खोज्नुहोस

Blog

कांग्रेसको संसदीय दलको नेता चयन आज हुदै

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको नेता चयन आज निर्वाचनबाट हुदैछ । कांग्रेसको संसदीय दलको नेता चयनका लागि पार्टीले गठन गरेको निर्वाचन समितिले बिहीबार मतदाताको अन्तिम नामावली पनि प्रकाशन गर्दै दलको नेता चयनका लागि प्रक्रिया सुरू गरेको हो । कांग्रेस संसदीय दलको नेता चयनका लागि आज मनोनयन दर्ता र निर्वाचन प्रक्रिया हुँदैछ । त्यसअघि बिहीबार नै सिंहदरबारमा निर्वाचन समितिले संसदीय दलमा संशोधित विधान पेश गरेको छ । २०७४ को संसदीय दलको विधानलाई संशोधन गर्दै नयाँ विधान पेश भएको छ । दलमा पेश भएको विधानमा संशोधन गर्नुपर्ने भए शुक्रबार बिहान ८ बजेसम्म संशोधन प्रस्ताव पेश गर्न समय दिइएको छ । त्यस्तै…
Read More

विश्व खोप सप्ताह आजदेखि सुरु

काठमाडौँ । अप्रिल महिनाको अन्तिम हप्तालाई विश्वभरी खोप सप्ताहको रुपमा मनाइन्छ भने नेपालमा बैशाख महिनालाई नै खोप महिनाको रुपमा मनाउने गरिन्छ । यस बर्षको खोप सप्ताहको विषयवस्तु 'प्रत्येक पुस्ताको लागि, खोपले काम गर्छ' भन्ने रहेको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार विगत ५० वर्षमा खोपका १५ करोड ४० लाख जीवन जोगिएको छ । शिशुको बाँच्ने अवस्थामा ४० प्रतिशतले योगदान पुगेको तथा बचाइएका जीवनको ६० प्रतिशत हिस्सा दादुरा खोपले ओगटेको छ । बालकदेखि वृद्धसम्मलाई रोगप्रतिरोधात्मक क्षमतायुक्त बनाउने विभिन्न खोपले औलो, इन्फ्लुएन्जा, गर्भवतीहरूलाई टिटानस किशोरीहरुलाई एचपिभीबाट जोगाउँछ । यो सप्ताहमा पाँच वर्षमुनिका बालबालिकाले कुनै खोप लगाउन छुट भएकालाई  गाउँ टोलमा सोध खोज…
Read More

संघीय संसदको अधिवेशन स्थगित

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बैशाख १७ गतेदेखि आव्हान गरेको संघीय संसदको अधिवेशन स्थगित भएको छ । राष्‍ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८३/०१/०८ गतेको सिफारिसमा संवत् २०८३ साल वैशाख १७ गते बिहीबारका दिन २ बजे संघीय संसद भवन, सिहंदरबारमा संघीय संसद्को दुवै सदनको अधिवेशन आह्‍वान गरेकोमा नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८३/०१/१० गतेको सिफारिस बमोजिम विशेष कारणवश संघीय संसदको दुवै सदनको उक्त अधिवेशन आह्‍वान हाललाई स्थगित गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।  
Read More

भूमि प्रशासन सम्बन्धी सेवाहरु स्थानीय तहबाट प्रवाह गर्ने सकिने

जुम्ला । भूमि प्रशासन सम्बन्धी सेवाहरु स्थानीय तहबाट प्रवाह गर्ने सकिने भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमि  प्रशासन सम्बन्धी सेवाहरु स्थानीय तहबाट प्रवाह गर्ने चाहने स्थानीय तहलाई सात दिनभित्र आवश्यक पर्ने जनशक्ति तथा पूर्वाधारको व्यवस्था आफैंले गर्ने गरी सेवा प्रवाहका लागि इच्छुक रहेको व्यहोरा सहितको पत्र स्क्यान गरी info@molcpa.gov.np वा info@dolma.gov.np वा jaggaprsasan@gmail.com मा पठाउन आग्रह गरेको छ । नेपालको संवैधानिक प्रावधान अनुसार हालको भूमिसुधार/मालपोत कार्यालय र नापी कार्यालयहरूबाट प्रवाह हुँदै आएका सेवाहरु स्थानीय तहबाट प्रवाह गर्न चाहने स्थानीय तहले अब सो सेवा दिन सक्ने भएका छन् ।  
Read More

शेखर गोल्छा पक्राउ

काठमाडौँ । हिमालयन रिइन्स्योरेन्सका पूर्व अध्यक्ष शेखर गोल्छा पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरोले गोल्छालाई धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन समेतको आधारमा पक्राउ गरेको जानकारी दिएको छ । शेखर गोल्छा समेतको मिलेमतोमा धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९४, ९५, ९६ को उपदफा (१) र दफा ९८ बमोजिम कसूरमा थप अनुसन्धान तथा कारबाहीका लागि पक्राउ गरेको ब्यूरोले जनाएको छ । ब्युरोले विहिबार काठमाडौं जिल्ला अदालत, बबरमहलबाट पक्राउ अनुमती लिई गोल्छालाई काठमाडौंको नक्सालबाट पक्राउ गरिएको जनाएको छ ।  
Read More