खोज्नुहोस

Blog

वुमेन्स च्यालेन्ज ट्रफीमा नेपालले आज भानुआटुसँग भिड्दै

काठमाडौं । जारी आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीमा आज नेपालले आज भानुआटुसँग खेल्दैछ । आज यो खेल नेपाली समय अनुसार अपराहन्न ४: ४५ बजेदेखि शुरु हुदैछ । यसअघि खेलेका ६ खेलमा नेपालले ३ जित र ३ हार बेहोरेको छ । नेपालले अमेरिकासँगका दुवै खेल र भानुआटुसँग हार बेहोरेको थियो भने रुवाण्डालाई दुवै खेलमा र इटालीलाई पराजित गरेको थियो । त्यस्तै भानुआटुले भने ७ खेलमा एक जित र ६ हार बेहोरेको छ । भानुआटुले नेपाललाई मात्र पराजित गरेको थियो । यो प्रतियोगिता खेल्ने नेपाली टिममा इन्दु बर्मा (कप्तान), पुजा महतो (उपकप्तान), रुबिना क्षेत्री, बिन्दु रावल, मनिषा उपाध्याय, सम्झना खड्का, रुवि पोद्दार, कविता…
Read More

भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम होटेल तथा रिर्सोटमा गर्न नपाइने

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय मातहतका सबै कार्यालयका कार्यक्रमहरू अब कार्यालय भित्रकै सभा हल तथा बैठक कक्षमा मात्रै गर्नुपर्ने भएको छ । मन्त्रालयको योजना अनुगमन तथा मूल्याकंन महाशाखाले आज  सबै महाशाखा, आयोग, प्राधिकरण, विभाग  तथा कार्यालयहरूलाई परिपत्र गर्दै सरकारी खर्चलाई मितव्ययी र उपलब्धिमूलक बनाउन यस्तो निर्देशन दिएको हो । महाशाखाका अनुसार अब कुनै पनि कार्यालयले बैठक, गोष्ठी, तालिम, सेमिनार लगायतका कार्यकमहरु होटेल तथा रिसोर्टहरुमा सञ्चालन नगरी आफनै कार्यालय परिसर वा सरकारी संरचनाभित्र रहेका सभा कक्ष र तालिम कक्षमा मात्रै गर्नुपर्ने छ ।  
Read More

सुकुम्बासी बस्ती भत्काउने निर्णयविरुद्धको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौं । सर्वोच्च अदालतले सुकुम्बासी बस्ती भत्काउने निर्णयविरुद्ध परेको रिटमा कारण देखाउ आदेश जारी गरेको छ । सर्वोच्चका न्यायाधीश शान्तिसिंह थापाको एकल इजलासले कारण देखाउ आदेश जारी गर्दै सरकारलाई बोलाएको हो । सरकारले सुकुम्बासी बस्ती हटाउने निर्णय गरेपछि गोपाल रन पहेलीलगायतले रिट दायर गरेको रिटमा वैशाख २२ गते अन्तरिम आदेशमा छलफलका लागि बोलाएको छ ।  
Read More

१० किलोभन्दा कम तौलमा बेकरी सर्टेनिङ बिक्री वितरणमा सरकारको प्रतिबन्ध

काठमाडौं । सरकारले १० किलोभन्दा कम तौलमा बेकरी सर्टेनिङ बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उद्योगहरूले १० केजीभन्दा कम तौलको प्याकमा बेकरी सर्टेनिङ उत्पादन, प्याकेजिङ तथा बिक्री वितरण गर्न रोक लगाउने निर्णय गरेको हो । साथै विभागले बजारमा बिक्री वितरणमा रहेको १० केजीभन्दा कम तौलको बेकरी सर्टेनिङ १५ दिनभित्र बजारबाट फिर्ता गराउन निर्देशन दिएको छ । उद्योगहरूले बेकरी सर्टेनिङको उत्पादन, प्याकेजिङ तथा तथा बिक्री वितरण गरेको पाइएमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कारबाही हुने विभागले जनाएको छ। विभागले भनेको छ:  यस विभागको मिति २०८३/०१/१४ गतेको निर्णयानुसार बेकरी सर्टेनीङ्ग उत्पादन, प्याकेजिङ्ग तथा बिक्री…
Read More

कांग्रेसको संसदीय दलको नेता चयन आज हुदै

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको नेता चयन आज निर्वाचनबाट हुदैछ । कांग्रेसको संसदीय दलको नेता चयनका लागि पार्टीले गठन गरेको निर्वाचन समितिले बिहीबार मतदाताको अन्तिम नामावली पनि प्रकाशन गर्दै दलको नेता चयनका लागि प्रक्रिया सुरू गरेको हो । कांग्रेस संसदीय दलको नेता चयनका लागि आज मनोनयन दर्ता र निर्वाचन प्रक्रिया हुँदैछ । त्यसअघि बिहीबार नै सिंहदरबारमा निर्वाचन समितिले संसदीय दलमा संशोधित विधान पेश गरेको छ । २०७४ को संसदीय दलको विधानलाई संशोधन गर्दै नयाँ विधान पेश भएको छ । दलमा पेश भएको विधानमा संशोधन गर्नुपर्ने भए शुक्रबार बिहान ८ बजेसम्म संशोधन प्रस्ताव पेश गर्न समय दिइएको छ । त्यस्तै…
Read More