काठमाडौँ । रिज लाइन इनर्जी लिमिटेडले आजदेखि आइपिओ खुला गरेको छ । कम्पनिले ११ करोड ८० लाख २६ हजार रूपैयाँ बराबरको प्रतिसेयर १०० रूपैयाँ दरका ११ लाख ८० हजार २६० कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरूका लागि आवेदन मागेको हो । सो आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । कम्पनीको आइपिओमा फागुन ४ गतेसम्म आवेदन दिन सकिनेछ सो समयसम्म सम्पूर्ण कित्ताको लागि आवेदन नपरेमा बिक्री अवधि फागुन १३ गतेसम्म बढाउन सकिने कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले जानकारी दिएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा…
काठमाडौँ । आज विज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस मनाइदैछ । यस बर्ष ११औँ विज्ञानमा महिला पहुँच अन्तर्राष्ट्रिय दिवस 'दृष्टिबाट प्रभावतर्फः लैङ्गिक अन्तर घटाउँदै विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणितको पुनःपरिभाषा' भन्ने रहेको छ । यस विषयवस्तुले छलफलमै सीमित नरही ठोस समाधानहरूको कार्यान्वयनमा जोड दिनुका साथै समावेशी विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित प्रणाली निर्माणका लागि सफल अभ्यासहरू उजागर गर्नुपर्ने आवश्यकता औंल्याउएको छ । आजको दिनलाई आधुनिक विश्वमा विज्ञान र प्रविधि अनि नवप्रवर्तनमा महिलाहरूको योगदानको कदर गर्ने र उनीहरुलाई विज्ञानको पहुँचमा पुर्याउन विशेष दिनको रूपमा लिइन्छ । तर नेपालमा मात्र नभई विश्वका विकसित मुलुकहरूमा विज्ञान, प्रविधि र अनुसन्धानका क्षेत्रमा महिलाको उपस्थिति भने कम…
काठमाडौँ । पाकिस्तानले भारतसँग खेल बहिष्कार गर्ने निर्णय फिर्ता लिएको छ । दस दिनसम्म चलेको विवादपछि पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले भारतविरुद्धको खेल खेल्न निर्देशन दिएका हुन् । यस अघि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी), पाकिस्तान क्रिकेट बोर्ड र बंगलादेश क्रिकेट बोर्डबीच पाकिस्तानको लाहोरमा छलफल भएको थियो । सो छलफलपछि गएराती आइसीसीले विश्वकपबाट बाहिरिएपनि बंगलादेशलाई थप कारवाही नगर्ने, आइसीसीका प्रतियोगिता बंगलादेशमा जारी नै राख्ने प्रतिबद्धता व्यक्त गरेको थियो । त्यसपछि जारी टी–२० विश्वकपअन्तर्गत भारत–पाकिस्तानबीचको खेल फेब्रुअरी १५ मा कोलम्बोमा हुने भएको हो । यसअघि आइसीसीले बंगलादेशले भारतमा खेल्न नमानेपछि विश्वकपबाट बाहिर गर्दै स्कटल्याण्डलाई अवसर दिएको थियो । आइसीसीको सो निर्णयपछि पाकिस्तानले बंगलादेशको…
काठमाडौँ । जारी टी-२० विश्वकपमा आज तीन खेल हुदैछ । आज समुह ए अन्तर्गत नामिबिया र नेदरल्याण्डसबीच भारतको दिल्लीमा यो खेल हुदैछ । यो खेल नेपाली समय अनुसार बिहान ११: १५ बजेदेखि शुरु हुदैछ । नामिबियाले यस विश्वकप आफ्नो पहिलो खेल खेल्दैछ भने नेदरल्याण्डसले आफ्नो पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको छ । त्यस्तै आजको दोस्रो खेल समुह डी अन्तर्गत न्यूजील्याण्ड र युएईबीच खेल हुदैछ । यो खेल भारतको चेन्नईमा नेपाली समय अनुसार दिउसो ३: १५ बजेदेखि शुरु हुदैछ । यो युएईको यस विश्वकपको पहिलो खेल खेल्दैछ भने न्यूजील्याण्डले पहिलो खेलमा अफगानिस्तानलाई पराजित गरेर विजयी शुरुवात गरेको थियो । त्यसैगरी आजको…
काठमाडौँ । 'एआई संचालित इन्टरनेटमा स्मार्ट प्रविधि, सुरक्षित विकल्पहरू' भन्ने नाराका साथ आज यस बर्षको सुरक्षित इन्टरनेट दिवस मनाइदैछ । साइबर सुरक्षा सम्बन्धमा चेतना अभिवृद्धि गर्न बालबालिका तथा युवावर्गको लागि काम गर्ने संस्थाहरूबीच सामूहिक शक्ति विकास गर्ने उद्देश्यसाथ यो दिवस मनाइन्छ । विश्वका १७० भन्दा धेरै देशमा दिवस अवसरमा विभिन्न कार्यक्रम आयोजना हुँदैछन् । यस दिवसले प्रविधिको सकारात्मक प्रयोगसम्बन्धी जानकारी दिन तथा अनलाइन सुरक्षाका लागि सरकारी निकायहरू, विद्यालयहरू, अभिभावकहरू, सामाजिक संस्थाहरूका साथै बालबालिका तथा युवाहरूले निर्वाह गर्नुपर्ने भूमिकाबारे जानकारी लिने अवसर उपलब्ध गराउँछ । चाइल्ड सेफ नेटले सन् २०१९ देखि नेपालमा सुरक्षित इन्टरनेट दिवसको समन्वय र प्रवर्धन गर्दै आएको छ…