जुम्लाको त्रिवेणी टोप्ला सडक खण्डमा पहिरो खस्दा अवरुद् भएको छ। तातोपानी गाउँपालिका ७ सुर्किको गुठिचौर नजिक पहिरो खस्दा सडक अवरुद्घ भएको हो । यहि फागुन ८ गते राति खसेको पहिरो नपन्छाउदा सवारी आवातजावत पुर्णरुपमा बन्द भएको छ। यो सडकले जुम्ला, कुडारी त्रिवेणी ताम्ती टोप्ला, इमिल्चा जोड्छ। एक सातासम्म पनि अवरुद्ध सडक नखुलेपछि सवारी आगमन सहित दर्जनौं गाउँका सर्वसाधारणलाई आवतजावतमा समेत अप्ठ्यारो भएको छ ।
सरकारले जाजरकोट भूकम्पबाट धेरै क्षति ब्यहोरेका स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले १७ कात्तिकको भूकम्पबाट क्षतिग्रस्त जाजरकोट र रुकुम पश्चिमका पालिकाहरुलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
नेपाल रेडक्रस सोसाइटी जुम्ला जिल्ला शाखाको शाखा संगठनात्मक क्षमता विश्लेषण तथा आवधिक योजना निर्माण कार्यशाला जुम्लामा सुरू भएको छ । शाखाका का।वा।सभापती जगदिश चौलागाईको संयोजकत्वमा आईतवारबाट शुरु भएको हो। स्वीस रेडक्रसको आर्थिक सहयोग चन्दननाथ नगरपालिका र नेरेसो जुम्लाको साझेदारीमा संचालित सहरी पूर्व तयारी तथा प्रतिकार्य कार्यक्रम अन्तर्गत जुम्ला जिल्ला शाखाको सेवा प्रवाहमा दिगोपन र संस्थाको क्षमता अभिबृद्धिमा सहयोग गर्न जिल्ला शाखाका पदाधिकारीहरुका लागि ३ दिन सम्मका लागि कार्यक्रम संचालन भएको मन्त्री इन्द्र राज डाँगीले बताउनु भयो। उक्त कार्यक्रमको नेपाल रेडक्रस सोसाइटी प्रदेश कार्यालयका कार्यक्रम संयोजक रेशम खड्का र नेरेसो बाँके जिल्ला शाखाकी वरिष्ठ कार्यक्रम अधिकृत निरन्जना मल्लले कार्यक्रमको सहजिकरण गर्नु…
जुम्ला । सुरक्षाकाे हिसाबले अति जाेखिम मानिने जुम्लाकाे गुठीचाैर गाऊपालिकाले कर्णाली प्रदेशकेेै पहिलो सुरक्षित पालिका अभियान चलाइरहेकाे छ । जिल्लामै पहिलो सुरक्षित पालिका अभियान थालेको गुठिचौरले नागरिकको सुरक्षामा प्रथामिकता दिएको छ । सुरक्षित अभियान अन्तर्गत विभिन्न कार्यक्रमहरु गर्न थालेकाे छ । जुम्लाकाु गुठीचाैर गाउँपालिकाकाे हिमाली भाग तर्फ पर्ने वडा नं १ मा हिउदे सिंजनमा असाध्येेै चिसाे हुने भएकाले "आमालाई खाना बाबालाई नाना" भन्ने मुला नाराका साथ चिसोबाट जाेगिन तथा जाडरक्सी, लगायतका विकृतीबाट जेष्ठ नागरिकलाई जोगाउन सुरक्षित गुठिचौर अभियान सञ्चालन गरेको वडाध्यक्ष अर्जुन महताराले वताए । अबैध मदिरा नियन्त्रण देखि चिसोमा राहत वितरणका कार्यक्रमले अत्यन्तै खुसि भएकाे स्थानिय पुन्न बुढा बताउछन…
शरीर अद्भूत छ । शरीरभित्र यस्तो संयन्त्र हुन्छ, जसले शरीरलाई सग्लो, निरोगी, तन्दुरुस्त राख्न हरक्षण प्रयास गरिरहेको हुन्छ । हामीलाई कुनै रोगव्याधि लाग्न नदिन, कुनै खराब संक्रमण हुन नदिन त्यो संयन्त्रले काम गरिरहेको हुन्छ । त्यसैले त कतिपय रोग लागेपनि आफै निको हुन्छ । न औषधि गर्नुपर्छ, न शल्यक्रिया गर्नुपर्छ । अर्थात शरीरभित्र डाक्टर हुन्छ, सेना हुन्छ । त्यसैले हाम्रो उपचार गर्छ, हामीलाई रक्षा गर्छ । तर, यति अनमोल शरीरलाई हामी बुझ्दैनौं । त्यसैले शरीर बिरुद्धको खानपान गरिरहेका हुन्छौं, आनीबानी अपनाइरहेका हुन्छौं । शरीरभित्र के भइरहेको छ ? हामी देख्दैनौं । त्यहाँ सबै अंगहरुले चुपचाप आ-आफ्नो काम गरिरहेको हुन्छ ।…