काठमाडौँ । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । आज बसेको तेस्रो बैठक पनि विपक्षी दलहरुले अवरोध गरेपछि सभामुख डिपी अर्यालले आजको बैठक स्थगित गरेका हुन् । प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री बालेन्द्र शाह उपस्थित हुनुपर्ने माग गर्दै विपक्षी दलहरुले आज बसेको तेस्रो बैठक पनि अवरोध गरेका थिए । उनीहरुले नीति तथा कार्यक्रमको छलफलमा प्रधानमन्त्री उपस्थित भएर सांसदहरुले उठाएका कुरा सुन्नुपर्ने माग राख्दै संसद अवरोध गरेका थिए । यसअघि दोस्रो बैठकमा विपक्षी दलहरुले प्रधानमन्त्रीको सट्टा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई नीति तथा कार्यक्रममाथिको छलफल शुरु गरियोस भन्ने प्रस्ताव पेश गर्न दिएका थिए । तर त्यसपछि छलफलमा प्रधानमन्त्रीको उपस्थिति हुनुपर्ने…
काठमाडौँ । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज बिहान ११ बजेदेखि बैठक बस्दैछ । आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल हुने कार्यसूची रहेको छ । आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २८ गते सोमबार सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गरेको सम्बोधनमा उल्लिखित आ.व. २०८३/०८४ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गर्ने प्रस्ताव पेश गर्ने छन् । त्यस्तौ नीति तथा कार्यक्रममाथि सांसदहरुले राखेको संशोधन र नीति तथा कार्यक्रममाथि छलफल गरिने कार्यसूची रहेको छ । त्यस्तै आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची…
काठमाडौँ । राष्ट्रिय सभाको बैठक आज बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज अपराहन्न १२: १५ बजे राष्ट्रिय सभाको बैठक बस्ने भएको हो । आजको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले बैशाख २८ गते दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यकममाथि छलफल हुने कार्यसूची रहेको छ । प्रधानमन्त्री बालेन्द्र शाहले बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल गरियोस भन्ने प्रस्ताव पेश गर्ने छन् भने आज छलफल शुरु हुने छ ।
बुटवल । अर्घाखाँचीको पाणिनी गाउँपालिकाको दुर्गाफाट कुडुलेमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या चार पुगेको छ । प्रहरीले दुर्घटनामा ४ जनाको ज्यान गएको जानकारी दिदै २७ जना घाइते भएको बताएको छ । मृत्यु हुनेमा पोखरा महानगर-१९ की ७८ बर्षिय राममाया बस्नेत, ७८ बर्षिय विन्दु कुँवर, पर्वत मोदी गाउँपालिका-५ की ५० बर्षिय कौशिला रेग्मी र मोदी- ५ का ४५ बर्षका चालक रमेश जिसी रहेका छन् ।सन्धिखर्क घुम्ती तानसेन पाल्पा सडकखण्ड अन्तर्गत पाणिनी–८ को कुडुलेफाट नजिक दुर्घटना हुँदा २ जनाको घटनास्थलमै, एक जनाको उपचारका क्रममा अर्घाखाँची अस्पताल र चालकको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएको…
काठमाडौं । सरकारले जलस्रोतको व्यवस्थापनलाई संघीय संरचना अनुरुप व्यवस्थित गर्न जलस्रोतसम्बन्धी नयाँ छाता कानुन ल्याउने तयारी तीव्र बनाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ‘जलस्रोत विधेयक २०८३’ को मस्यौदा परिमार्जन कार्य पूरा गर्दै त्यसलाई स्वीकृतिका लागि अघि बढाउने तयारी गरेको हो । हाल कार्यान्वयनमा रहेको जलस्रोत ऐन २०४९ लाई प्रतिस्थापन गर्ने उद्देश्यसहित तयार गरिएको विधेयकले संविधानले व्यवस्था गरेको संघ, प्रदेश र स्थानीय तहबीचको अधिकार बाँडफाँटलाई कानुनी आधार दिनेछ । नयाँ ऐन जारी भएपछि प्रदेश तथा स्थानीय तहहरूले पनि आफ्नो अधिकार क्षेत्रअनुसार छुट्टै कानुन निर्माण गर्न सक्ने छन् । मन्त्रालयका अनुसार विधेयकको मुख्य उद्देश्य जलस्रोतको संरक्षण, बहुआयामिक उपयोग र समुचित…