काठमाडौं । आज नरसिंह जयन्ती मनाइदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पक्षको चतुर्दशी तिथिका दिन नरसिंह जयन्ती पर्व मनाइन्छ । आजको दिन नरसिंह भगवानको पूजा गरिन्छ । नरसिंहलाई भक्तहरूको रक्षा गर्ने र अधर्मको विनाश गर्ने देवता मानिन्छ । नरसिंह जयन्तीले हामीलाई अधर्मको विनाश गर्नुपर्छ भन्ने सिकाउछ । भगवान नरसिंहले हिरण्यकश्यपलाई मारेर दुष्टता नष्ट गरेका थिए । यसले हामीलाई सधैँ खराबीविरुद्ध लड्नुपर्छ भन्ने सन्देश दिन्छ । नरसिंह जयन्तीका दिन भगवान विष्णुको नरसिंह अवतारको पूजा गरिन्छ । भगवान विष्णुले आफ्ना भक्त प्रह्लादको रक्षा गर्न र हिरण्यकशिपुको हत्या गर्न नरसिंह अवतार लिएका थिए । नरसिंह जयन्ती हरेक वर्ष भगवान नरसिंहको जन्मजयन्तीका रूपमा…
काठमाडौं । जारी आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीमा आज नेपालले आज भानुआटुसँग खेल्दैछ । आज यो खेल नेपाली समय अनुसार अपराहन्न ४: ४५ बजेदेखि शुरु हुदैछ । यसअघि खेलेका ६ खेलमा नेपालले ३ जित र ३ हार बेहोरेको छ । नेपालले अमेरिकासँगका दुवै खेल र भानुआटुसँग हार बेहोरेको थियो भने रुवाण्डालाई दुवै खेलमा र इटालीलाई पराजित गरेको थियो । त्यस्तै भानुआटुले भने ७ खेलमा एक जित र ६ हार बेहोरेको छ । भानुआटुले नेपाललाई मात्र पराजित गरेको थियो । यो प्रतियोगिता खेल्ने नेपाली टिममा इन्दु बर्मा (कप्तान), पुजा महतो (उपकप्तान), रुबिना क्षेत्री, बिन्दु रावल, मनिषा उपाध्याय, सम्झना खड्का, रुवि पोद्दार, कविता…
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय मातहतका सबै कार्यालयका कार्यक्रमहरू अब कार्यालय भित्रकै सभा हल तथा बैठक कक्षमा मात्रै गर्नुपर्ने भएको छ । मन्त्रालयको योजना अनुगमन तथा मूल्याकंन महाशाखाले आज सबै महाशाखा, आयोग, प्राधिकरण, विभाग तथा कार्यालयहरूलाई परिपत्र गर्दै सरकारी खर्चलाई मितव्ययी र उपलब्धिमूलक बनाउन यस्तो निर्देशन दिएको हो । महाशाखाका अनुसार अब कुनै पनि कार्यालयले बैठक, गोष्ठी, तालिम, सेमिनार लगायतका कार्यकमहरु होटेल तथा रिसोर्टहरुमा सञ्चालन नगरी आफनै कार्यालय परिसर वा सरकारी संरचनाभित्र रहेका सभा कक्ष र तालिम कक्षमा मात्रै गर्नुपर्ने छ ।
काठमाडौं । सर्वोच्च अदालतले सुकुम्बासी बस्ती भत्काउने निर्णयविरुद्ध परेको रिटमा कारण देखाउ आदेश जारी गरेको छ । सर्वोच्चका न्यायाधीश शान्तिसिंह थापाको एकल इजलासले कारण देखाउ आदेश जारी गर्दै सरकारलाई बोलाएको हो । सरकारले सुकुम्बासी बस्ती हटाउने निर्णय गरेपछि गोपाल रन पहेलीलगायतले रिट दायर गरेको रिटमा वैशाख २२ गते अन्तरिम आदेशमा छलफलका लागि बोलाएको छ ।
काठमाडौं । सरकारले १० किलोभन्दा कम तौलमा बेकरी सर्टेनिङ बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उद्योगहरूले १० केजीभन्दा कम तौलको प्याकमा बेकरी सर्टेनिङ उत्पादन, प्याकेजिङ तथा बिक्री वितरण गर्न रोक लगाउने निर्णय गरेको हो । साथै विभागले बजारमा बिक्री वितरणमा रहेको १० केजीभन्दा कम तौलको बेकरी सर्टेनिङ १५ दिनभित्र बजारबाट फिर्ता गराउन निर्देशन दिएको छ । उद्योगहरूले बेकरी सर्टेनिङको उत्पादन, प्याकेजिङ तथा तथा बिक्री वितरण गरेको पाइएमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कारबाही हुने विभागले जनाएको छ। विभागले भनेको छ: यस विभागको मिति २०८३/०१/१४ गतेको निर्णयानुसार बेकरी सर्टेनीङ्ग उत्पादन, प्याकेजिङ्ग तथा बिक्री…