काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले ज्ञानेन्द्र शाहीलाई संसदीय दलको नेता चयन गरेको छ । राप्रपाको ५ सदस्यीय संसदीय दलले जुम्लाबाट प्रत्यक्षमा जितेका एक मात्र सांसद शाहीलाई संसदीय दलको नेता चयन गरेको हो । त्यस्तै शाहीले समानुपातिक सांसद खुश्बु ओलीलाई मुख्य सचेतकमा नियुक्त गरेका छन् । प्रत्यक्षमा एक सिट मात्र जितेको राप्रपाले समानुपातिकतर्फ चार सिट पाएको थियो ।
काठमाडौँ । निर्वाचन आयोगले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाउने भएको छ । आयोगले आज बिहान समानुपातिकतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र दिएपछि दिउँसो राष्ट्रपतिसमक्ष निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन बुझाउने गरी तयारी गरेको हो । समानुपातिक सांसदलाई प्रमाणपत्र दिएर राष्ट्रपति रामचन्द्र पौडेललाई प्रतिवेदन बुझाएपछि आयोगले आज साँझ पत्रकार सम्मेलनको समेत आयोजनासमेत गरेको छ । आयोगले निर्वाचन परिणामसहितको प्रतिवेदन राष्ट्रपतिलाई बुझाएपछि नेपालको संविधान, २०७२ को धारा ७६ (१) अनुसारको सरकार गठनका लागि आह्वान गर्ने बाटो खुल्ने भएको छ । यस निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १८२ सिट जितेर दुई तिहाई नजिकको…
काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेका छन् । अध्यक्ष दाहालले आज वालुवाटारस्थित प्रधानमन्त्रीको निवासमा पुगेर प्रधानमन्त्री कार्कीसँग भेट गरेका हुन् । भेटमा अध्यक्ष दाहालले कठिन र चुनौतीपूर्ण परिस्थितिमा प्रतिनिधि सभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गरेकोमा प्रधानमन्त्री कार्कीलाई धन्यवाद दिएका थिए । जवाफमा प्रधानमन्त्री कार्कीले आफू एक्लैले भन्दा पनि सबैको सहयोग, सद्भाव र क्रियाशीलताले शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएको बताएकी थिइन् ।
काठमाडौँ । खोटाङमा हेलिकप्टर दुर्घटना भएको छ । खोटाङको केपिलासगढी गाउँपालिका-२ बालाबेसीमा काठमाडौंबाट शव लिएर गएको एयर डाइनास्टीको हेलिकप्टर दुर्घटना भएको हो । दुर्घटनामा हेलिकप्टर पुर्णरूपमा क्षतिग्रस्त भएको छ भने मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । उक्त हेलिकप्टर ल्याण्डिङ भैसकेपछि अर्को ठाउँ थोरै सार्ने क्रममा दुर्घटना भएको स्थानीयले बताएका छन् ।