खोज्नुहोस

Blog

आहा ! रारा पोखरा गोल्डकप माघ २७ देखि हुदै

पोखरा । आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २५औँ संस्करण आगामी माग २७ देखि फागुन ९ गतेसम्म हुने भएको छ । सहारा क्लब पोखराको आयोजनामा पोखरा रंगशालामा हुने प्रतियोगितामा यस वर्ष नेपालसहित भारत, भुटान र उज्बेकिस्तानका १२ टिमले सहभागिता जनाउने जानकारी दिइएको छ । यस वर्ष पुरस्कार राशी पनि बढाइएको छ । यो संस्करणको विजेताले नगद १४ लाख एक हजार रूपैयाँ र उपविजेताले नगद ७ लाख एक हजार रूपैयाँ प्राप्त गर्नेछन् । आहा रारा गोल्डकप सुरू भएको २५ वर्ष पूरा भएको छ । यस अवसरमा आयोजकले यस वर्ष प्रतियोगिताका खेलहरू अस्थायी फ्लडलाइटमा खेलाउने बताएको छ । यस बर्ष नेपालबाट…
Read More
म खलनायक बनेर इतिहासको पानामा हराउन चाहान्न- प्रचण्ड

म खलनायक बनेर इतिहासको पानामा हराउन चाहान्न- प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफु पुराना नेताहरुको भिडमा नभएको बताएका छन् । आइतबार नयाँ पुस्ता र राष्ट्रका नाममा भिडियो सन्देश जारी गर्दै प्रचण्डले आफु ती पुराना नेताहरूको भीडमा नरहेको बताएका हुन् । प्रचण्डले भनेका छन्- 'धेरैलाई लाग्न सक्छ, म र म जस्ता पुराना नेताहरू एउटै हुन् । तर म आज यो सार्वजनिक मञ्चबाट प्रष्ट भन्न चाहन्छु म ती पुराना नेताहरूको भीडमा छैन । म त्यो सत्ताको भागवण्डाको सम्झौतामा कहिल्यै सहभागी हुन चाहन्नँ, जसले देशलाई बन्धक बनाएर राखेको छ। म फरक छु, र म यो प्रमाणित गरेर छाड्नेछु । मेरो काम र मेरो निष्ठालाई आज होइन, भोलिको…
Read More

सूर्यकुण्ड हाइड्रोको सर्वसाधारणका लागि आजदेखि आइपिओ खुला

काठमाडौँ । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकले आजदेखि सर्वसाधारणका लागि आइपिओ बिक्री खुला भएको छ । कम्पनीले सर्वसाधारणलाई १०० रुपैयाँ अंकित दरका कुल ५ लाख ७२ हजार ४३१ कित्ता शेयर निष्कासन गर्न लागेको हो । कम्पनीले जारी पूँजी ६८ करोड ९६ लाख ७४ हजार ४०० रुपैयाँको २० प्रतिशत अर्थात १३ करोड ७९ लाख ३५ हजार रुपैयाँ बराबरको १३ लाख ७९ हजार ३५० कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । कम्पनीले सामूहिक लगानी कोषका लागि ३४ हजार ४८४ कित्ता र कर्मचारीका लागि १३ हजार ७९३ कित्ता छुट्टाएको छ । यो आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ताका लागि आवेदन…
Read More

स्वस्थानी व्रत आज समापन गरिँदै

काठमाडौँ । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घर घरमा सुरु गरेको एक महिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गर्न लागिएको हो। पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत सुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका देशभरका भक्तजनले आज व्रत समापन गर्न लागेका हुन् ।  त्यसैदिनदेखि सुरु गरिएको स्कन्द पुराण अन्तर्गतको केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रुपमा भन्ने र सुन्ने काम पनि आजैदेखि अन्त्य गरिँदैछ । विधिपूर्वक एक महिने व्रत गरेका वर्तालुले माघ शुक्ल पूर्णिमाका दिन आज १०८ जनै,…
Read More

डिजल र मट्टीतेलको मुल्य बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मुल्य बढाएको छ । निगमले शनिबार राति १२ बजेदेखि लागु हुने गरि डिजल तथा मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँले बढाएको छ । निगमले भारतबाट पेट्रोलमा प्रतिलिटर ०.१२ रुपैयाँ र डिजल तथा मट्टीतेलमा ४.६६ रुपैयाँले बढेर आएको जानकारी दिएको छ । त्यस्तै निगमले हवाई इन्धनको आन्तरिकतर्फ प्रति लिटर १ घटाएको छ भने अन्तर्राष्ट्रियतर्फ काठमाडौँका लागि प्रति किलो लिटरमा ७ अमेरिकी डलर घटेको छ भने पोखरा र भैरहवामा ब्रेक इभन प्वाइन्टमा बिक्री मुल्य कायम राखेको निगमले जनाएको छ । त्यस्तै निगमले ग्याँसमा प्रति सिलिण्डर ४५.४९ रुपैयाँ बढेर आएपनि मुल्य यथावत राखेको निगमले जनाएको छ । मुल्य परिवर्तनपछि…
Read More