खोज्नुहोस

Blog

प्रतिनिधिसभाका सचिव हर्कराज राई बर्खास्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाका सचिव हर्कराज राईलाई पदबाट बर्खास्त गरिएको छ । सभामुख डोल प्रसाद अर्यालको सिफारिसमा राष्ट्रपति पौडेलले आजदेखि लागू हुनेगरी पदबाट हटाएका हुन् । संघीय संसदका महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्‍ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड (ङ) बमोजिम उनलाई पदबाट हटाइएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । सचिव राईलाई सभामुख अर्यालले यसअघि दूई पटक स्पष्टीकरण सोधेका थिए  ।  
Read More

कामु प्रधानन्यायाधीश मल्लको अभिव्यक्ति: कार्यपालिका र न्यायपालिकाबीच द्वन्द बढ्ने संकेत !

काठमाडौँ । कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले कानुन दिवसको अवसरमा शनिबार कार्यपालिका र व्यवस्थापिकाको कार्यशैलीप्रति सार्वजनिक रूपमा असन्तुष्टि व्यक्त गरेपछि नयाँ बहस शुरु भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमै उनले न्यायपालिका माथि दबाब सिर्जना गर्ने प्रयास भइरहेको संकेत गर्दै संविधानवाद, विधिको शासन र न्यायपालिकाको स्वतन्त्रता संकटमा पर्न सक्ने चेतावनी दिएकी थिइन् । उनको अभिव्यक्तिलाई पछिल्लो प्रधानन्यायाधीश सिफारिस प्रक्रियासँग जोडेर पनि हेरिएको छ । संवैधानिक परिषद्ले केही दिनअघि वरिष्ठताको सूचीमा चौथो स्थानमा रहेका डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशका लागि सिफारिस गरेपछि न्यायालयभित्र र बाहिर बहस चर्किएको थियो । कामु प्रधानन्यायाधीश मल्लसहित तीन वरिष्ठ न्यायाधीशलाई पछि पारिएको भन्दै न्याय क्षेत्रभित्र असन्तोष देखिएको…
Read More

एसइई नतिजाको अन्तिम तयारी हुदै: एसएमएस, आईभीआर र वेबसाइटमा हेर्न सकिने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डको एसइई परीक्षा नियन्त्रण कार्यालयले २०८२ को नतिजा प्रकाशनको अन्तिम तयारी गरिरहेको छ । गत चैत्र १९ देखि २९ सम्म भएको यस बर्षको एसइई परीक्षाको नतिजा एक महिना भित्र प्रकाशित गर्न सरकारले दिएको निर्देशन अनुसार बैशाख २९ गतेभित्र नतिजा प्रकाशित गर्ने गरि तयारी गरिरहेको हो । परीक्षा नियन्त्रण कार्यालयले एक सूचना जारी गर्दै एसएमएस, आईभीआर तथा वेबसाइटमार्फत नतिजा सार्वजनिक हुने जानकारी दिएको छ । कार्यालयले एसईई २०८२ को नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा एसएमइस,आईभीआर र वेबसाइटबाट हेर्न सकिने व्यवस्था गरिएको जानकारी दिएको छ । सूचनाअनुसार नेपाल टेलिकमको १६०० नम्बरमा एसएमएस,युएसएसडी र आईभीआर सेवा उपलब्ध हुनेछ। यस्तै जानकी…
Read More

सेबोनको अध्यक्ष सिफारिस समितिका संयोजक भट्टले किन दिए राजीनामा ?

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्त गर्न बनेको सिफारिस समितिका संयोजक गुणाकर भट्टले राजीनामा दिएका हुन् । सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष समेत रहेका भट्टको संयोजकत्वमा अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय र विज्ञ सदस्य भुवन कुमार दाहाल सदस्य रहेको तीन सदस्यीय सिफारिस समिति बनाएको थियो । सेबोनको अध्यक्षका प्राप्त ४७ जनाको आवेदनमा भट्टका दाइँले पनि आवेदन दिएपछि सिफारिस समितिबाट उनले राजीनामा दिएको बताइएको छ । नाताले दाइँ पर्ने नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा. गोपाल भट्टले पनि आवेदन दिएपछि नैतिकताको आधारमा राजीनामा आएको बुझिएको छ । भट्टको राजीनामासँगै सेबोनको अध्यक्ष छनौटको प्रक्रिया केहि समयका लागि अवरुद्ध…
Read More

पोखरा विमानस्थल निर्माणमा अनियमितता: पूर्वअर्थमन्त्री कार्कीसहित १३ जनाविरुद्ध मुद्धा दायर

काठमाडौँ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा ठेक्का सम्झौताको प्रावधान विपरीत ठेकेदार कम्पनीलाई कर छुट दिई ठूलो आर्थिक अनियमितता र भ्रष्टाचार भएको आरोपमा पूर्व अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीसहित १३ जना र ठेकेदार कम्पनविरुद्ध विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण र ठेकेदार कम्पनीबीच भएको खरिद सम्झौतामा कर, महसुल तथा अन्य शुल्कहरू ठेकेदार कम्पनीले नै नेपाल कानुनअनुसार तिर्नुपर्ने स्पष्ट प्रावधान रहेकोमा सो प्रावधान विपरीत कर छुट दिने व्यवस्था राखी अलग्गै कार्यान्वयन सम्झौता गरिएको पाइएको अख्तियारको ठहर छ। सोही सम्झौताका आधारमा करसहितको रकम ठेकेदार कम्पनीलाई भुक्तानी दिइए पनि सो रकममा समावेश कर तथा महसुल राज्य कोषमा दाखिला…
Read More