खोज्नुहोस

Blog

पदमुक्त हुदा खाली भएका स्वास्थ्य प्रतिष्ठान र अस्पतालमा तोकियो निमित्त प्रमुख

काठमाडौं । सरकारले देशका प्रमुख स्वास्थ्य विज्ञान प्रतिष्ठान, अस्पताल र बोर्डहरूको नेतृत्व चयनमा अब पूर्ण रूपमा योग्यता (मेरिट) प्रणाली लागू गर्ने भएको छ । खुल्ला प्रतिस्पर्धा र ‘मेरिट’ का आधारमा मात्रै सक्षम नेतृत्व चयन गर्ने सरकारको स्पष्ट नीति र निर्देशन रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालै जारी गरिएको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्थाको अध्यादेशका कारण यी स्वास्थ्य निकायहरू नेतृत्वविहीन बन्न पुगेका थिए । नेतृत्व नहुँदा बिरामीको उपचार, दैनिक सेवा प्रवाह र प्रशासनिक कार्यमा कुनै पनि अवरोध नआओस् भन्नका लागि मात्र मन्त्रालयले तत्काललाई ’निमित्त’ प्रमुखहरूको नियुक्ति गरेको हो । मन्त्रालयका अनुसार निमित्त नियुक्ति केवल अत्यावश्यक काम नरोक्न…
Read More

प्रधानन्यायाधीशमा डा.मनोजकुमार शर्मा सिफारिश

काठमाडौँ । प्रधानन्यायाधीशमा न्यायाधीश डा.मनोजकुमार शर्मालाई सिफारिश गरिएको छ । विहिबार बसेको संबैधानिक परिषदको बैठकले न्यायाधीश डा.मनोजकुमार शर्मा ३२औं प्रधानन्यायाधीशका लागि सिफारिस गरेको हो । शर्मा २०७६ वैशाख ६ गते सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका थिए । प्रधानन्यायाधीशका लागि यसअघि न्याय परिषदले न्यायाधीश सपना प्रधान मल्लसहित कुमार रेग्मी, हरिप्रसाद फुयाल, डा.मनोजकुमार शर्मा, डा.नहकुल सुवेदी र तिल प्रसाद श्रेष्ठको नाम प्रधानन्यायाधीशका लागि सिफारिस गरेको थियो । संवैधानिक परिषदले सिफारिस गरेका मध्येबाट एकजनालाई प्रधानन्यायाधीशका लागि चयन गर्ने संवैधानिक व्यवस्था छ । परिषदको निर्णयपछि उक्त नाम संसदीय सुनुवाइ प्रक्रियामा जान्छ र समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिबाट प्रधानन्यायाधीशको नियुक्ति हुने कानुनी व्यवस्था रहेको छ ।…
Read More

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दै

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक आज बस्दैछ । आज दिउसो १ बजे सिंहदरबारस्थित संघीय संसद सचिवालयको अर्थ समितिको बैठक कक्षमा बस्ने बैठकमा समितिको कार्यक्षेत्र र आगामी कार्यदिशा सम्बन्धमा छलफल हुने समितिले जानकारी दिएको छ ।  
Read More

काँग्रेस संसदीय दलको बैठक आज बस्दै

काठमाडौँ । नेपाली काँग्रेसले संसदीय दलको बैठक आज बस्दैछ । काँग्रेसको संसदीय दलको बैठक आज दिनको १ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने जानकारी दिइएको छ ।  
Read More

उद्योग वाणिज्य महासंघमा अहिलेसम्म को को विजयी भए ?

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमितिका लागि निर्वाचनको मत परिणाम आउनेक्रम जारी रहेको छ । पछिल्लो मत परिणामअनुसार जिल्ला नगर उपाध्यक्षमा कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ विजयी भएका छन् । यस्तै, महिला सदस्यमा गीता अमात्य र हीरा भट्टराई विजयी भए भने विजयी हुने अन्य सदस्यमा अर्जुन कुमार श्रेष्ठ, उज्वल प्रसाद कसजु, केशव प्रसाद भण्डारी, कृष्ण कटुवाल, गोकुल श्रेष्ठ, छत्रधर आत्रेय, ताराबहादुर कार्की, दीपक नेपाल, प्रयास कार्की, मोहन प्रसाद श्रेष्ठ, लक्ष्मणराज पौडेल, शंकर गिरी, सन्तोष खड्का, सुदर्शन कार्की र हरिप्रसाद अर्याल रहेका छन् । त्यस्तै वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ विजयी भएका छन् । त्यस्तै वस्तुगत तर्फका विजयी १३ सदस्यहरूमा अरनिको…
Read More