काठमाडौँ । आज विश्व सम्पदा दिवस, प्रत्येक वर्षको अप्रिल १८ मा यो दिवस मनाउने गरिन्छ । विश्व सम्पदा दिवस सन् १९८२ देखि मनाउन सुरु गरिएको हो । दिवसको अवसरमा सम्पदाहरूको संरक्षणलाई लिएर विभिन्न कार्यक्रम, गोष्ठीहरू गर्ने गरिन्छ । विश्व सम्पदाको संरक्षण तथा सम्वद्र्धनका लागि नयाँ पुस्तालाई जागरुक बनाउन यो दिवस मनाउने गरिएको हो । आज नेपालमा प्रकृतिको संरक्षण, पर्यटन, संस्कृति, जैविक विविधता, पर्यावरण लगायतका क्षेत्रमा सरोकार राख्ने सरकारी निकाय र राष्ट्रिय तथा अन्र्तराष्ट्रिय गैरसरकारी संघसंस्थाको सहकार्यमा विभिन्न कार्यक्रमहरु गरिदै छ । दिवसका अवसरमा सम्पदा संरक्षणका आवाज उठ्ने गर्छन् । २०७२ सालको भूकम्पले नेपालका महत्वपूर्ण सांस्कृतिक सम्पदामा क्षति गरेको थियो ।…
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन सचिव बैकुण्ठ अधिकारीसहित १६ जना र एक परामर्शदात्री कम्पनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। रुपन्देहीको सम्मरीमाई गाउँपालिका–५ स्थित सिद्धनाथमा निर्माणाधीन शीतभण्डार परियोजनामा अनियमितता भएको उजुरीपछि गरिएको अनुसन्धानमा यस्तो तथ्य खुलेको आयोगले जनाएको छ। आर्थिक वर्ष २०७६/७७ को बजेटअन्तर्गत शीतभण्डार निर्माणका लागि मन्त्रालय र स्थानीय सहकारीबीच करिब ५ करोड ४३ लाख रुपैयाँ लागतको सम्झौता भएको थियो। जसअनुसार ७५ प्रतिशत रकम मन्त्रालयले र २५ प्रतिशत रकम सहकारीले व्यहोर्ने व्यवस्था थियो। अनुसन्धानका क्रममा परामर्शदाता कम्पनी मेगा माइन्ड आर्किटेक्टस एण्ड स्ट्रकचर्स प्रालिले नै परियोजनाको विस्तृत प्रतिवेदन तयार पार्ने…
काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभामा र बाहिर रहेका दलहरूसँग वार्ता गर्न टोली गठन गरेको छ । बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सांसद अर्जुननरसिंह केसीको संयोजकत्वमा वार्ता टोली गठन गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिएका हुन् । बैठकपछि निर्णय बारे जानकारी दिदै प्रवक्ता चालिसेले राजनीतिक दलहरूसँग संवाद, समन्वय गर्न पार्टीका तर्फबाट वार्ताको लागि पहल गर्न वरिष्ठ नेता अर्जुननरसिंह केसीको संयोजकत्वमा वार्ता सम्वाद समिति बनाएको बताएका हुन् । समितिलाई संसद भित्र वा बाहिर रहेका राष्ट्रिय मुद्दामा एकाकार गर्न सक्ने विविध क्षेत्रमा संवाद, छलफल गर्ने जिम्मेवारी दिइएको उनले बताए । काँग्रेसको कार्यसम्पादन समितिको बैठक विहिबार पनि बस्दैछ ।
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०८३ को अवसरमा सम्पूर्ण नेपालीहरूलाई सुख,शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् । नव वर्षको पूर्वसन्ध्यामा सोमबार भिडियो सन्देश जारी गर्दै पूर्वराजा शाहले देशलाई प्रगतिपथमा अघि बढाउन स्थिरता,निरन्तरता र सहकार्य आवश्यक रहेको उल्लेख गरेका छन् । विगतका कमजोरी र त्रुटिहरूलाई सच्याउँदै उच्चतम गन्तव्यतर्फ अग्रसर हुनुपर्नेमा उनले जोड दिएका छन् । उनले पछिल्ला वर्षहरूमा अपेक्षित विकास हुन नसकेको भन्दै राजनीतिक तथा प्रशासनिक परिवर्तनहरू प्रभावकारी बन्न नसकेको धारणा व्यक्त गरेका छन् । देशमा बारम्बार प्रयोग र अभ्यास हुने प्रवृत्तिले स्थायित्व कमजोर बनेको उनको भनाइ छ । सन्देशमा राजनीति र राज्य सञ्चालनमा युवा पुस्ताको बढ्दो सहभागितालाई…
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यबारे सामाजिक सञ्जालमा फैलिएका भ्रामक सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। निगमले प्रेस विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय बजारको मूल्यअनुसार समायोजन गर्दै आएको स्पष्ट पारेको छ। निगमका अनुसार मार्च ३१ मा इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्यसूचीअनुसार पेट्रोलको प्रति लिटर २२१.३२ , डिजेलको २९४.९९, मट्टितेलको २४३.७० र हवाई इन्धनको आन्तरिक तर्फ प्रतिलिटर २५७८२ र एलपी ग्यासको प्रति सिलिन्डर २३४१.२५ लागत रहेको छ । निगमले पछिल्लो पटक मुल्य समायोजन गर्दा पेट्रोलमा प्रति लिटर २. ३२ डिजेलमा ८७.९९ र मट्टितेलमा ३६.७० घाटा रहेको छ । त्यस्तै एलपी ग्यासमा प्रति सिलिण्डर ३३१.२५ घाटा रहेको निगमले जनाएको छ…