खोज्नुहोस

Blog

निर्वाचन चिह्नको भौतिक प्रयोग नगर्न निर्वाचन आयोगको आग्रह

निर्वाचन चिह्नको भौतिक प्रयोग नगर्न निर्वाचन आयोगको आग्रह

काठमाडौं । फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रचारप्रसारका क्रममा केही राजनीतिक दल तथा उम्मेदवारले निर्वाचन चिह्नको भौतिक स्वरुप बोकेर प्रयोग गरेको भन्ने गुनासो आएपछि निर्वाचन आयोगले त्यस्तो कार्य नगर्न आग्रह गरेको छ । आयोगका अनुसार फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै प्रचारप्रसार गर्दा धातु, काठ वा अन्य कडा सामग्रीबाट बनाइएका भौतिक निर्वाचन चिह्न प्रयोग गर्दा सुरक्षा जोखिम बढेको र सार्वजनिक शान्तिमा असर परेको भन्ने सूचना प्राप्त भएको जनाउदै कपडा, तुल, फ्लेक्स वा कागजमा छापी तोकिएको मापदण्डअनुसार निर्वाचन चिह्न प्रयोग गर्न पाइने भए पनि भौतिक स्वरुपका चिह्न बोकेर हिँड्नु उपयुक्त नहुने आयोगले स्पष्ट गरेको छ ।…
Read More
फागुन २१ को चुनावका लागि तीन दिनको सार्वजनिक बिदा सिफारिस

फागुन २१ को चुनावका लागि तीन दिनको सार्वजनिक बिदा सिफारिस

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै तीन दिन सार्वजनिक बिदा दिन सरकारसमक्ष सिफारिस गरेको छ। आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार मतदाताको उत्साहजनक सहभागिता सुनिश्चित गर्ने उद्देश्यले फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा घोषणा गर्न नेपाल सरकारलाई सिफारिस गरिएको हो । आयोगले निर्वाचन प्रक्रियामा सहजता र मतदाताको सहभागिता बढाउन बिदा आवश्यक ठानेको जनाएको छ । सार्वजनिक बिदा दिने वा नदिने अन्तिम निर्णय भने मन्त्रिपरिषद् बैठकबाट हुने जनाइएको छ ।  
Read More

राजनीतिक दलहरूलाई निर्वाचन आयोगको ६४ बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि फागुन १८ गते राति १२ बजेसम्म चुनावी प्रचार प्रसारको समय निर्धारण गरेको छ । यसै सन्दर्भमा आयोगले राजनीतिक दलहरु र उम्मेदवारहरुलाई ६४ बुँदे निर्देशन जारी गरेको छ । आयोगले फागुन २१ गते हुने निर्वाचनका लागि फागुन ३ गते राति १२ बजेदेखि राजनीतिक दल र उम्मेदवारहरूले प्रचार प्रसार सुरु गर्न पाउनेछन् । निर्वाचन आचारसंहिता २०८२ मा दल, उम्मेदवार, भ्रातृ संगठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला लगायतका गतिविधि गर्दा पालना गर्नुपर्ने आचरण स्पष्ट उल्लेख गरिएको छ । आयोगको निर्देशनका बुँदा: १- निर्वाचनको सिलसिलामा कुनै पनि व्यक्तिलाई निर्वाचनमा उम्मेदवारी दिन वा…
Read More

होटल फरेस्ट इनको आईपीओको आज बाँडफाँड हुदै

काठमाडौँ । होटल फरेस्ट इन लिमिटेडको आईपीओको बाँडफाँड आज हुने भएको छ । कम्पनीको शेयर निष्काशक तथा बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटलका अनुसार होटल फरेस्ट इनको आइपिओ आज बिहान साँढे ९ बजे हुने भएको हो । माघ २२ गतेदेखि २६ गतेसम्म खुलेको यस आइपिओमा सय रुपैयाँ अंकित मूल्यका ३३ लाख २० हजार कित्ता शेयरको लागि आवेदन माग गरिएकोमा २५ लाख ४५ हजार ३० आवेदनकर्ताबाट २ करोड ८६ लाख ९३ हजार २६० कित्ता शेयरको लागि आवेदन परेको छ । धितोपत्र बोर्डको हरेक लगानीकर्ताले १० कित्ता शेयर पाउने नीति अनुसार ३ लाख ३२ हजार लगानीकर्ताले शेयर पाउने छन् भने २२ लाख १३…
Read More
चुनावको प्रचार आजदेखि फागुन १८ सम्म गर्न पाइने, आचारसंहिता पालना गर्न आयोगको निर्देशन

चुनावको प्रचार आजदेखि फागुन १८ सम्म गर्न पाइने, आचारसंहिता पालना गर्न आयोगको निर्देशन

जुम्ला। निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि फागुन १८ गते राति १२ बजेसम्म चुनावी प्रचार प्रसारको समय निर्धारण गरेको छ । आयोगले सरोकारवाला सबै पक्षलाई निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न निर्देशन दिएको छ । आयोगका अनुसार फागुन २१ गते हुने निर्वाचनका लागि फागुन ३ गते राति १२ बजेदेखि राजनीतिक दल र उम्मेदवारहरूले प्रचार प्रसार सुरु गर्न पाउनेछन् । निर्वाचन आचारसंहिता २०८२ मा दल, उम्मेदवार, भ्रातृ संगठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला लगायतका गतिविधि गर्दा पालना गर्नुपर्ने आचरण स्पष्ट उल्लेख गरिएको छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले तोकिएको समयावधि फागुन ४ देखि १८ गते राति…
Read More