काठमाडौँ । जनमत पार्टीले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । जनमत पार्टीका तर्फबाट मधेश प्रदेश सभाका प्रमुख सचेतक चन्दनकुमार सिंहले हस्ताक्षर गरी सोमबार सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र प्रदेश प्रमुखको कार्यालयमा पठाएका थिए । तर यो पार्टीका तर्फबाट मधेश प्रदेश संसदीय दलका नेतासमेत रहेका अर्थमन्त्री महेशप्रसाद यादवले सरकारलाई दिएको समर्थन कायमै रहेको अर्को पत्र आज प्रदेश प्रमुखकहाँ पठाएका थिए । विवादकै विचमा अध्यक्ष सिके राउतले चन्दन कुमार सिंहलाई संसदीय दलको जिम्मेवारी दिएका छन् । यसैबीच जनता समाजवादी पार्टी नेपालले पनि आफ्ना सांसदहरूको हस्ताक्षर गराइसकेको छ । सरकारलाई दिइएको समर्थन फिर्ता लिएको पत्र आजै प्रदेश प्रमुखलाई बुझाउने तयारी…
काठमाडौँ । सरकारले सार्वजनिक सेवालाई घरदैलोमै पुर्याउने उद्देश्यले हुलाक सेवामार्फत सरकारी कागजात व्यक्तिको घरमै वितरण गर्न थालेको छ । हालसम्म १९ जिल्लामा यो सेवा सञ्चालनमा आइसकेको छ । गत चैत १३ गते सरकारले स्वीकृत गरेको शासकीय सुधारसम्बन्धी १०० दिने कार्यसूचीअन्तर्गत हुलाक सेवालाई आधुनिकीकरण गरी सरकारी कुरियर सेवाको रूपमा विकास गर्ने लक्ष्य राखिएको थियो। उक्त योजना कार्यान्वयनका लागि सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले सम्बन्धित निकायहरूसँग कार्यप्रगति र देखिएका समस्याको सन्दर्भमा निरन्तर समन्वय तथा छलफल गरिरहनुभएको छ। सञ्चार मन्त्रालयका अतिरिक्त प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय र तिनका मातहतका निकायहरू पनि सक्रियतापूर्वक लागिरहेका छन्। हुलाक सेवा विभागकी महानिर्देशक…
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आव्हान गरेका छन् । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति पौडेलले सरकारको सिफारिसमा यहि बैशाख २८ गते सोमबार दिनको २ बजेदेखि संघीय संसद भवन सिंहदरबारमा संघीय संसदको दुवै सदनको अधिवेशन आव्हान गरेका छन् । यसअघि मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।
काठमाडौँ । जारी आइपिएलमा आज एक खेल हुदैछ । आइपिएलमा आज चेन्नई सुपर किंग्स र मुम्बई इण्डियन्सबीच खेल हुदैछ । चेन्नईमा हुने यो खेल नेपाली समय अनुसार साँझ ७: ४५ बजेदेखि शुरु हुदैछ । जारी आइपिएलमा चेन्नईमा ८ खेलमा ३ जित र ५ हार बेहोरेको छ । चेन्नईको ६ अंक छ र हाल छैटौं स्थानमा रहेको छ । यस आइपिएलमा यस अघि खेलेको खेलमा चेन्नईले मुम्बईलाई पराजित गरेको थियो । त्यस्तै मुम्बईको भने यस सिजनमा खराब प्रदर्शन रहेको छ । मुम्बईले अहिलेसम्म खेलेका ८ खेलमा केवल २ खेल जितेको छ भने ६ खेलमा हार बेहोरेको छ । मुम्बई प्लेअफमा छनौट…
जुम्ला। गर्मी बढेसँगै शरीरमा पानीको आवश्यकता पनि उल्लेख्य रूपमा बढ्ने गरेको छ । चर्को घाम, पसिना र तापक्रम वृद्धिका कारण शरीरमा पानीको कमी हुने जोखिम उच्च रहने चिकित्सकहरू बताउछन् । यस्तो अवस्थामा धेरै मानिसले बढी पानी पिउनु नै पर्याप्त ठान्छन् । तर स्वास्थ्यविद्हरूका अनुसार पानीको मात्रा मात्र होइन, पिउने तरिका पनि उत्तिकै महत्वपूर्ण हुन्छ । एकैपटक धेरै पानी पिउँदा शरीरले त्यसलाई पूर्ण रूपमा उपयोग गर्न नसक्ने र छिट्टै बाहिर निकाल्ने गर्छ । बरु दिनभर थोरै-थोरै गरेर पानी पिउँदा शरीरले राम्रोसँग सोस्ने र लामो समयसम्म पानीको सन्तुलन कायम रहने बताइन्छ । बिहान उठ्नेबित्तिकै खाली पेट एकदेखि दुई गिलास पानी पिउनु लाभदायक…