खोज्नुहोस

Blog

संसदीय सुनुवाइ समितिको बैठक बस्दै, प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध परेका उजुरी खोलिदै

काठमाडौँ । आज संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ । आज बिहान ८ बजे बस्ने बैठकमा प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माविरुद्ध परेका उजुरी खोल्ने र कार्ययोजना वितरण गर्ने कार्यसूची रहेको समितिले जनाएको छ । समितिले वैशाख २६ गते प्रस्तावित प्रधानन्यायाधीश डा. शर्माविरुद्ध उजुरी आह्वान गरेकोमा कुल १६ उजुरी परेको छ । समितिले शर्माविरुद्ध स्पष्ट आधार र सबुत प्रमाणसहित उजुरी दिन १० दिनको समय दिएको थियो । उजुरी दिनेले आफ्नो नाम, थर, वतन र फोन नम्बर स्पष्ट खुलाउनुपर्ने पनि उल्लेख गरिएको थियो । उजुरी दिने समय सोमबार सकिएसँगै समितिले प्राप्त भएका उजुरीमाथि छलफल र छानबिन गर्ने र त्यसपछि प्रस्तावित प्रधानन्यायाधीशसँग प्रत्यक्ष सुनुवाइ…
Read More

नेपाल बार एसोसिएसनले आज लाल्टिन बालेर प्रदर्शन गर्दै

काठमाडौँ । नेपाल बार एसोसिएसनले आज लाल्टिन बालेर प्रदर्शन गर्ने भएको छ । सर्वोच्च अदालतले प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माको सिफारिसविरुद्धको रिट दर्ता नगरेको विरोधमा नेपाल बारले आज लाल्टिन बालेर विरोध गर्ने बताएको छ । सोमबार कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले सर्वोच्च प्रशासनलाई रोकिएका रिट निवेदनहरू दर्ता गर्न लिखित आदेश दिएपनि सर्वोच्च प्रशासनले सो आदेशको अवज्ञा गरेको छ । सोमबार बसेको नेपाल बारका पदाधिकारीको आकस्मिक बैठकले न्याय प्रशासनको अन्तिम जिम्मेवारी बहन गर्ने कामु प्रधान न्यायाधीशको आदेश समेत पालना नगरेर सर्वोच्च प्रशासनले असाधारण र अप्राकृतिक 'रबैया' देखाएको टिप्पणी गरेको छ ।  
Read More

नेपाल बारको प्रतिक्रिया- सर्वोच्च प्रशासनको रवैया असाधारण र अप्राकृतिक

काठमाडौँ । नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतले विना कारण रिट दर्ता नगर्नु न्याय मार्गमा अवरोध पुर्‍याउने कार्य भएको टिप्पणी गरेको छ । सोमबार बसेको नेपाल बारका पदाधिकारीको आकस्मिक बैठकले न्याय प्रशासनको अन्तिम जिम्मेवारी बहन गर्ने कामु प्रधान न्यायाधीशको आदेश समेत पालना नगरेर सर्वोच्च प्रशासनले असाधारण र अप्राकृतिक 'रबैया' देखाएको बताएको हो । बारले भनेको छ- ‘न्याय प्रशासनको अन्तिम जिम्मेवारी बहन गर्ने कामु प्रधानन्यायाधीशको आदेश समेत अपालन गर्ने प्रशासनको रवैया असाधारण र अप्राकृतिक मात्र होइन यो अभिलेखीकरण हुने, विस्मृतीमा नजाने ऐतिहासिक भूल एवम् प्रचलित कानून आकर्षित हुने घटना समेत हो भन्ने हाम्रो प्रष्ट धारणा छ ।' साथै अदालतमा विचाराधीन विषयमा संसद्‌मा…
Read More

गुगलले बदल्यो १५ जिबी नि:शुल्क स्टोरेजको नियम

काठमाडौँ । गुगलले आफ्नो निःशुल्क क्लाउड स्टोरेज नीतिमा ठूलो परिवर्तन गरेको छ । अब नयाँ गुगल खाता खोल्ने प्रयोगकर्ताले पहिलेझैँ १५ जिबी निःशुल्क स्टोरेज नपाएर सुरुआतमै केवल ५ जिबी मात्रै पाउने भएका छन् । यसअघि नयाँ गुगल खाता बनाउने सबै प्रयोगकर्तालाई कम्पनीले स्वतः १५ जिबी क्लाउड स्टोरेज उपलब्ध गराउँदै आएको थियो । यही स्टोरेजमा धेरै प्रयोगकर्ताको जिमेल, तस्बिर, कागजात तथा अन्य सामग्री सजिलै अट्ने गरेको थियो । तर अब कम्पनीले नयाँ नियम लागू गर्दै प्रारम्भिक निःशुल्क स्टोरेज घटाएको हो । यद्यपि प्रयोगकर्ताले अझै पनि १५ जिबी भण्डारण पाउन सक्नेछन् । त्यसका लागि भने आफ्नो मोबाइल नम्बर खातासँग जोड्नुपर्ने नयाँ सर्त…
Read More

एमालेको सचिवालय बैठक आज बस्दै

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । एमालेको सचिवालय बैठक आज दिनको १ बजे पार्टी अध्यक्ष तथा  पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको निवास गुण्डुमा बस्ने सचिव महेश बस्नेतले जानकारी दिएका हुन् । बैठकमा देशको समसामयिक राजनीतिक अवस्था, संगठन सुदृढीकरण, जनताका अपेक्षा, सरकारको कामकारबाही, पार्टीको आगामी कार्यदिशा तथा राष्ट्रिय हितका विषयमा गम्भीर समीक्षा र महत्वपूर्ण निर्णय हुने उनले बताएका छन् ।  
Read More