खोज्नुहोस

Blog

संसद पुनर्स्थापनासम्बन्धी रिट छिटो अगाडि बढाउन काँग्रेसका पूर्व संसदहरुले प्रधानन्यायाधीशको ध्यानाकर्षण गराउदै

काठमाडौँ । नेपाली कांग्रेसका पूर्व सांसदहरूले सर्वोच्च अदालतमा परेको प्रतिनिधिसभा पुनर्स्थापनासम्बन्धी रिट छिटो अगाडि बढाउन प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको ध्यानाकर्षण गराउने भएका छन् । विघटित प्रतिनिधिसभामा कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे नेतृत्वको पूर्व सांसदहरूको टोलीले आज प्रधानन्यायाधीश राउतसँग समय लिएको बताइएको छ । उनीहरूले रिट छिटो सुनुवाइका लागि ध्यानाकर्षण गराउने जानकारी दिएका छन्। घिमिरेको नेतृत्वमा काँग्रेसका पुर्व सांसदहरुले संसद् पुनर्स्थापनाका रिट निवेदन दिएका थिए । पूर्व सांसदहरूको टोलीले सर्वोच्चमा एमालेका सांसदलाई पनि सूचना दिएको छ ।  
Read More

चर्चित निर्वाचन क्षेत्र: काठमाडौँ- ५ को चुनावी गणित, प्रदिपका चुनौती कमल, ईश्वरदेखि सस्मितसम्म

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सबै भन्दा बढी चर्चामा रहेको क्षेत्र मध्ये एक काठमाडौँको क्षेत्र नम्बर ५ पनि रहेको छ ।  यस क्षेत्रबाट नेपाली काँग्रेसका महामन्त्री प्रदिप पौडेल, नेकपा एमालेका नेता ईश्वर पोखरेललगायतको उम्मेदवारीका कारण चर्चामा रहेको छ । काठमाडौँ क्षेत्र न्मब्र ५ संसदीय क्षेत्रमा काठमाडौँ महानगरपालिकाका वडा नम्बर २, ३, ४ र ५ रहेका छन् भने बूढानीलकण्ठ नगरपालिकाका वडा नम्बर ३, ४, ५, ६ र ७ रहेका छन् । त्यस्तै टोखा नगरपालिकाको २, ३, ४, ५, ६ र ७ नम्बर वडा रहेका छन् । काठमाडौँ- ५ बाट यस निर्वाचनमा मतदान गर्न सक्ने कुल मतदाताको संख्या ७८…
Read More
काँग्रेस नेता सुनिल शर्माविरुद्ध आयोगमा उजुरी, पैसा बाँडेको आरोप

काँग्रेस नेता सुनिल शर्माविरुद्ध आयोगमा उजुरी, पैसा बाँडेको आरोप

विराटनगर । नेपाली काँग्रेसबाट मोरङ-३ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका सुनिलकुमार शर्माविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । शर्माले चुनावी प्रचारका क्रममा मतदाता प्रभावित पार्ने उद्देश्यले पैसा बाँडेको आरोप लगाउँदै उजुरी दर्ता गरिएको हो । मोरङ-३ बाट राष्ट्रिय ऊर्जाशील पार्टीका उम्मेदवार भुवनकुमार वाग्लेले शर्माले ‘यमबुद्ध फाउन्डेसन’लाई १० लाख दिएको आरोप लगाउँदै निर्वाचन आयोगमा उजुरी दिएका हुन् । उजुरीमा उक्त रकम निर्वाचन आचारसंहिताविपरीत भएको दाबी गर्दै आवश्यक कारबाहीको माग गरिएको छ । आयोगले उजुरीमाथि छानबिन भइरहेको र रकम दिएको प्रमाण फेला परेमा कानुनी प्रक्रिया अगाडी बढाउने बताएको छ ।
Read More
‘मगमग बसना’ मार्फत पुनः दर्शकमाझ सरगम राई

‘मगमग बसना’ मार्फत पुनः दर्शकमाझ सरगम राई

काठमाडौं । लोकप्रिय गायक सरगम राईको नयाँ सांगीतिक कृति ‘मगमग बसना’ सार्वजनिक भएको छ। सरगम राईकै स्वर, शब्द र संगीतमा तयार भएको यो गीत आरजिटी फिल्मसको आधिकारिक युट्युब च्यानलमार्फत दर्शक–श्रोतामाझ ल्याइएको हो। उत्साह, उमंग, प्रेम र सकारात्मक भावनालाई केन्द्रमा राखेर निर्माण गरिएको ‘मगमग बसना’ ले दर्शक तथा श्रोताबाट राम्रो प्रतिक्रिया पाउने विश्वास निर्माण पक्षले लिएको छ। गीतको एरेन्जमेन्ट बादल लिम्बुले गरेका हुन्। यसअघि सरगम राईका ‘खुशी साटौँ जुनी काटौँ’, ‘माया गाढा छ’, ‘पाती चढाउँला’, ‘दुई मुटु’ लगायतका गीतहरू दर्शक–श्रोतामाझ निकै लोकप्रिय भइसकेका छन्। गीतको म्युजिक भिडियोको छायांकन दिनेश पराजुलीले गरेका छन् भने सम्पादन विकास दाहालले गरेका हुन्। भिडियोको कथा तथा…
Read More

फेक रेस्क्यु गर्ने ६ जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले फेक रेस्क्यु प्रकरणमा संलग्न ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जयराम रिमाल, विवेक पाण्डे, रविन्द्र अधिकारी, विवेकराज थपलिया, मुक्ति पाण्डे र सुभाष केसी छन् । पक्राउ परेका जयराम र विवेक माउन्टेन रेस्क्यु सर्भिसका, नेपाल चार्टर सर्भिस प्रालिका रविन्द्र अधिकारी र विवेकराज थपलिया, एभरेस्ट एक्सपिरियन्स एण्ड एसिस्टेन्स प्रालिका मुक्ति पाण्डे र सुभाष केसी रहेका छन् । उनीहरूमाथि राष्ट्रहित कसुर, आपराधिक लाभको कसुर, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धान भइरहेको सीआईबीले जानकारी दिएको छ ।  सीआईबीले माउन्टेन रेस्क्यु सर्भिस प्रालिले १ हजार २४८ जनामध्ये १७१ जनाको फेक रेस्क्यु गरेको अनुसन्धानबाट खुलेको जानकारी…
Read More