बर्दिबास - लोक तथा दोहोरी गायक बेल बहादुर परियारको नयाँ दोहोरी गीत ‘फूल खसिगो, माया बसिगो’ को म्युजिक भिडियो मङ्गलबार बर्दिबासमा आयोजित विमोचन समारोहबीच सार्वजनिक गरिएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, महोत्तरीको आयोजनामा गौतम होटल, बर्दिबासमा सम्पन्न कार्यक्रममा मधेश प्रदेशकी पूर्व राज्य मन्त्री सारदा देवी थापा प्रमुख अतिथि तथा बर्दिबास नगरपालिकाका मेयर प्रह्लाद कुमार क्षेत्री विशिष्ट अतिथिका रूपमा सहभागी थिए । उनीहरूले संयुक्त रूपमा भिडियो विमोचन गरेका हुन् । गीतमा बेल बहादुर परियार र प्रतिमा अर्यालको स्वर, शब्द तथा संगीत परियारकै रहेको छ । एरेञ्ज, मिक्स तथा मास्टरिङ राजिव शाहले गरेका छन् । भिडियोमा सन्जिब ठकुरी…
मुगु —कर्णाली प्रदेशमा मनाइने मौलिक चाडपर्वलाई आउदो २०८३ सालको नेपाली पात्रोमा समावेश गर्ने तयारी गरिएको छ । त्यसको लागि सोमबार नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिसँग छलफल गरिएको छ ।नेपाल सरकारका वन तथा वातावरण एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री माधव प्रसाद चौलागाईँको पहल कदममा समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकाल, कार्यकारी निर्देशक आचार्य लक्ष्मण पन्थी संग छलफल गरिएको छ । उक्त छलफलमा बिशेष गरि कर्णाली क्षेत्रमा प्रचलित मौलिक चाड पर्व रितीरिवाजको पहिचान तथा सांस्कृतिक महत्वलाई नेपाली पात्रोमा समावेश गर्ने बारेमम छलफल भएको मन्त्री माधव चौलागाईले बताउनु भयो । कर्णालीको मौलिक संस्कृति र परम्पराको संरक्षण तथा प्रवद्र्धनका उपाय बारे पनि समिति संग भएको…
हुम्ला - हुम्लाको ताजाँकोट गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लाल प्रसाद ढकालसमेत चार जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाउँपालिका अन्तर्गत स्वास्थ्य शाखाको औषधि खरिदमा अनियमितता गरेको प्रमाणित भएपछि गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लाल प्रसाद ढकाल, स्वास्थ्य शाखा प्रमुख राजेन्द्र स्याङकु, सहलेखापाल विर्षसिंह सुनार र आर्यन फार्माका संचालक कृष्ण कुमार भुजुवाविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको जानकारी दिएको छ । अख्तियारले निमित्त प्रमुख प्रशासकीय अधिकृत ढकाल, स्वास्थ्य शाखा प्रमुख स्याङकु र सहलेखापाल सुनारविरुद्ध एक लाख ९१ हजार ८५० बिगो माग गरेको छ भने आर्यन फार्माका संचालक भुजुवाविरुद्ध एक लाख…
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले बदलिएको काँग्रेसको बारेमा स्पष्ट गर्दै काँग्रेसले युवाहरुसँग साझेदारको रुपमा मिलेर काम गर्न चाहेको बताएका छन् । बुधबार भिडिओ सन्देश जारी गर्दै सभापति थापाले विगतका नराम्रा कुराहरुलाई छोडेर आएको बताउदै विगतका राम्रा कुराहरुलाई लिएर अगाडी बढ्ने बताएका हुन् । उनले भनेका छन्- 'यो बदलिएको नेपाली कांग्रेसले हिजोको कांग्रेसले गरेका कयौँ राम्रा कुराहरूलाई गर्छ। कयौँ कुराहरू जुन हामीले नजानेर होला, कहिलेकाहीँ कतिपय कुराहरू हाम्रो गल्ती नै भएको पनि होला, त्यो कुराहरू यसले छोड्छ । बदलिएको नेपाली कांग्रेसले राष्ट्रको स्वार्थभन्दा माथि पार्टीको स्वार्थलाई कहिले पनि राख्दैन ।' पार्टीको सिद्धान्तसँग केही कुरा पनि सम्झौता नगर्ने बताउदै सत्ताको…
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल स्वदेश फर्किएका छन् । आइतबारदेखि जापानको औपचारिक भ्रमणमा रहेका राष्ट्रपति पौडेल बुधबार स्वदेश फर्किएका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री सुशिला कार्कीसहित विशिष्ट व्यक्तिहरुले स्वागत गरेका थिए । जापान भ्रमणको क्रममा राष्ट्रपति पौडेलले मंगलबार जापानी प्रधानमन्त्री तकाइची सनाय र सम्राट नारुहितोलगायतसँग राजकीय शिष्टाचार भेट गरेका थिए । त्यस्तै उनले नेपाल जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षका अवसरमा आयोजना भएको कार्यक्रमलाई विशेष सम्बोधन समेत गरेका थिए । साथै, पौडेलले जापानस्थित नेपाली राजदूतावासको अवलोकन पनि गरेका थिए । भ्रमणमा राष्ट्रपति पौडेलका साथ उनकी धर्मपत्नी श्रीमती सविता पौडेल तथा उच्चस्तरीय सरकारी अधिकारीहरू रहका थिए ।…