काठमाडौँ । आज अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष विमान दिवस मनाइदैंछ । हरेक वर्ष अप्रिल १२ मा अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष विमान दिवस मनाइदैं आएको हो । आज भन्दा लगभग ६५ वर्ष अगाडिको अन्तरिक्ष यात्री यूरी गागरीन सन् १९६१ मा भोस्तोक १ नामक अन्तरिक्ष विमानमा बसेर पृथ्वीको अर्विटमा १०८ मिनट एक चक्कर लगाउन सफल भएका थिए । यही दिनले सबै मानवताको हितका लागि अन्तरिक्ष अन्वेषणको लागि मार्ग खुला पारेको थियो । सन् २०११ को अप्रिल ७ को संयुक्त राष्ट्र संघको महासभाको ६५औँ संस्करणले हरेक वर्ष अप्रिल १२ लाई अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष विमान दिवसका रूपमा मनाउने निर्णय सदर गरेको थियो । रुसले यस दिवसलाई…
काठमाडौँ । राष्ट्रिय सभाको बैठक आज बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज अपराहन्न १२: १५ बजेदेखि राष्ट्रिय सभाको बैठक शुरु हुदैछ । आजको बैठकमा राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचन हुने कार्यसूची रहेको छ । उपाध्यक्षमा नेकपा एमालेकी सांसद लिला कुमारी भण्डारीको एक उम्मेदवारी परेकोले उनी निर्बिरोध निर्वाचित भएको घोषणा गरिने छ । त्यस्तै आज प्रधानमन्त्री बालेन शाहले राष्ट्रिय मानव अधिकार आयोगको आर्थिक बर्ष २०८०- ८१ को चौबिसौं बार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची समेत रहेको छ ।
काठमाडौं । प्रधानमन्त्री कप (पीएम कप) अन्तर्गत आज दुई खेल हुदैछन् । आज पीएम कपमा एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशबीच जनकपुरमा खेल हुदैछ । जारी पीएम कपमा एपीएफ क्लबको ६ खेलमा ५ अंक रहेको छ र छैटौं स्थानमा रहेको छ भने सुदूरपश्चिम प्रदेशको ६ खेलमा १० अंक रहेको छ र शिर्ष स्थानमा रहेको छ । त्यस्तै आज अर्को खेल कर्णाली प्रदेश र त्रिभुवन आर्मी क्लबबीच पर्सामा खेल हुदैछ । जारी पीएम कपमा कर्णाली प्रदेश ६ खेलमा ३ अंकसहित नवौं स्थानमा छ भने त्रिभुवन आर्मी क्लब ५ खेलमा ९ अंकसहित दोस्रो स्थानमा छ । एकदिवसीय फर्म्याटमा खेलिने दुवै खेल बिहान ९…
काठमाडौँ । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज दिउसो १ बजेदेखि प्रतिनिधि सभाको बैठक बस्ने कार्यसूची रहेको छ । आजको बैठकमा गृहमन्त्री सुदन गुरुङले तीन अध्यादेशहरु पहिलो 'मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश २०८२, दोस्रो प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ र तेस्रो नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेस, २०८२ रहेको छ । साथै आजदेखि नवनिर्वाचित सभामुख डिपी अर्यालले पहिलो पटक संसदको कारवाही संचालन गर्ने भएका छन् ।
काठमाडौँ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ परेका शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल हाजिरी जमानीमा रिहा भएका छन् । आइतबार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अग्रवाललाई बोलाएका बखत उपस्थित हुने गरी छोडेको हो । सोही कसुरमा उनका छोरा शंकर ग्रुपकै सञ्चालक सुलभ अग्रवाल भने विभागको हिरासतमा छन् । सुलभलाई हिरासतमै राखेर अनुसन्धान गर्न अदालतले १० दिनको अनुमति दिएको छ ।