खोज्नुहोस

Blog

आज भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस मनाइँदै

जुम्ला । आज भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस । यो दिनमा प्रेमजोडीले उपहार आदान प्रदान गर्दै माया साटासाट गर्छन् । आफूलाई मन परेको व्यक्तिसामु प्रेम प्रस्ताव राख्ने दिनको रुपमा पनि युवायुवतीले भ्यालेन्टाइन डेलाई उपयोग गर्छन् । विश्वभर फेब्रुअरी १४ तारिखका दिन भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस मनाइने गरिन्छ । नेपालमा पनि केही वर्षयता प्रेम दिवसलाई युवा युवतीले विशेष चाडकै रूपमा मनाउन थालेका छन् । यो दिवसले सहरी समाजमा त नयाँ संस्कृतिकै रूप लिएको छ । यो दिन प्रेमिप्रेमिकाले एक अर्कालाई उपहार दिएर माया दर्साउने र प्रेम प्रस्ताव राख्ने गर्छन् । 'विल यु बी माई भ्यालेन्टाइन’ आज अर्थात् १४ फेब्रुअरी सबै…
Read More

काठमाडौँका वडा तहबाट भू-सेवा तथा भू-सूचना प्रणाली नमूना कार्यक्रमका रुपमा सञ्चालन हुने

काठमाडौँ । काठमाडौँ महानगरले १० वटा वडाबाट भू-सेवा तथा भू-सूचना प्रणालीलाई नमूना कार्यक्रमका रुपमा सञ्चालन गर्ने भएको छ । शुक्रबार बसेको ४७औँ कार्यपालिका बैठकले नमूना कार्यक्रमका सिकाइबाट मानव स्रोत, कार्यकक्ष, साधन तथा उपकरण व्यवस्था गर्दै अन्य वडामा पनि क्रमशः सेवा विस्तार गर्ने निर्णय पारित गरेको हो । नमूना कार्यक्रमका रुपमा वडा नं. ३, ४, ६, १०, १४, १५, १६, २३, २६ र ३१ मा सेवा सञ्चालन हुनेछ । चारकिल्ला, घरबाटो शिफारिस जस्ता सेवा यसअघि पनि कार्यान्वयनमा आएका थिए । यसका अतिरिक्त भूमिको स्वामित्व तथा हक सम्बन्धी सेवा, लेखापढी, स्रेस्ता तथा अभिलेख व्यवस्थापन, रोक्का तथा फुकुवा शिफारिस, कर तथा राजस्व सम्बन्धी…
Read More

बंगलादेशमा आज कडा सुरक्षाबीच आम निर्वाचन

काठमाडौँ । बंगलादेशमा १३औं राष्ट्रिय संसदीय चुनावअन्तर्गत आज देशभर मतदान हुँदैछ । बिहान ७ बजेदेखि सुरु हुने मतदान कडा सुरक्षाबीच सञ्चालन गरिँदैछ । यस पटकको आम चुनावमा मुख्य प्रतिस्पर्धा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) र यसअघि उसको  सहयोगी जमात–ए–इस्लामीबीच देखिएको छ । २०२४ को अक्टोबरमा भएको विद्रोहपछि पहिलो पटक निर्वाचन हुन लागेको छ । चुनावपूर्व सार्वजनिक गरिएका जनमत सर्वेक्षणहरूमा बीएनपी अग्रस्थानमा देखिएको छ । पार्टीका प्रमुख तारिक रहमान, जो १७ वर्षको निर्वासनपछि बेलायतबाट स्वदेश फर्किएका हुन्, आगामी सरकार गठनको अभियानको नेतृत्व गरिरहेका छन् । यस चुनावमा पुर्व प्रधानमन्त्री सेख हसिनको दल अवामी लिगलाई प्रतिबन्ध लगाइएको छ ।  राजधानी ढाकासहित देशभरका विद्यालय र सार्वजनिक…
Read More
टी-२० विश्वकपप्रति दर्शकको चासो बढ्यो, नेपालबाट सबैभन्दा ठूलो वृद्धि

टी-२० विश्वकपप्रति दर्शकको चासो बढ्यो, नेपालबाट सबैभन्दा ठूलो वृद्धि

काठमाडौँ । आईसीसी टी-२० विश्वकप २०२६ प्रति विश्वभरका क्रिकेट समर्थकले ठुलो साथ दिएका छन् । भारत र श्रीलंकामा सम्पन्न पहिलो छ खेल अत्यन्त रोमाञ्चक बनेका छन् भने रंगशालामा दर्शकको उल्लेख्य उपस्थिति देखिएको छ । यससँगै डिजिटल माध्यममा पनि अभूतपूर्व संलग्नता वृद्धि भएको आईसीसीले जनाएको छ । प्रतियोगिताको पहिलो दुई दिनलाई सन् २०२४ को संस्करणसँग तुलना गर्दा आईसीसीका डिजिटल प्लेटफर्महरूमा ५३ प्रतिशतले वृद्धि देखिएको छ । सबै प्लेटफर्ममा गरी ६४७ मिलियन भिडियो भ्युज पुगेका छन् । आईसीसी एप प्रयोगकर्तामा ८३ प्रतिशतको वृद्धि भएको छ भने वेबसाइट प्रयोगकर्तामा १६ प्रतिशतले बढोत्तरी भएको छ। विशेषगरी फुल मेम्बर देशबाहिरका समर्थकबाट उल्लेखनीय वृद्धि देखिएको छ…
Read More

राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यतालिका

काठमाडौँ । आज राष्ट्रिय सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार दिउसो १: १५ बजेदेखि शुरु हुदैछ । आजको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यतालिका रहेको छ । त्यस्तै आजको बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसा कुमारी दाहालले 'विधायन व्यवस्थापन समतिको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन' र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति माया प्रसाद शर्माले 'सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको अध्यागमन ऐन, २०४९ र सो ऐन अन्तर्गत बनेका प्रत्यायोजित विधायनहरु सम्बन्धी अध्ययन प्रतिवेदन, २०८२ माथि छलफल गरियोस्' भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यतालिका रहेको…
Read More