खोज्नुहोस

Blog

राष्ट्रपति पौडेल आज जापानको औपचारिक भ्रमणमा जादै

राष्ट्रपति पौडेल आज जापानको औपचारिक भ्रमणमा जादै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल आज जापानको औपचारिक भ्रमणमा जादैछन् । आजदेखि माघ २१ गतेसम्म राष्ट्रपति पौडेलले जापानको औपचारिक भ्रमण गर्ने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं वर्षगाँठका अवसरमा जापान सरकारको निमन्त्रणाअनुसार आज नेपाल एयरलाइन्सको उडानबाट जापान प्रस्थान गर्ने भएका छन् । भ्रमण सम्पन्न गरी राष्ट्रपति पौडेल माघ २१ गते सोही स्वदेश फर्कने कार्यक्रम रहेको छ । मन्त्रालयले राष्ट्रपति पौडेलले माघ २० गते टोकियोस्थित इम्पेरियल प्यालेसमा जापानका सम्राट नारुहितोसँग राजकीय शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको जनाएको छ । त्यस्तै सोही दिन राष्ट्रपति पौडेलसँग जापानका प्रधानमन्त्री सनई…
Read More
मुगुका युवा चुनावी मैदानमा

मुगुका युवा चुनावी मैदानमा

मुगु—जिल्ला स्थित छायानाथ रारा नगरपालिका—३ का ३९ बर्षिय भिमबहादुर तिरुवा अहिले चुनावी मैदानमा उत्रिएका छन आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचमा कांग्रेसले उनलाई समानुपातिक उम्मेदवार बनाएको छ । निर्वाचन आयोगमा बन्दसुचीमा समेत परेपछि तिरुवा भोट माग्न मतदाताको घरदैलो अभियानमा लागेका छन ।नेपाल पत्रकार महासंघ मुगु शाखाका सचिव प्रेस युनियनका उपाध्यक्ष दलित संघका केन्द्रीय सदस्य तथा हाल कांग्रेसका महासमिति सदस्य समेत रहेका तिरुवा पहिलो पटक कांग्रेस बाट प्रतिनिधिसभा सदस्यको समानुपातिक उम्मेदवार बनेर चुनावी मैदानमा होमिएका छन पिछडिएको दलित बर्गको उत्थान, युवा रोजगार, सडक, कृषि, शिक्षा स्वास्थ्य लगायतका चुनावी एजेण्डा बोकेर तिरुवा आम मतदातासामु भोट माग्ने जुटेका छन । खत्याड…
Read More
सरकारले कसैलाई जिताउने र हराउने गर्छ भने त्यस्तो परिणाम स्वीकार्य हुँदैन- ओली

सरकारले कसैलाई जिताउने र हराउने गर्छ भने त्यस्तो परिणाम स्वीकार्य हुँदैन- ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन निष्पक्ष हुनेमा आशंका व्यक्त गरेका छन् । शनिबार ओखलढुंगा–काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारले कुनै दल वा उम्मेदवारको पक्षमा उभिएर भूमिका खेल्न सक्ने अवस्था देखिएको भन्दै त्यस्तो नतिजा स्वीकार्य नहुने चेतावनी दिएका हुन् । उनले भने- 'यदि सरकार यसलाई जिताउने, उसलाई हराउने उद्देश्यले अघि बढ्छ भने त्यस्तो निर्वाचन र त्यसको परिणाम स्वीकार्य हुँदैन । सरकार स्वयं पक्षधर बनेर कसैलाई जिताउने र कसैलाई हराउने गतिविधिमा लागे त्यो भन्दा ठूलो अनिष्ट अरू केही हुँदैन ।' ओलीले निर्वाचन आयोगको स्वीकृति नलिई ठूलो संख्यामा कर्मचारी र सुरक्षाकर्मीको सरुवा गरिएको प्रति पनि…
Read More

विश्व बजारमा सुनचाँदीको मुल्यमा ठुलो गिरावट

काठमाडौँ । विश्व बजारमा सुनचाँदीको मुल्यमा ठुलो गिरावट आएको छ । विश्व बजार सुनको मुल्यमा ८.३५ प्रतिशत घटेको छ भने चाँदीको मुल्यमा २५ प्रतिशतको गिरावट आएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केभिन वार्शलाई अर्को फेडरल रिजर्भ अध्यक्षको रूपमा मनोनित गरेपछि बहुमूल्य धातुहरूमा गिरावट आउन शुरु भएको देखिएको छ ।  वार्शको मनोनयनपछि अमेरिकी डलरमा सुधार ल्यायोर बहुमुल्य धातुको मुल्य घट्न थालेको हो । विश्लेषकहरूले मुद्रास्फीति नियन्त्रण र फेड स्वतन्त्रतामा जोड दिने आफ्नो हठी अडानका कारण वार्श कम ब्याजदरको समर्थनमा कम हुने बताएका छन्, जसले बहुमूल्य धातु व्यापारीहरूमाझ बिक्री बढाएको छ । सुनको मुल्य ८.३५ प्रतिशत घटेपछि सुनको प्रति औंस मुल्य…
Read More

बालेनले लिए ग्राण्डीमा उपचारत सहकर्मी सिटौलाको स्वास्थ्य अवस्था बारे जानकारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहको चुनावी अभियानका क्रममा अछाममा बेहोस भएका सञ्चारकर्मी दिनेश सिटौलाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । अछाममा ढलेपछि हेलिकप्टरमार्फत काठमाडौंको टोखास्थित ग्राण्डी अस्पतालमा उपचारत सिटौलालाई शनिबार बालेनले भेटेका छन् । बालेनले सिटौलाको स्वास्थ्य अवस्थाका कारण चुनावी प्रचारका कार्यक्रम छोट्याएर काठमाडौं फर्किएका छन् । शनिबार दिउँसो बालेन ग्राण्डी अस्पताल पुगेर सिटौलाको परिवारसँग भेट गर्दै स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । सिटौलाको अवस्था बारे जानकारी लिन नपाएको भन्दै परिवारले बालेनसँग गुनासो गरेका थिए । बालेनले परिवारका सदस्यलाई धैर्य गर्न आग्रह गरेको बताइएको छ । अस्पतालले सिटौलालाई ‘हेमोरेजिक स्ट्रोक’ भएको पुष्टि गरेको र…
Read More