खोज्नुहोस

Blog

निर्वाचन सम्पन्न गराउन भूमिका खेल्ने कर्मचारी र सुरक्षा अधिकारीहरूलाई गृहमन्त्री अर्यालको सम्मान

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन भूमिका खेलेका कर्मचारी र सुरक्षा निकायका अधिकारीहरूलाई गृहमन्त्री ओमप्रकाश अर्यालले सम्मान गरेका छन् । सोमबार गृहमन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री अर्यालले विभिन्न निकायका उच्च अधिकारीलाई प्रशंसापत्र प्रदान गर्दै सम्मान व्यक्त गरेका हुन्। सम्मानित हुनेमा गृह मन्त्रालयका सचिव, रक्षा मन्त्रालयका सचिव, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलगायत काठमाडौं उपत्यकाका जिल्ला सुरक्षा समितिका पदाधिकारी रहेका छन् । यस अवसरमा मन्त्री अर्यालले गत फागुन २१ मा सम्पन्न निर्वाचन शान्तिपूर्ण र सफल रूपमा सम्पन्न भएको उल्लेख गर्दै यसमा सबै सरोकारवालाको महत्वपूर्ण योगदान रहेको बताए। उनले रक्तपातबिनै एकै चरणमा निर्वाचन सम्पन्न हुनु नयाँ…
Read More

प्रधानमन्त्री कार्कीबाट इद उल फित्रको शुभकामना

काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्कीले इद्–उल–फित्रको अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण मुस्लिम समुदायलाई शुभकामना व्यक्त गरेकी छन् । प्रधानमन्त्री कार्कीले रमजान महिनाभर गरिएको रोजाले सहनशीलता, सहिष्णुता, त्याग र मानवताप्रतिको समर्पणको सन्देश दिने बताएकी छन् । उनका अनुसार यो महिना सत्कर्म र संयमको प्रतीकका रूपमा समेत लिइने भन्दै यस्ता मूल्यले समाजमा मानवता, सहअस्तित्व र समृद्धिको भावना बलियो बनाउने उल्लेख गरेकी छन् । इद्–उल–फित्रले आपसी सद्भाव, भाइचारा र एकतालाई अझ मजबुत बनाउने विश्वास पनि व्यक्त गरेकीछन् । प्रधानमन्त्री कार्कीले यस पर्वले नेपालीहरूबीच सम्मान, सहकार्य र सद्भाव बढाउँदै देशको समृद्धि र स्थायित्वमा टेवा पुर्‍याओस् भन्ने कामना गरेकी छन् ।  
Read More

महावीर पुनले बताए शिक्षा क्षेत्रमा गर्नैपर्ने दुई काम

काठमाडौँ । म्याग्दीबाट निर्वाचित सांसद महावीर पुनले शिक्षा क्षेत्रमा सुधार गर्न ठोस कदम चल्नुपर्ने बताएका छन् । सांसद पुनले विश्वविद्यालय, विद्यालय तथा स्वास्थ्य प्रतिष्ठानहरूमा भइरहेको राजनैतिक भागबण्डा र हस्तक्षेप अन्त्य गर्नुपर्ने बताउदै शुद्ध शैक्षिक वातावरण निर्माणका लागि विश्वविद्यालय ऐन र शिक्षा ऐनमा पूर्ण संशोधन आवश्यक रहेको उल्लेख गरेका छन् । त्यसैगरी, उनले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम केन्द्रलाई पुनःसंरचना गरी सैद्धान्तिकभन्दा सीपमूलक शिक्षामा जोड दिनुपर्ने धारणा राखेका छन् । उनले भनेका छन्- 'मैले गर्न खोजेको र अब सरकारले नगरी नहुने कुराहरू- १) विश्वविद्यालयहरू, विद्यालयहरू तथा स्वास्थ्य प्रतिष्ठानहरूमा राजनैतिक भागवण्डा र राजनितिकरणको अन्त्य गरी बिशुद्ध शैक्षिक वातावरणको सृजना गर्ने। त्यसको लागि…
Read More

इदको शुभकामना दिदै बालेनले भने- सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्ने बताएका छन् । इद उल फित्रको अवसरमा सामाजिक सञ्जालमा लेख्दै बालेनले धर्म, संस्कृति र विविधताको सम्मान गर्दै सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्ने बताएका हुन् । उनले लेखेका छन्, ‘धर्म, संस्कृति र विविधताको सम्मान गर्दै सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ ।’ उनले एक-अर्काप्रति सम्मान, समझदारी र एकताले समाजलाई अझ सुदृढ बनाउनेछ भन्ने कामना गर्दै, ईदको यस पावन अवसरले भाइचारा, प्रेम र मेलमिलापको भावना अझ प्रगाढ बन्ने कामना गरेका छन् ।  
Read More

आज विश्व कविता दिवस मनाइदै

काठमाडौँ ।  प्रत्येक वर्ष २१ मार्चका दिन विश्व कविता दिवस आज विभिन्न कार्यक्रम गरि मनाइदैछ । यस बर्षको विश्व कविता दिवस 'शान्ति र समावेशीकरणको लागि पुलको रूपमा कविता' भन्ने रहेको छ । यसले विविध संस्कृतिहरूलाई जोड्ने, समझदारीलाई बढावा दिने र एकतालाई प्रवर्द्धन गर्ने कविताको शक्तिलाई प्रकाश पार्छ, जसले कवितालाई संवाद र सामाजिक सद्भावको लागि एक महत्त्वपूर्ण उपकरणको रूपमा सुदृढ बनाउछ । विश्वभरीका कविहरुको सिर्जनात्मकताको सम्मानमा मनाइने यो दिवसलाई संयुक्त राष्ट्रसङ्घको शैक्षिक तथा सांस्कृतिक सङ्गठन यूनेस्कोले सन् १९९९ मा विश्व कविता दिवस मनाउने घोषणा गरेको थियो । नेपालमा  यो दिवस सन् २००२ देखि कविता दिवस मनाउन थालिएको हो । आजको दिनमा…
Read More