सुर्खेत । राष्ट्रिय सभा निर्वाचनमा कर्णाली प्रदेशबाट कांग्रेसका ललितजंग शाही र एमालेकी मिनासिंह रखाल विजयी भएकी छन् । कर्णालीमा राष्ट्रिय सभाका दुई पदमा भएको निर्वाचनमा अन्य कलस्टरबाट उम्मेदवार बनेका कांग्रेस प्रदेश सभापति शाहीले ३ हजार २७८ मतभार प्राप्त गर्दै विजयी भएका हुन् । त्यस्तै महिलातर्फ एमालेकी केन्द्रीय सदस्य रखालले ३ हजार १४५ मतभार प्राप्त गर्दै विजयी भएकी हुन् । त्यस्तै नेकपाका दुवै उम्मेदवार पराजित भएका छन् । नेकपाले रुकुम पश्चिमका पुराना नेता बुद्धिप्रसाद शर्मा र डोल्पाकी अन्जु महतरालाई उम्मेदवार बताएका थियो । आइतबार भएको मतदानमा कुल १९८ मतदाता मध्ये १९१ मत खसेको थियो । राष्ट्रिय सभाको निर्वाचनमा एमाले, नेपाली काँग्रेस…
जुम्ला - आज सम्पन्न राष्ट्रिय सभा निर्वाचनको सातै प्रदेसको परिणाम समेत आएको छ । नेपाली काँग्रेस, नेकपा एमाले र जसपाले तालमेल गरेर भाग लिएको यस निर्वाचनमा उनीहरुका मात्र उम्मेदवार विजयी भएका छन् । यस निर्वाचन राप्रपाले बहिष्कार गरेको थियो । राष्ट्रिय सभाका रिक्त १० मध्ये एक राष्ट्रपतिबाट मनोनित थिए भने १८ सदस्यका लागि निर्वाचन भएको हो । जसमा एक जना निर्बिरोध निर्वाचित भएका थिए भने १७ जनाको आज मतदानपछि परिणाम समेत आइसकेको छ । तीन दलको भागबण्डामा काँग्रेसले ९, एमालेले ८ र लोसपा (जसपा नेपाल) ले एक स्थानमा उम्मेदवारी दिएको थियो । जस अनुसार कोशी प्रदेशबाट नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध…
जुम्ला - आज अन्तर्राष्ट्रिय भन्सार दिवस विविध कार्यक्रम गरी विश्वभर मनाइँदैछ । विश्व भन्सार संगठनले हरेक वर्षको जनवरी २६ तारिखमा अन्तर्राष्ट्रिय भन्सार दिवस मनाउने घोषणा गरेसंगै नेपालमा पनि यो दिवस मनाउन थालिएको हो । यस बर्ष 'सतर्कता र प्रतिबद्धता मार्फत समाजको भन्सार संरक्षण' नाराका साथ ७४औं अन्तर्राष्ट्रिय भन्सार दिवस मनाइदैछ । अवैध रुपमा सामान आयात गर्दा मुलुकको अर्थतन्त्रमा मात्र नभई सुशासन, विकास तथा मानव सुरक्षामा समेत विश्वव्यापी रुपमा खतरा बढेको भन्दै संगठनले सुरक्षित व्यवसायिक वातावरण निर्माण गर्न आवश्यक ठानेर नै यो दिवस मनाउन थालेको हो । भन्सार प्रशासन कार्यलाई राजस्व संकलनमा मात्र सिमित नराखी मुलुकको समग्र आर्थिक विकासका लागि सहज…
जुम्ला - राष्ट्रिय सभा सदस्यको निर्वाचन आज हुदैछ । निर्वाचन आयोगका अनुसार आज बिहान ९ बजेदेखि मतदान सुरु हुने जानकारी दिएको छ । राष्ट्रिय सभाका १९ जना सदस्यको कार्यकाल आगामी फागुन २० मा सकिँदैछ । जसमध्ये कोशी प्रदेशबाट नेपाली कांग्रेसका उम्मेदवार सुनिलबहादुर थापा राष्ट्रियसभा सदस्य निर्विरोध निर्वाचित भएको घोषणा गरिएको छ । नेकपाका उम्मेदवार हेमराज घिमिरे उम्मेदवारी दर्ता गर्न समयमै नआएपछि थापा निर्विरोध भएका थिए । यता एक जना राष्ट्रपतिबाट मनोनित हुनेछन् । बाँकी १७ सदस्यका लागि आज निर्वाचन हुँदैछ । आयोगका अनुसार सात वटै प्रदेशमा मतदान केन्द्रमा आज बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । राष्ट्रिय सभा…
जुम्ला। देशभर आज ७३ औँ विश्व कुष्ठरोग दिवस मनाइँदै छ । 'कुष्ठरोगको छ ओखती, सामाजिक लान्छना र विभेद मुख्य चुनौती' भन्ने नाराका साथ आज सो दिवस मनाउन लागिएको हो । कुष्ठरोग आँखाले देख्न नसकिने माइक्रोव्याक्टेरियम लेप्रे नामको सूक्ष्म कीटाणुबाट लाग्ने एक प्रकारको ज्यादै कम सर्ने रोग हो । यो रोगको उपचार नगरेको कुष्ठरोग बिरामीसँग लामो समयसम्म सम्पर्कमा आउने व्यक्तिलाई मुख्यतः श्वासप्रश्वासको मध्यमबाट सर्ने गर्दछ । रोग लागेको सुरुको अवस्थामा रोगको उपचार गरे अरूलाई नसर्नुका साथै पूर्णरुपमा निको हुन्छ । नेपालमा पछिल्लो समय वार्षिकरुपमा औसतमा २२ सय जनामा यो रोग फेला पर्छ । कुष्ठरोग मानव जातीमा हजारौँ वर्ष पहिलेदेखि देखापरेको संक्रमण…