काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै तीन दिन सार्वजनिक बिदा दिन सरकारसमक्ष सिफारिस गरेको छ। आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार मतदाताको उत्साहजनक सहभागिता सुनिश्चित गर्ने उद्देश्यले फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा घोषणा गर्न नेपाल सरकारलाई सिफारिस गरिएको हो । आयोगले निर्वाचन प्रक्रियामा सहजता र मतदाताको सहभागिता बढाउन बिदा आवश्यक ठानेको जनाएको छ । सार्वजनिक बिदा दिने वा नदिने अन्तिम निर्णय भने मन्त्रिपरिषद् बैठकबाट हुने जनाइएको छ ।
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि फागुन १८ गते राति १२ बजेसम्म चुनावी प्रचार प्रसारको समय निर्धारण गरेको छ । यसै सन्दर्भमा आयोगले राजनीतिक दलहरु र उम्मेदवारहरुलाई ६४ बुँदे निर्देशन जारी गरेको छ । आयोगले फागुन २१ गते हुने निर्वाचनका लागि फागुन ३ गते राति १२ बजेदेखि राजनीतिक दल र उम्मेदवारहरूले प्रचार प्रसार सुरु गर्न पाउनेछन् । निर्वाचन आचारसंहिता २०८२ मा दल, उम्मेदवार, भ्रातृ संगठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला लगायतका गतिविधि गर्दा पालना गर्नुपर्ने आचरण स्पष्ट उल्लेख गरिएको छ । आयोगको निर्देशनका बुँदा: १- निर्वाचनको सिलसिलामा कुनै पनि व्यक्तिलाई निर्वाचनमा उम्मेदवारी दिन वा…
काठमाडौँ । होटल फरेस्ट इन लिमिटेडको आईपीओको बाँडफाँड आज हुने भएको छ । कम्पनीको शेयर निष्काशक तथा बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटलका अनुसार होटल फरेस्ट इनको आइपिओ आज बिहान साँढे ९ बजे हुने भएको हो । माघ २२ गतेदेखि २६ गतेसम्म खुलेको यस आइपिओमा सय रुपैयाँ अंकित मूल्यका ३३ लाख २० हजार कित्ता शेयरको लागि आवेदन माग गरिएकोमा २५ लाख ४५ हजार ३० आवेदनकर्ताबाट २ करोड ८६ लाख ९३ हजार २६० कित्ता शेयरको लागि आवेदन परेको छ । धितोपत्र बोर्डको हरेक लगानीकर्ताले १० कित्ता शेयर पाउने नीति अनुसार ३ लाख ३२ हजार लगानीकर्ताले शेयर पाउने छन् भने २२ लाख १३…
जुम्ला। निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि फागुन १८ गते राति १२ बजेसम्म चुनावी प्रचार प्रसारको समय निर्धारण गरेको छ । आयोगले सरोकारवाला सबै पक्षलाई निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न निर्देशन दिएको छ । आयोगका अनुसार फागुन २१ गते हुने निर्वाचनका लागि फागुन ३ गते राति १२ बजेदेखि राजनीतिक दल र उम्मेदवारहरूले प्रचार प्रसार सुरु गर्न पाउनेछन् । निर्वाचन आचारसंहिता २०८२ मा दल, उम्मेदवार, भ्रातृ संगठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला लगायतका गतिविधि गर्दा पालना गर्नुपर्ने आचरण स्पष्ट उल्लेख गरिएको छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले तोकिएको समयावधि फागुन ४ देखि १८ गते राति…
जुम्ला । आज भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस । यो दिनमा प्रेमजोडीले उपहार आदान प्रदान गर्दै माया साटासाट गर्छन् । आफूलाई मन परेको व्यक्तिसामु प्रेम प्रस्ताव राख्ने दिनको रुपमा पनि युवायुवतीले भ्यालेन्टाइन डेलाई उपयोग गर्छन् । विश्वभर फेब्रुअरी १४ तारिखका दिन भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस मनाइने गरिन्छ । नेपालमा पनि केही वर्षयता प्रेम दिवसलाई युवा युवतीले विशेष चाडकै रूपमा मनाउन थालेका छन् । यो दिवसले सहरी समाजमा त नयाँ संस्कृतिकै रूप लिएको छ । यो दिन प्रेमिप्रेमिकाले एक अर्कालाई उपहार दिएर माया दर्साउने र प्रेम प्रस्ताव राख्ने गर्छन् । 'विल यु बी माई भ्यालेन्टाइन’ आज अर्थात् १४ फेब्रुअरी सबै…