खोज्नुहोस

Blog

बल्खु, बंशीघाट र शंखमूल क्षेत्रका ७४४ घर-टहरा भत्काइयो, ३२३ परिवार सम्पर्कमा

काठमाडौँ । सरकारले शनिबार काठमाडौँका बल्खु, बंशीघाट र शंखमूल क्षेत्रमा रहेका कुल ७४४ घर-टहरा हटाएको छ । हटाइएका संरचनामध्ये बल्खुमा ४०१ वटा घर, टहरा र छाप्रो हटाइएको छ भने बंशीघाटमा १९३ वटा संरचना भत्काइएको सरकारका प्रवक्ता सस्मित पोखरेलको सचिवालयले जनाएको छ । त्यस्तै शंखमूल क्षेत्रमा १५० वटा पक्की घर हटाइएको छ । यस क्रममा शनिबार ३२३ परिवार सम्पर्कमा आएको र उनीहरूका कुल १ हजार ४१४ सदस्य प्रभावित भएका छन् । प्रभावितमध्ये ८० जनालाई तत्कालका लागि खरिपाटीमा स्थानान्तरण गरी व्यवस्थापन गरिएको सचिवालयले जानकारी दिएको छ ।  
Read More

रोल्पामा जिप दुर्घटना, १७ जनाको मृत्यु

बुटवल । रोल्पाको थवाङ गाउँपालिका–१ जलजलामा जिप दुर्घटना हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ। थवाङ गाउँपालिका अन्तर्गत जलजलामा रुकुमपूर्वबाट मेलामा सहभागी हुन जाँदै गरेको लु १ ज ४१६७ नम्बरको बोलेरो जिप करिब ८ सय मिटर तल भिरमा खसेर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । दुर्घटनामा सहचालकको सकुशल उद्धार गरिएको बताइएको छ भने जीपमा कति सवार थिए भन्ने स्पष्ट भएको छैन । दुर्घटनामा परेको जिपमा वैशाख पूर्णिमाका अवसरमा लागेको मेलामा सहभागी हुन गइरहेका स्थानीय सवार रहेको बताइएको छ । घटनास्थल दुर्गम भएकाले उद्धारमा कठिनाइ भएको प्रहरीले जनाएको छ । घटना बारे थप विवरण आउनेक्रममा रहेको छ…
Read More

सभामुख अर्यालसँग दलित संघर्ष समितिका पदाधिकारीको भेटवार्ता

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालसँग संयुक्त राजनीतिक दलित संघर्ष समितिका पदाधिकारीहरूले भेटवार्ता गरेका छन्। भेटका क्रममा प्रतिनिधिमण्डलले सिन्धुलीको प्रहरी हिरासतमा रहेका श्रीकृष्ण विकको मृत्युबारे गम्भीर चासो व्यक्त गर्दै घटनाको निष्पक्ष र उचित छानबिन गर्न मागसहित ध्यानाकर्षण पत्र बुझाएको छ। उक्त अवसरमा सभामुख अर्यालले घटनाप्रति संवेदनशीलता व्यक्त गर्दै सत्यतथ्य पत्ता लगाउन आवश्यक समन्वय र पहल गर्ने प्रतिबद्धता जनाएका छन्।  
Read More

राष्ट्रियसभामा दलको नेताको परिवर्तन शुभ संकेत होइन- पूर्णबहादुर खड्का

काठमाडौँ । नेपाली काँग्रेसका नेता पूर्णबहादुर खड्काले राष्ट्रियसभामा दलको नेताको परिवर्तन शुभ संकेत नभएको टिप्पणी गरेका छन् । खड्काले सामाजिक सञ्जालमा लेख्दै मनोनयन र परिवर्तन गर्ने अधिकार संसदीय दलको विधानअनुसार दलको नेतालाई नै रहेको भएपनि देशको राष्ट्रियतामाथि संकटको कालो बादल मडारिरहेको र पार्टी भित्रै विवाद बढेर मन विभाजित भएको अवस्थामा एकताको पहल गर्नुपर्ने अवस्थमा कुनै सुचना बिना नेता परिवर्तन गरिनु शुभ संकेत नभएको बताएका हुन् । खड्काले पार्टीका एक अनुभवी तथा अग्रज नेतालाई सामान्य राजनीतिक शिष्टाचारसमेत नराखी पूर्व जानकारी बिना नै अचानक हटाउने निर्णय गरिएको जानकारी पाउँदा आफू स्तब्ध भएको बताएका छन् । उनले काँग्रेसको एकताको अपरिहार्य आवश्यकता रहेको ऐतिहासिक…
Read More

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जानकारी दिएको छ । हाल देशभर अधिकांश बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरूमा, कोशी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै ठाउँहरूमा तथा मधेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित मध्यम सम्मको वर्षा भैरहेको छ । आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। कोशी र मधेश प्रदेश लगायत देशको हिमाली र पहाडी भू-भागका केही स्थानहरूमा तथा तराई भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित मध्यम सम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ । त्यस्तै आज राती…
Read More