खोज्नुहोस

Blog

विश्वविद्यालयबाट दलीय संगठन तत्काल हटाउन प्रधानमन्त्री शाहको निर्देशन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले विश्वविद्यालय र स्वास्थ्य शैक्षिक संस्थाहरूमा रहेका दलीय विद्यार्थी तथा कर्मचारी संगठनका संरचनाहरू तत्काल हटाउने निर्णय कुनै पनि हालतमा कार्यान्वयन गर्न उपकुलपतिहरूलाई निर्देशन दिएका छन् । सोमबार विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग भएको छलफलका क्रममा प्रधानमन्त्री शाहले यस्तो निर्देशन दिएका हुन् । प्रधानमन्त्री शाहले शैक्षिक संस्थाहरूमा कुनै पनि बहानामा राजनीति गर्न नहुने अडान लिँदै दलीय संगठनका संरचना हटाउन कुनै पनि ऐन बाधक नहुने बताएका थिए । उनले अस्पताल, क्याम्पस र विद्यालयजस्ता पवित्र ठाउँमा कुनै पनि दलको झण्डा, प्रभाव वा संगठन राख्न नदिइने बताउँदै राजनीति नै गर्ने भए पेसागत जिम्मेवारीबाट अलग भएर पूर्ण रूपमा राजनीतिमा लाग्न सुझाव दिएका थिए …
Read More

बैशाख ११ गते कांग्रेस संसदीय दलको नेता निर्वाचनको कार्यतालिका सार्बजनिक

काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको नेता चयनको लागि वैशाख ११ गते निर्वाचन हुने भएको छ । निर्वाचन समितिले संसदीय दलको कार्यालय, सिंहदरबारमा ११ वैशाख दिउँसो ४ देखि ५ बजेसम्म मतदान हुने सूचना प्रकाशित गरेको छ । समितिले संसदीय दलको विधान अनुसार निर्वाचन कार्यतालिका सार्बजनिक गरेको जानकारी दिएको छ । जस अनुसार, १० गते दिउँसो १ बजे मतदाता नामावली प्रकाशन गरिने, अन्तिम नामावली भने ११ गते दिउँसो साढे ३ बजे गरिने, बैशाख ११ गते बिहान ११ बजेदेखि १२ बजेसम्म उम्मेदवारी दर्ता र ११ गते दिउसो ४ बजेदेखि ५ बजेसम्म मतदान हुने कार्य तालिका सार्बजनिक गरिएको छ । मतदान सिंहदरबारस्थित कांग्रेस…
Read More

आज छन्द दिवस मनाइदै

काठमाडौँ । आज छन्द दिवस मनाइदै छ । कविता साहित्यमा छन्दको प्रयोग घट्दै गएपछि कवि माधव वियोगीले विस २०५३ साल बैशाख ८ गते छन्द बचाउ अभियान सुरु गरेका थिए । छन्दको प्रयोगलाई पुर्नस्थापना गर्ने प्रयत्न स्वरुप कवि वियोगीले अभियान सुरु गरेको दिनलाई नै हरेक वर्ष छन्द दिवसका रुपमा मनाउन थालिएको हो । छन्दको संरक्षण गर्ने उद्देश्यले हरेक वर्ष नेपालमा छन्द दिवस मनाउने गरिन्छ । आज पनि विविध कार्यक्रम गरी मनाइँदैछ । पछिल्लो समय साहित्य क्षेत्रमा नयाँ–नयाँ विधाहरुको उदय भएसँगै छन्द विधा ओझेलमा पर्न थालेको महशुस गर्न थालिएको छ । नेपाली साहित्यमा छन्दलाई कविता भन्दा बढी शास्त्रको दर्जा दिइएपनि यो विधा…
Read More

रास्वपाले बोलायो सचिवालय बैठक

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक भोलि बस्ने भएको छ । पार्टी सभापति रवि लामिछानेले बैठक आह्वान गरेका हुन् । पार्टीका अनुसार बैठक वैशाख ६ गते दिउँसो ३:३० बजे वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बस्नेछ । बैठकमा जिल्ला अधिवेशन कार्यविधि २०८३, बैंक खाता सञ्चालन, केन्द्रीय आयोग तथा सल्लाहकार परिषद् लगायतका संरचनामा मनोनयनका विषयमा छलफल हुने जनाइएको छ । त्यसैगरी महाधिवेशन कार्यविधि मस्यौदा समिति गठन, विज्ञ तथा योजना प्रस्ताव आह्वानसम्बन्धी विषय पनि कार्यसूचीमा समावेश गरिएको छ । यससँगै प्रतिनिधिसभा सदस्यहरूको संगठनात्मक जिम्मेवारी, केन्द्रीय समिति बैठक तथा संसदीय दलका लागि प्राविधिक सहयोग लगायत विषयमा समेत छलफल हुने बताइएको छ ।  
Read More

रातो मच्छिन्द्रनाथको रथारोहण आज

काठमाडौँ । आजदेखि ललितपुरमा रातो मच्छिन्द्रनाथको रथयात्रा सुरु हुँदैछ । आज रथयात्राको पहिलो दिन मच्छिन्द्रनाथको रथलाई दिउँसो पुल्चोकबाट तानेर गाबहालमा पुर्‍याइनेछ । यसभन्दा अघि मच्छिन्द्रनाथको रथ अघिपछि लगाएर तानिने मीननाथलाई पाटनको टंगलमा निमार्णाधीन रथमा रथारोहण गरिनेछ । त्यसपछि मीननाथको रथलाई टंगलबाट तानेर पुल्चोक पुर्‍याइएपछि मात्र रातो मच्छिन्द्रनाथको रथलाई मीननाथको रथको पछि लगाएर पुल्चोकबाट तानिनेछ । आज मात्र मीननाथको रथलाई अघि लगाएर तानिनेछ । भोलिदेखि मीननाथको रथलाई मच्छिन्द्रनाथको रथको पछि लगाएर तानिने चलन छ । आज गाबहालका बासिन्दाहरुले छवयालाभू मनाइरहेका छन् भने अहिले मच्छिन्द्रनाथको दर्शनका लागि पुल्चोकमा भक्तजनको घुइँचो लागेको छ ।  आज रथ तानिने भएकोले मच्छिन्द्रनाथको रथमा हरियो धूपी लगायतले…
Read More