काठमाडौँ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण प्राधिकरणले आज र भोली देशका विभिन्न क्षेत्रमा भारी वर्षा, हिमपात र तीव्र हावाहुरीको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । प्राधिकरणका अनुसार जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार चैत ६ गते कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा केही स्थानमा भारी वर्षा र हिमपात हुन सक्नेछ । त्यसैगरी शुक्रबारदेखि दाङ, नेपालगञ्ज आसपासका लुम्बिनी प्रदेशका तराई क्षेत्रमा तथा शनिबार पूर्वी क्षेत्रका विराटनगर, धरान र धनकुटा आसपासका जिल्लामा करिब ११९ किलोमिटर प्रतिघण्टा वेगको तीव्र हावाहुरी चल्ने सम्भावना रहेको छ । त्यस्तै प्राधिकरणले काम नपरी यात्रामा ननिस्कनु हुन, हावाहुरी चलेका बेला घरको झ्यालढोका राम्रोसँग बन्द…
काठमाडौँ । आज संसारभर विविध चेतनामूलक कार्यक्रमका साथ विश्व मुख स्वास्थ्य दिवस मनाइँदै छ । हरेकबर्ष मार्च २० मा दाँतको सफाइ तथा मुख स्वास्थ्यको विषयमा विभिन्न सचेतनामूलक कार्यक्रम गरी विश्वभर यो दिवस मनाउने गरिन्छ । यस बर्षको विश्व मुख स्वास्थ्य दिवसको विषयवस्तु 'खुशी मुख...खुशी जीवन' भन्ने रहेको छ । यो विश्व डेन्टल महासंघद्वारा सुरु गरिएको तीन वर्षे अभियान चक्र (२०२४-२०२६) को अन्तिम वर्ष हो । २०२६ अभियान मौखिक स्वास्थ्य र समग्र खुशी, कल्याण, र जीवनको गुणस्तर बीचको बलियो सम्बन्धमा केन्द्रित छ । दाँत, गिजा र सम्पूर्ण मुख-अनुहार प्रणालीको स्वास्थ्यलाई मुख स्वास्थ्यको रूपमा बुझ्न सकिन्छ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले…
काठमाडौं । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरुको शपथ चैत १२ गते हुने भएको छ । संघीय संसद सचिवालयले शुक्रबार सूचना जारी गर्दै नवनिर्वाचित सांसदहरूको शपथ चैत १२ गते बिहीबार हुने जनाएको हो । शपथ ग्रहण कार्यक्रम दिउँसो २ बजे सङ्घीय संसद् भवनको बहुउद्देश्यीय सभा कक्षमा हुने तय भएको छ । सांसदहरूलाई कार्यक्रम समय भन्दा दुई घन्टा चाँडै उपस्थित हुन सचिवालयले आग्रह गरेको छ । साथै नवनिर्वाचित सांसदहरूलाई निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधिसभा सदस्य पदको प्रमाणपत्र (सक्कल तथा प्रतिलिपि), नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र हालसालै खिचिएको पासपोर्ट साइजको फोटो दुई प्रति सहित औपचारिक वा आफ्नो सांस्कृतिक पहिचानको पोशाकमा उपस्थित हुन भनिएको छ ।…
काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको शपथ ग्रहण चैत १२ गते हुने भएको छ । बिहीबार संघीय संसद सचिवालय नयाँ प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने ६ दलसँग छलफल गर्दै आगामी चैत १२ गते दिउँसो २ बजे नवनिर्वाचित सदस्यहरूको शपथ ग्रहण गराउने तयारी भएको जनाएको हो । दलहरूसँग शपथ ग्रहण, अभिमुखीकरण कार्यक्रम र संसदीय दलको कार्यालय व्यवस्थापनसँगका विषयमा छलफल भएको संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिएका छन् । शपथ ग्रहण गराउनु अगाडि ज्येष्ठ सदस्यको पहिचान गर्ने र ज्येष्ठ सदस्यले राष्ट्रपतिसँग शपथ ग्रहण गराउने तयारी भएको छ । राष्ट्रपतिसँग शपथ ग्रहण गरेपछि ज्येष्ठ सदस्यले अन्य सदस्यहरूलाई शपथ खुवाइने संसद सचिवालयले जानकारी दिएको छ…
काठमाडौं । निर्वाचन आयोगले गत फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा ३ अर्ब ५४ करोड २८ लाख ७९६ रुपैयाँ खर्च भएको जानकारी दिएको छ । आयोगले विहिबार पत्रकार सम्मेलन गरेर निर्वाचन आयोगबाट ३ अर्ब ५४ करोड २८ लाख ७९६ रुपैयाँ खर्च भएको जानकारी दिएको हो । निर्वाचन प्रयोजनका लागि ७ अर्ब ८१ करोड ५ लाख ७६ हजार रुपैयाँ माग गरेकोमा अर्थ मन्त्रालयबाट ६ अर्ब ७६ करोड ६६ लाख ९० हजार रुपैयाँको स्रोत सहमति प्राप्त भएको जानकारी दिएको छ । खर्चको दायित्व सिर्जना भएकोमध्ये केही रकम भुक्तानी गर्न बाँकी रहेको आयोगले जानकारी दिएको छ । आयोगका अनुसार निर्वाचन खर्चलाई मितव्ययी…