काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई)को पूरक (ग्रेडवृद्धि) परीक्षाको तालिका सार्बजनिक भएको छ । एसइईको पुरक परीक्षा आगामी असार १ गतेदेखि ९ गतेसम्म हुने भएको छ । बोर्डका अनुसार अन्तिम ग्रेड ‘सी’ वा ‘सी’भन्दा कम प्राप्त गरेका विद्यार्थीले पूरक परीक्षा दिन पाउने छन् । नतिजा अनुसार एसइईमा सहभागीमध्ये १ लाख ४६ हजार ५०७ विद्यार्थी नन ग्रेडेड भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले गत सोमबार सार्बजनिक गरेको थियो । यस पटक एसइईको परीक्षा सकिएको २९ दिनमै नतिजा सार्बजनिक गरिएको थियो ।
काठमाडौँ । नेपाली कांग्रेसले आज र भोली गण्डकी प्रदेशस्तरीय भेला गर्दैछ । काँग्रेसले कांग्रेसको नीति तथा अनुसन्धान प्रतिष्ठानले सातै प्रदेशमा 'प्रदेश र स्थानीय तह केन्द्रीत प्रदेश स्तरीय भेला अन्तरगत आज र भोली गण्डकी प्रदेशको पोखरामा भेला गर्न लागेको हो । भेलालाई कांग्रेस सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा र महामन्त्री प्रदीप पौडेल लगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने बताइएको छ । पार्टीका शीर्ष नेताहरूको सहभागितामा आयोजना हुने भेला आगामी राजनीतिक कार्यदिशा, निर्वाचन समीक्षा तथा सुशासनका सवालमा केन्द्रित रहने जनाइएको छ । भेलामा कर्णाली प्रदेशबाट पार्टीको केन्द्रीय कार्यसमितिमा प्रतिनिधित्व गर्ने सम्पूर्ण केन्द्रीय सदस्य, प्रदेश कार्यसमितिका पदाधिकारी, १० वटै जिल्लाका सभापति, प्रतिनिधिसभा सदस्य,…
काठमाडौँ । आज प्रतिनिधि सभा अन्तर्गतका तीन समितिको बैठक बस्दैछ । आज कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, महिला तथा सामाजिक मामिला समिति र राज्यव्यवस्था तथा सुशासन समितिको बैठक बस्न लागेको संघीय संसद सचिवालयले जानकारी दिएको छ । बिहान साढे ९ बजे कृषि समितिको बैठकमा नेपाल कृषि अनुसन्धान परिषद् द्वारा सञ्चालित अनुसन्धानात्मक कार्यक्रम, समस्या, चुनौती तथा परिषद्का आगामी कार्यदिशाका सम्बन्धमा प्रस्तुतीकरणको कार्यसूची रहेको छ । त्यस्तै बिहान १० बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा आदिवासी जनजाती आयोगको कामकारवाही सम्बन्धमा आयोगका पदाधिकारीहरूसँग छलफल हुने कार्यसूची रहेको छ । त्यस्तै बिहान १० बजे नै हुने राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा…
काठमाडौँ । जेठ १ गतेसम्म सञ्चालन भइरहेको सरसफाइ सप्ताह अन्तर्गत संघीय संसद सचिवालयका महासचिवज्यूको नेतृत्वमा आयोजित सरसफाइ कार्यक्रममा सम्माननीय सभामुख डिपी अर्याल सहभागी भएका छन् । उक्त कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधि सभाका उपसभामुख तथा राष्ट्रिय सभाका उपाध्यक्षको समेत सहभागिता रहेको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा जारी 'सरसफाइ सप्ताह सञ्चालन सम्बन्धी मार्गदर्शन, २०८३' बमोजिम वैशाख २५ गतेदेखि जेठ १ गतेसम्म सञ्चालन भइरहेको सरसफाइ सप्ताह अन्तर्गत संघीय संसद सचिवालयका महासचिवको नेतृत्वमा आयोजित सरसफाइ कार्यक्रममा सभामुख अर्यालको सहभागी भएका हुन् । कार्यक्रमअन्तर्गत संघीय संसद सचिवालय परिसरको सरसफाइ गरी स्वच्छ, स्वस्थ र व्यवस्थित कार्य वातावरण निर्माणप्रति प्रतिबद्धता व्यक्त गरिएको छ ।
काठमाडौँ । सरकारले निजामती कर्मचारीलाई राजनीतिमा संलग्न भए सेवाबाट हटाउने सक्ने चेतावनी दिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना जारी गर्दै निजामती कर्मचारीलाई निजामती कर्मचारीलाई अनुशासन र आचरणसम्बन्धी व्यवस्था पूर्ण रूपमा पालना गर्न निर्देशन दिएको हो । सूचनामा नेपालको संविधान र निजामती सेवा ऐनअनुसार निजामती सेवा राजनीतिक रूपमा तटस्थ, निष्पक्ष र उत्तरदायी हुनुपर्ने उल्लेख गरिएको छ । मन्त्रालयले निजामती सेवा ऐन, २०४९ को दफा ६१ उपदफा (१) को खण्ड (ङ) अनुसार निजामती कर्मचारीले राजनीतिमा भाग लिएमा भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउन सकिने व्यवस्था रहेको सम्झाउँदै मन्त्रालयले कर्मचारीहरू राजनीतिक दल, भ्रातृ सङ्गठनमा आबद्ध हुन…