काठमाडौं । भारतीय संगीत जगतकी प्रख्यात गायिका आशा भोसले ९२ बर्षको उमेरमा धर्तीबाट बिदा भएकी छन् । हृदयघात भएपछि अस्पताल भर्ना भएकी आशाको आइतबार बिहान निधन भएको हो । उनको जीवन यात्रा उतार-चढावले भरिएको प्रेरणादायी कथा रहेको छ । आफ्नी जेठी दिदी तथा स्वरसम्राज्ञी लता मंगेशकरको पदचिन्ह पछ्याउँदै उनी पनि सानै उमेरमा संगीत क्षेत्रमा प्रवेश गरेकी थिइन् । सन् १९३३ सेप्टेम्बर ८ मा जन्मिएकी भोसलेले हिन्दी फिल्म संगीतमा आफ्नो जादुई आवाजले करोडौ प्रसंशको मन जितिन भने उनले नेपाली भाषाका गीतहरूमा पनि आफ्नो स्वर दिएकी छन् । आशाले दियो बाली साँझको, गैह्री खेतको शिरै हान्यो, मोहनी लाग्ला है, जस्ता लोकप्रिय नेपाली…
काठमाडौँ । आज राष्ट्रिय सभा अन्तर्गतका सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक दिउसो १ बजे सिंहदरबारस्थित संघीय संसद सचिवालयको समितिको हलमा बस्ने र बैठकमा समितिको बार्षिक कार्ययोजनाको वारेमा छलफल हुने समितिले जानकारी दिएको छ । समितिको सभापतिमा हालै पूजा चौधरी निर्वाचित भएकी छन् । त्यस्तै आज बिहान ११ बजे विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक सिंहदरबारस्थित संघीय संसद सचिवालयको समितिको हलमा बस्ने र बैठकमा समितिको बार्षिक कार्ययोजनाको वारेमा छलफल हुने समितिले जानकारी दिएको छ । त्यस्तै यस समितिको सभापतिमा कृष्णप्रसाद पौडेल निर्वाचित…
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका सरकारी तथा निजी अस्पतालहरूमा जडान गरिएका महँगा मेडिकल उपकरणहरूको प्रयोग र सुरक्षासम्बन्धी विस्तृत अध्ययन तथा अनुगमन गर्न निर्देशन दिएको छ । मन्त्रालयले एमआरआई, सिटी स्क्यान, क्याथ ल्याब र पेट सिटी स्क्यान जस्ता उपकरणहरूको अवस्था, प्रयोग विधि र गुणस्तरबारे अध्ययन गरी १० दिनभित्र प्रतिवेदन पेश गर्न विज्ञ टोली गठन गरेको छ । उक्त टोलीमा वीर अस्पतालका मेडिकल फिजिसिस्ट डा. कञ्चन प्रसाद अधिकारी र रेडियोलोजिस्ट डा. हरिओम जोशी रहेका छन् । मन्त्रालयको निर्णयअनुसार टोलीले आवश्यक परे स्थलगत अनुगमनसमेत गर्नेछ । अध्ययनको मुख्य उद्देश्य उपकरणहरूको सही प्रयोग भइरहेको छ वा छैन भन्नेबारे यथार्थ अवस्था बुझ्नु हो…
काठमाडौं । सरकारले प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो । भ्रष्टाचार निवारण आयोग ऐन, २०५९ को दफा ५० मा ‘सार्वजनिक पद धारण गरेको ६० दिनभित्र र त्यसपछि हरेक नयाँ आर्थिक वर्ष समाप्त भएको ६० दिनभित्र सम्पत्ति विवरण नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको निकाय वा अधिकारीसमक्ष पेस गर्नुपर्ने’ उल्लेख छ । यसअघिको सुशिला कार्की नेतृत्वको सरकारले आफ्नो ६ महिने कार्यकालमा सम्पत्ति विवरण सार्बजनिक गरेको थिएन । प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण यस लिंकमा हेर्न सकिन्छ:
काठमाडौँ । शिक्षा मन्त्रालयले जेनजी आन्दोलनकी घाइते एकता शाहलाई निःशुल्क एमबिबीएस अध्ययनको अवसर दिने विषय ऐन नियम विपरीत नभएको स्पष्ट गरेको छ । चिकित्सा शिक्षा आयोगको व्यवस्थाअनुसार छात्रवृत्ति ‘मेरिट’ र कानुनी मापदण्डका आधारमा वितरण हुने गरेकामा यस वर्ष एमबीबीएस सिटका लागि विद्यार्थी छनोट भइसक्दा पनि शाहलाई नियम विपरीत कोटा दिइएको भन्दै विरोध भएपछि मन्त्रालयले स्पष्ट गरको हो । मन्त्रालयले राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ अनुसार व्यवस्था गरिएको निःशुल्क छात्रवृत्ति कोटाअन्तर्गतको नभएर अतिरिक्त कोटाका रुपमा विशेष छात्रवृत्ति कोटामा अध्ययन गराउने गरी सरकारले बजेट व्यवस्थापन गरी निर्णय गरिएको स्पष्ट पारेको छ । साथै सरकारको यस निर्णयले प्रचलित कानुन बमोजिम अरु कसैले पाउने…