काठमाडौँ । नेपाली काँग्रेसको कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनित भएका छन् । कांग्रेस सभापति गगन थापाले पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (४) बमोजिम केन्द्रीय कार्यसमितिका सदस्य श्रेष्ठलाई कांग्रेस केन्द्रीय कार्यसमितिको कोषाध्यक्ष पदमा मनोनयन गरेको कावा मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् ।
काठमाडौँ । सरकारले पूर्व गृहमन्त्री सुधन गुरुङ्ग मन्त्री हुँदा र त्यसपछि उठेका सार्वजनिक सरोकारका विषयमा अध्ययन तथा छानविन गर्न समिति गठन गरेको छ। मन्त्रिपरिषद्को वैशाख २८ गतेको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अच्यूतप्रसाद भण्डारी अध्यक्ष, महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधीवक्ता अच्युतमणी नेउपाने सदस्य रहने गरी समिति गठन गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री वालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार समितिलाई प्रतिनिधिसभा सदस्य समेत रहेका पूर्व गृहमन्त्री गुरुङ्गका सम्बन्धमा सार्वजनिकरुपमा उठेका विषयमा सत्यतथ्य अध्ययन तथा छानविन गरी सरकारसमक्ष रायसुझावसहित १५ दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ ।
काठमाडौँ । नेपाल वायुसेवा निगमको सञ्चालक समिति सदस्यमा पाँच जनाको नाम नियुक्त गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले खुला प्रतिस्पर्धाबाट छनोट प्रक्रियामा सहभागी उम्मेदवारहरूमध्ये पाँच जना नियुक्त गरेको हो । मन्त्रालयले सार्वजनिक गरेको सूचीमा डा. दीपकप्रसाद बास्तोला (पोखरा–३०, कास्की), प्रविन भट्टराई (भरतपुर–२, चितवन), महेन्द्रभक्त श्रेष्ठ (ललितपुर–१३, ललितपुर), रूप लामिछाने (गोकर्णेश्वर–१, काठमाडौं) र लिलाराज ढकाल (आँधीखोला–६, स्याङ्जा) रहेका छन् । मन्त्रालयका अनुसार नेपाल वायुसेवा निगम ऐन, २०१९ को दफा ४ बमोजिम सञ्चालक सदस्य नियुक्तिका लागि गत १२ वैशाखमा सात दिने सार्वजनिक सूचना प्रकाशित गरिएको थियो । उक्त सूचनाअनुसार २७ जनाले आवेदन दिएका थिए । आवेदन दिनेहरुको शैक्षिक योग्यता,…
काठमाडौँ । आज अन्तर्राष्ट्रिय परिवार दिवस विविध कार्यक्रम गरी मनाइँदै छ । यो दिवस अंग्रेजी क्यालेन्डर अनुसार मे १५ तारिखका दिन विश्वभर मनाईनुका साथै नेपालमा पनि मनाईन्छ । यस बर्षको अन्तर्राष्ट्रिय परिवार दिवस नारा 'परिवार, असमानता र बालकल्याण' रहेको छ । यस विषयले सामाजिक, आर्थिक र जनसांख्यिक असमानताले परिवार र बालबालिकामा पार्ने प्रभावलाई उजागर गर्दछ । साथै सुलभ बाल हेरचाह सेवा, अभिभावकीय बिदाजस्ता परिवारमैत्री नीतिलाई सुदृढ बनाउन विश्वव्यापी प्रयासको आवश्यकता रहेको सन्देश दिन्छ । एउटा ब्यक्तिवको जीवनमा परिवारको अहम भूमिका र महत्वलाई स्मरण गर्दै हरेक वर्ष यो दिवस मनाउने गरिएको हो । संयुक्त राष्ट्रसंघले सन् १९९४ लाई परिवार वर्षको रुपमा…
जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । आज बिहान ११ बजे बस्ने प्रदेश सभाको बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन् । मुख्यमन्त्री यादव नेपाली कांग्रेसको नेतृत्वमा पाँच दलको समर्थनमा सरकार गठन गरेका थिए । तर, जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उनले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने कानुनी बाध्यता बनेको हो । जनमत पार्टीका संसदीय दलका नेता चन्दनकुमार सिंहले समर्थन फिर्ता लिएसँगै प्रदेश सरकारको राजनीतिक समीकरण फेरिएको छ । यसैबीच, नेपाली कांग्रेस, जसपा नेपाल, नेकपा तथा लोसपाबीच गठबन्धनलाई निरन्तरता दिने सहमति भएको छ । मधेश प्रदेशसभामा कांग्रेसका २२, जसपाका…