काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्कीले इद्–उल–फित्रको अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण मुस्लिम समुदायलाई शुभकामना व्यक्त गरेकी छन् । प्रधानमन्त्री कार्कीले रमजान महिनाभर गरिएको रोजाले सहनशीलता, सहिष्णुता, त्याग र मानवताप्रतिको समर्पणको सन्देश दिने बताएकी छन् । उनका अनुसार यो महिना सत्कर्म र संयमको प्रतीकका रूपमा समेत लिइने भन्दै यस्ता मूल्यले समाजमा मानवता, सहअस्तित्व र समृद्धिको भावना बलियो बनाउने उल्लेख गरेकी छन् । इद्–उल–फित्रले आपसी सद्भाव, भाइचारा र एकतालाई अझ मजबुत बनाउने विश्वास पनि व्यक्त गरेकीछन् । प्रधानमन्त्री कार्कीले यस पर्वले नेपालीहरूबीच सम्मान, सहकार्य र सद्भाव बढाउँदै देशको समृद्धि र स्थायित्वमा टेवा पुर्याओस् भन्ने कामना गरेकी छन् ।
काठमाडौँ । म्याग्दीबाट निर्वाचित सांसद महावीर पुनले शिक्षा क्षेत्रमा सुधार गर्न ठोस कदम चल्नुपर्ने बताएका छन् । सांसद पुनले विश्वविद्यालय, विद्यालय तथा स्वास्थ्य प्रतिष्ठानहरूमा भइरहेको राजनैतिक भागबण्डा र हस्तक्षेप अन्त्य गर्नुपर्ने बताउदै शुद्ध शैक्षिक वातावरण निर्माणका लागि विश्वविद्यालय ऐन र शिक्षा ऐनमा पूर्ण संशोधन आवश्यक रहेको उल्लेख गरेका छन् । त्यसैगरी, उनले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम केन्द्रलाई पुनःसंरचना गरी सैद्धान्तिकभन्दा सीपमूलक शिक्षामा जोड दिनुपर्ने धारणा राखेका छन् । उनले भनेका छन्- 'मैले गर्न खोजेको र अब सरकारले नगरी नहुने कुराहरू- १) विश्वविद्यालयहरू, विद्यालयहरू तथा स्वास्थ्य प्रतिष्ठानहरूमा राजनैतिक भागवण्डा र राजनितिकरणको अन्त्य गरी बिशुद्ध शैक्षिक वातावरणको सृजना गर्ने। त्यसको लागि…
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्ने बताएका छन् । इद उल फित्रको अवसरमा सामाजिक सञ्जालमा लेख्दै बालेनले धर्म, संस्कृति र विविधताको सम्मान गर्दै सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्ने बताएका हुन् । उनले लेखेका छन्, ‘धर्म, संस्कृति र विविधताको सम्मान गर्दै सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ ।’ उनले एक-अर्काप्रति सम्मान, समझदारी र एकताले समाजलाई अझ सुदृढ बनाउनेछ भन्ने कामना गर्दै, ईदको यस पावन अवसरले भाइचारा, प्रेम र मेलमिलापको भावना अझ प्रगाढ बन्ने कामना गरेका छन् ।
काठमाडौँ । प्रत्येक वर्ष २१ मार्चका दिन विश्व कविता दिवस आज विभिन्न कार्यक्रम गरि मनाइदैछ । यस बर्षको विश्व कविता दिवस 'शान्ति र समावेशीकरणको लागि पुलको रूपमा कविता' भन्ने रहेको छ । यसले विविध संस्कृतिहरूलाई जोड्ने, समझदारीलाई बढावा दिने र एकतालाई प्रवर्द्धन गर्ने कविताको शक्तिलाई प्रकाश पार्छ, जसले कवितालाई संवाद र सामाजिक सद्भावको लागि एक महत्त्वपूर्ण उपकरणको रूपमा सुदृढ बनाउछ । विश्वभरीका कविहरुको सिर्जनात्मकताको सम्मानमा मनाइने यो दिवसलाई संयुक्त राष्ट्रसङ्घको शैक्षिक तथा सांस्कृतिक सङ्गठन यूनेस्कोले सन् १९९९ मा विश्व कविता दिवस मनाउने घोषणा गरेको थियो । नेपालमा यो दिवस सन् २००२ देखि कविता दिवस मनाउन थालिएको हो । आजको दिनमा…
काठमाडौँ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण प्राधिकरणले आज र भोली देशका विभिन्न क्षेत्रमा भारी वर्षा, हिमपात र तीव्र हावाहुरीको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । प्राधिकरणका अनुसार जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार चैत ६ गते कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा केही स्थानमा भारी वर्षा र हिमपात हुन सक्नेछ । त्यसैगरी शुक्रबारदेखि दाङ, नेपालगञ्ज आसपासका लुम्बिनी प्रदेशका तराई क्षेत्रमा तथा शनिबार पूर्वी क्षेत्रका विराटनगर, धरान र धनकुटा आसपासका जिल्लामा करिब ११९ किलोमिटर प्रतिघण्टा वेगको तीव्र हावाहुरी चल्ने सम्भावना रहेको छ । त्यस्तै प्राधिकरणले काम नपरी यात्रामा ननिस्कनु हुन, हावाहुरी चलेका बेला घरको झ्यालढोका राम्रोसँग बन्द…