प्रदेश सभा सदस्य देवेन्द्र शाहीले आफ्नाे निर्वाचन खर्च सार्वजनिक गरेका छन् । उनले २०७९ मंसिर ४ गते भएकाे प्रदेश सभा सदस्य निर्वाचनमा आफुले विभिन्न शिर्षकमा गरि १० लाख २८ हजार खर्च गरेकाे विवरण सार्वजनिक गरेका हुन् । निर्वाचन खर्चमा उनले मतदाता नामावली खरिद देखि प्रचनर प्रसार सामाग्री, सवारि साधन भाडा, ईन्धन खर्च, गाेष्ठी अन्तरक्रिया र कार्यालय संचालन सम्मकाे खर्च सार्वजनिक गरेका हुन् । उनले निर्वाचन आयाेगमा बुझाएकाे खर्च विवरण सामाजिक संजाल फेसवुक मार्फत सार्वजनिक गरेका हुन् । उनि स्वतन्त्रबाट कर्णाली प्रदेश सभा सदस्यमा विजयी भएका थिए । ढ
रारा राष्ट्रिय निकुञ्ज स्थापना भएको करिब ४७ वर्षपछि भौतिक संरचना तालभन्दा बाहिर सार्न थालिएको छ । २०३२ सालदेखि रारा ताल परिसरमा निर्माण गरिएका संरचना माथिल्लो मिलिचौर सार्न थालिएको हो । यो वर्ष झन्डै ५९ लाख रुपैयाँ बजेटमा मिलिचौरमा निकुञ्जको कार्यालय सुरु गरिएको छ । निकुञ्ज विभागको परिपत्रअनुसार निकुञ्ज कार्यालयसहित नेपाली सेनाको ब्यारेक, होटललगायत संरचना ५ वर्षभित्र बाहिर सारिसक्ने निकुञ्जका संरक्षण अधिकृत विश्वबाबु श्रेष्ठले बताए । ‘रारा तालको प्राकृतिक सुन्दरता बचाउन र पर्यटक आगमनमा वृद्धि गर्न यो कार्यक्रम ल्याइएको हो,’ उनले भने, ‘अब ताल नजिकै कुनै पनि निकायले भौतिक संरचना निर्माण गर्न पाउने छैन ।’
काठमाडौं । कांग्रेस नेतृत्वको सत्ता गठबन्धन टुटाएर एमालेसहित ७ दलको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेपछि नेकपा एस संकटमा परेका छ । सरकारमा सहभागी हुने या नहुने भन्ने विषयमा नेताहरु दुई धारमा बाँडिएका छन् । तर, प्रचण्डको प्रस्तावपछि अध्यक्ष माधव नेपाल आन्तरिक छलफलमा जुटेका छन् । पार्टीभित्रबाट संस्थागत निर्णय गराएर उनी सरकारमा जाने वा नजाने निर्णय गराउन खोजेका छन् । प्रचण्डसँगको छलफलपछि अध्यक्ष नेपालले पार्टीमा छलफल गरेर मात्रै निर्णय लिने बताएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले बताए । प्रधानमन्त्री र अध्यक्ष नेपालबीचको भेटवार्ताबारे उनले भने, ‘उहाँलाई सरकारलाई समर्थन दिन आग्रह गर्नुभएको छ । उहाँहरुले सल्लाह गर्छौँ भन्नुभएको छ । उहाँले सरकारात्मक रूपमा लिनुभएकाले…
“”प्रवासी भूमिमा बाग्लुङेहरुको एकता,सामाजिक कार्यमा सबैको सहभागिता ,आपतकालिन अवस्थामा बाग्लुङ समाजको आवश्यकता” भन्ने मुलनारा लिएर २००१ मा कोरियामा रहेका बाग्लुङेली बासि हरु मिलेर स्थापना भएको बाग्लुङ समाज दक्षिण कोरियाको २०१९ मा स्थापित थेगु शाखाको दोस्रो अधिबेशन सम्पन्न भएको छ । बाग्लुङ समाज दक्षिण कोरिया(थेगु शाखा) को दोश्रो अधिबेसन प्रत्यक्ष उपस्थित थेगु शहरमा गरेर सम्पन्न भएको छ। अधिवेशनबाट सर्वसम्मत रुपमा ज्ञानू श्रीस मगरलाइ अध्यक्ष र सचिबमा हिमशिखर भण्डारी चयन गरेको छ ।बाग्लुङ समाज दक्षिण कोरिया (थेगु शाखाको) अध्यक्ष ज्ञानु श्रीस मगरको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा अन्तरास्ट्रिय बाग्लुङ समाजका महासचिव प्रेमसागर पौडेल प्रमुख अतिथि तथा बागलुङ समाज दक्षिण कोरियाका वरिष्ठ उपाध्यक्ष भुमिराज…
निर्वाचन आयोगले आज चुनावी प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गर्ने भएको छ । गएको ४ गते भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनावको अन्तिम प्रतिवेदन बिहान १० बजे राष्ट्रपति भण्डारी समक्ष पेस गर्ने तयारी रहेको निर्वाचन आयोगले जनाएको छ । मतदान सम्पन्न भएको २५ दिनपछि आयोगले आज राष्ट्रपतिसमक्ष प्रतिवेदन पेस गर्न लागेको हो । चुनाव–२०७९ को अन्तिम परिणाम सहितको प्रतिवेदन पेस हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । नतिजाको पूर्णविवरण सहित परिणाम घोषणा भएको ७ दिनभित्र राष्ट्रपतिसमक्ष प्रतिवेदन पेस गर्नुपर्ने प्रावधान छ । प्रदेशको हकमा आयोगका पदाधिकारीले प्रदेश प्रमुखसमक्ष आउँदो पुस २ गते प्रदेश सभा सदस्य चुनावको…
