काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ‘गुनासो व्यवस्थापन केन्द्र’ स्थापना गरेको छ । सेवा प्रवाहमा देखिएका समस्या, ढिलासुस्ती र नागरिक गुनासोलाई व्यवस्थित रूपमा सम्बोधन गर्न मन्त्रालयले ‘गुनासो व्यवस्थापन केन्द्र’ स्थापना गरेको छ । मन्त्रालयले आज सार्वजनिक सूचना प्रकशित गर्दै अब सेवाग्राहीले मन्त्रालयका काम-कारबाही, प्रक्रिया र नतिजासँग सम्बन्धित गुनासा सिधै राख्न सक्ने बताएको छ । गुनासो सहजकर्ताहरु उपसचिव, श्री विवेक घिमिरे, (गुनासो व्यवस्थापन केन्द्र प्रमुख) (सम्पर्कः ९८५११०२०८६ ) शाखा अधिकृत श्री लोक बहादुर लामा (सम्पर्कः ९८५१२७७२११) नायव सुव्वा श्री नवराज पराजुली (सम्पर्कः ९८५१२७७२१०) गुनासोको लागि E-mail: gunaso@mofaga.gov.np गुनासोको लागि WhatsApp/viber : ९८५१२७७२११, ९८५१२८८२१०
संचारकर्मीहरुको छाता संगठन नेपाल पत्रकार महासंघ आज बाट ७१ औँ वर्षमा प्रवेश गरेको छ । महासंघकी अध्यक्ष निर्मला शर्माले प्रेस स्वतन्त्रता र श्रमजीवी पत्रकारको हकहितका लागि काम गरेको बताएकी छन । अध्यक्ष शर्मालृ महासंघले लामो समय देखि नागरिकको अभिव्यक्ति स्वतन्त्रता र श्रमजीवी पत्रकारको हकहितका लागि अविचलित रूपमा काम गर्दै आएको अध्यक्षले बताइन । संचारकर्मीहरुको पेसागत सुरक्षाका लागि अन्तर्राष्ट्रिय संघसंस्थाहरूसँगको समन्वयलाई थप बलियो बनाउने प्रतिबद्धता जाहेर गरेकी छन । अध्यक्ष शर्माले जनताको सही सूचना पाउने अधिकार सुनिश्चित गर्न र समाजले अपेक्षा गरेको भूमिका निर्वाह गर्न सबै पत्रकारहरूलाई अपिल समेत गरेकी छन । महासंघको ७१ औं बर्ष स्थापना दिनेको उपलध्यक्षमा नेपाल पत्रकार…
काठमाडौं । लुम्बिनी प्रदेशसभाकी एमाले सांसद रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उनलाई आइतबार राति पक्राउ गरेको हो । उनका श्रीमान चिन्तामणि शर्माले रेखालाई धुम्बराहीस्थित घरबाटै प्रहरीले पक्राउ गरेको जानकारी दिएका छन् । शर्मामाथि एक बालिकालाई घरमा राखेर बालश्रम गराएको आरोप लागेको छ । बालिकालाई बालश्रममा राखेको पाइएपछि काठमाडौं महानगरपालिकाले उनको घरबाट बालिकाको उद्धार गरेको थियो । शर्माविरुद्धको जाहेरी परेपनि सरकारी वकिल कार्यालयले उनलाई मुद्दा नचलाउने निर्णय गरेको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंमा यो घटनाको २०८१ जाहेरी जेठ ३० गते दर्ता भएको थियो।
कर्णाली । कर्णाली प्रदेशसभाको सातौं अधिवेशन अन्त्य भएको छ । कर्णाली प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख यज्ञराज जोशीले आइतबार राति १२ बजेदेखि अधिवेशन अन्त्य गरेका हुन् । सातौँ अधिवेशनले कर्णाली प्रज्ञा प्रतिष्ठान स्थापना तथा व्यवस्था गर्न विधेयक र केही प्रदेश ऐन संशोधन गर्न बनेको विधेयक पारित गरेको थियो । यस अधिवेशनले कर्णाली प्रदेश खेलकुद विकास ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक सभामा टेबुल र कर्णाली प्रदेशका हिमाली जिल्लामा नियमित हवाई सेवा सञ्चालन गर्ने सम्बन्धमा तयार पारिएको छ बुँदे संकल्पपत्र समेत सभामा प्रस्तुत गरिएको छ । सातौँ अधिवेशनअन्तर्गत पहिलो बैठक गत माघ १८ गतेदेखि यही चैत १५ गतेसम्म गरी दश…
काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बोलाइएको छ । प्रधानमन्त्री बालेन शाहले दिउसो ४ बजे बस्ने गरी मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । सिंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने यो बैठक बालेन नेतृत्वको सरकारको दोस्रो मन्त्रिपरिषद्को बैठक हो ।