नेत्र ज्योति संघ कर्णाली प्रदेश सदस्यमा जुम्लाका दिपेन्द्र निर्विरोध नेपाल नेत्र ज्योति संघ कर्णाली प्रदेशेको दोस्रो अधिवेशनमा जुम्लाका दिपेन्द्र विक्रम हमाल निर्विरोध निर्वाचित भएका छन् । नेत्र ज्योति संघ जुम्ला शाखाका सचिव हमाल प्रदेश सदस्यमा निर्वाचित भएका हुन् । दोस्रो प्रदेश अधिवेशनमा सभापतिमा तिलक मल्लको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति चयन भएको छ ।
सोरु गाउँपालिका–९ खनाया स्वास्थ्य केन्द्रमा कार्यरत अनमी तुलसाकुमारी विश्वकर्मामाथि जातीय विभेद भएको छ । जातको कारण देखाउँदै उनलाई घरभेटीले डेरा छोड्न बाध्य बनाएका छन् । दाङ तुल्सीपुरकी उनी गत वर्ष माघ २४ गते खनाया स्वास्थ्य केन्द्रमा हाजिर भई उक्त स्वास्थ्य केन्द्रका इर्न्चाज सुरजकुमार शाहीको घरमा डेरा लिएर बस्दै आएकी थिइन् । डेरा लिएर बसेको करिब ९ महिनापछि दलित भएकोले भन्दै डेरा सार्ने दबाब दिएको विश्वकर्माले बताइन् । 'पहिले जात थाहा भएन तिमी यहाँ बस्यौ दलित रहेछौं अब कोठा छोडेर अन्यत्र जाउ' सुरजकी आमाले भनेको उल्लेख गर्दै विश्वकर्माले भनिन्,'पानी नचल्ने जात रहेछौं पहिले थाहा भएन अब कोठा छोड ।' घरमा बसाए अरु गाउँले आउँदैनन् समेत…
जुम्लामा सात वटा घरसहित शृङ्खलाबद्ध आगजनीका घटना गर्ने व्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ । यही साउन ५ र ६ गते तथा विभिन्न समयमा सात वटा घर, ट्र्याक्टर र अटो रिक्सामा आगजनी गर्ने जुम्लाकाे गुठीचौर गाउँपालिका–४ उखाडी घर भई चन्दननाथ नगरपालिका–२ भण्डारीवाडा बस्ने रत्नबहादुर अधिकारीलाई प्रहरीले आज मङ्गलवार सार्वजनिक गरेको हो । नचिनेका व्यक्तिका समूहबाट जलेका भनिएका सात वटा घर रत्नबहादुर अधिकारीले जलाएको पुष्टि भएको छ । एकै समयमा जलेको ट्र्याक्टर, अटो रिक्सामा समेत उनले आगजनी गरेको खुलेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रह्लाद कार्कीले जानकारी दिनुभयो । अधिकारीले साउन २ गते चन्दननाथका साउनेखर कामीको गाईभैँसी पाल्ने…
रारा राजमार्ग अन्र्तगतको त्रिवेणी–टोप्ला सडक खण्ड स्तरउन्नति हुने भएको छ । त्रिवेणी–टोप्ला सडक खण्ड स्तरउन्नतिका लागि सडक डिभिजन जुम्लाले बोलपत्र आव्हान गरेको छ । (लुम्बिनी रारा पर्यटकीय द्रुत मार्ग अन्र्तगतको) त्रिवेणी–टोप्ला सडक खण्डमा ग्रावेल तथा सडक चौडा बनाउन बोलपत्र आव्हान गरिएको सडक डिभिजन जुम्लाका प्रमुख दिपेन्द्र विष्टले जानकारी दिएका छन् । यस्तै रारा राजमार्ग अन्र्तगत २÷२ कल्भर्ट र कज्वे निर्माणका लागि समेत बोलपत्र आव्हान गरिएको उनले बताए । ‘वर्षाको समयमा प्रतिकुम मौसमले सडक निर्माण, स्तरउन्नतिका काम ठप्प हुन्छन्, यो समयलाई मितव्ययी ढंगले उपयोग गर्दै बोलपत्र आव्हान गर्ने विभागको नीति हुन्छ, हामीले साउनको पहिलो हप्तामै बोलपत्र आव्हान गर्न सफल भएका छौं…
स्थायी हुनुपर्ने मागसहित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक र अध्यापकहरूले प्रतिष्ठानका पदाधिकारीहरूको कार्यकक्षमा ताला लगाएका छन्। करार प्राध्यापक, अध्यापकहरूलाई स्थायी गर्नुपर्ने माग राख्दै पदाधिकारीहरूको कार्यकक्षमा ताला लगाएर रिले अनसन सुरु गरेको अध्यापक तथा प्रध्यापक संघर्ष समितिका संयोजक सह-प्राध्यापक डाक्टर राम जीवन प्रसादले बताए। देशकाे सान बनेकाे प्रतिष्ठानमा कार्यरत प्राध्यापक, अध्यापकहरु जसकाे कारण देशकाे उत्कृष्ट नतिजा आइरहेकाे छ, उनले भने ‘दु:ख कुरा गर्विलाे नतिजा दिने प्राध्यापकहरु र अध्यापकहरु नै लामाे समय करारमा बस्नु परेकाे छ। प्रतिष्ठानलाई अझ अगाडि बढाउन काम गर्नेलाई स्थायित्व दिन जरुरी छ।’ पदाधिकारीको कार्यकक्षबाट हुने सबै काम ठप्प छन्। गत जेठ १४ गतेदेखि करार अध्यापक र प्रध्यापकहरूलाई…