिनेट ४७ सेकेन्ड दूरी पूरा गरी जुम्ला जिल्ला कनसुन्दरी गाउँपालिका–१ का धीरबहादुर बुढा दोस्रो भएका छन्। तेस्रो हुनेमा पाँचथर जिल्ला फिदिम नगरपालिका–१४ का विसाल राईले उक्त दूरी २ घण्टा २० मिनेट २ सेकेन्डमा पार गर्दै…
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज भारतको नयाँ दिल्ली पुगेका छन् । भारतीय जनता पार्टीको निमन्त्रणामा नयाँ दिल्ली पुगेका सभापति लामिछानेको टोलीलाई भारतीय जनता पार्टीका राष्ट्रिय महासचिव तथा राज्य सभा सांसद अरुण सिंहले विमानस्थलमा स्वागत गरेका थिए । सो अवसरमा भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेपनि उपस्थित रहेका थिए । लामिछानेसहित उनकी श्रीमती निकिता पौडेल, सहमहामन्त्री विपिन आचार्य, सचिवालय सदस्य दीपक बोहरा र प्रदीप आचार्य भारत गएका छन् । भारतीय सत्तारुढ दल भाजपाले लामिछानेको भारत भ्रमणको क्रममा पार्टीअध्यक्ष नितिन नवीन र अन्य शीर्ष नेताहरूसँग भेटवार्ता हुने र पार्टी-पार्टी सम्बन्ध विस्तारमा सहयोग पुग्ने उल्लेख छ । यसअघि…
सुर्खेत । दैलेखको भैरवी गाउँपालिका–०७ कालिगौँडास्थित भित्री सडक खण्डमा डबल क्याप बोलेरो दुर्घटना ३ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको सु.प.०१ ००१ च ४९६४ नम्बरको डबल क्याप बोलेरो ब्रेक फेल भई सडकदेखि करिब चार सय मिटर तल खसेर दुर्घटना हुदा घाइते भएका ८ जना मध्ये तीन जनाको मृत्यु भएको हो । घाइतेहरुको जिल्ला अस्पताल दैलेखमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।