खोज्नुहोस

Blog

भूकम्प प्रभावित क्षेत्रका बालबालिकालाई शैक्षिक सामग्री

भूकम्प प्रभावित क्षेत्रका बालबालिकालाई शैक्षिक सामग्री

गत कात्तिक १७ गते गएको भूकम्पको केन्द्रविन्दु जाजरकोटको बारेकोट गाउँपालिका रामिडाँडास्थित विद्यालयलाई शैक्षिक सामग्री वितरण गरिएको छ । बारेकोट-१ बयला रामिडाँडाको भगवती आधारभूत विद्यालयका छात्रछात्राका लागि विभिन्न सामग्री प्रदान गरिएको हो ।   फेयरमेड फाउन्डेसन नेपाल र सर्वाङ्गिन विकास केन्द्र नेपालको सहयोग, जिल्ला विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन समिति जाजरकोटको समन्वय र बारेकोट गाउँपालिकाको व्यवस्थापनमा शैक्षिक सामग्री वितरण गरिएको हो ।   विद्यालयका शिशु कक्षादेखि कक्षा ८ सम्मका १ सय ८९ जना विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेको सर्वाङ्गिन विकास केन्द्र नेपालका कार्यकारी निर्देशक लिलामणि गौतमले बताए । प्रतिविद्यार्थी न्यानो ट्य्राक सुट, सुरूवाल, टिसर्ट, टोपी र झोला प्रदान गरिएको गौतमको भनाइ छ भूकम्पका कारण विद्यालयमा…
Read More
नेत्र ज्योति संघ कर्णाली प्रदेश सदस्यमा जुम्लाका दिपेन्द्र निर्विरोध

नेत्र ज्योति संघ कर्णाली प्रदेश सदस्यमा जुम्लाका दिपेन्द्र निर्विरोध

नेत्र ज्योति संघ कर्णाली प्रदेश सदस्यमा जुम्लाका दिपेन्द्र निर्विरोध नेपाल नेत्र ज्योति संघ कर्णाली प्रदेशेको दोस्रो अधिवेशनमा जुम्लाका दिपेन्द्र विक्रम हमाल निर्विरोध निर्वाचित भएका छन् । नेत्र ज्योति संघ जुम्ला शाखाका सचिव हमाल प्रदेश सदस्यमा निर्वाचित भएका हुन् । दोस्रो प्रदेश अधिवेशनमा सभापतिमा तिलक मल्लको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति चयन भएको छ ।
Read More

मुगुमा स्वास्थ्यकर्मी माथि जातीय विभेद

सोरु गाउँपालिका–९ खनाया स्वास्थ्य केन्द्रमा कार्यरत अनमी तुलसाकुमारी विश्वकर्मामाथि जातीय विभेद भएको छ  । जातको कारण देखाउँदै उनलाई घरभेटीले डेरा छोड्न बाध्य बनाएका छन् । दाङ तुल्सीपुरकी उनी गत वर्ष माघ २४ गते खनाया स्वास्थ्य केन्द्रमा हाजिर भई उक्त स्वास्थ्य केन्द्रका इर्न्चाज सुरजकुमार शाहीको घरमा डेरा लिएर बस्दै आएकी थिइन् । डेरा लिएर बसेको करिब ९ महिनापछि दलित भएकोले भन्दै डेरा सार्ने दबाब दिएको विश्वकर्माले बताइन् । 'पहिले जात थाहा भएन तिमी यहाँ बस्यौ दलित रहेछौं अब कोठा छोडेर अन्यत्र जाउ' सुरजकी आमाले भनेको उल्लेख गर्दै विश्वकर्माले भनिन्,'पानी नचल्ने जात रहेछौं पहिले थाहा भएन अब कोठा छोड ।' घरमा बसाए अरु गाउँले आउँदैनन् समेत…
Read More
७ वटा घरसहित शृङ्खलाबद्ध आगजनी गर्ने व्यक्ति सार्वजनिक

७ वटा घरसहित शृङ्खलाबद्ध आगजनी गर्ने व्यक्ति सार्वजनिक

  जुम्लामा सात वटा घरसहित शृङ्खलाबद्ध आगजनीका घटना गर्ने व्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ । यही साउन ५ र ६ गते तथा विभिन्न समयमा सात वटा घर, ट्र्याक्टर र अटो रिक्सामा आगजनी गर्ने जुम्लाकाे गुठीचौर गाउँपालिका–४ उखाडी घर भई चन्दननाथ नगरपालिका–२ भण्डारीवाडा बस्ने रत्नबहादुर अधिकारीलाई प्रहरीले आज मङ्गलवार सार्वजनिक गरेको हो । नचिनेका व्यक्तिका समूहबाट जलेका भनिएका सात वटा घर रत्नबहादुर अधिकारीले जलाएको पुष्टि भएको छ । एकै समयमा जलेको ट्र्याक्टर, अटो रिक्सामा समेत उनले आगजनी गरेको खुलेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रह्लाद कार्कीले जानकारी दिनुभयो । अधिकारीले साउन २ गते चन्दननाथका साउनेखर कामीको गाईभैँसी पाल्ने…
Read More
त्रिवेणी–टोप्ला सडक खण्ड स्तरउन्नतिका लागि बोलपत्र आव्हान

त्रिवेणी–टोप्ला सडक खण्ड स्तरउन्नतिका लागि बोलपत्र आव्हान

रारा राजमार्ग अन्र्तगतको त्रिवेणी–टोप्ला सडक खण्ड स्तरउन्नति हुने भएको छ । त्रिवेणी–टोप्ला सडक खण्ड स्तरउन्नतिका लागि सडक डिभिजन जुम्लाले बोलपत्र आव्हान गरेको छ । (लुम्बिनी रारा पर्यटकीय द्रुत मार्ग अन्र्तगतको) त्रिवेणी–टोप्ला सडक खण्डमा ग्रावेल तथा सडक चौडा बनाउन बोलपत्र आव्हान गरिएको सडक डिभिजन जुम्लाका प्रमुख दिपेन्द्र विष्टले जानकारी दिएका छन् । यस्तै रारा राजमार्ग अन्र्तगत २÷२ कल्भर्ट र कज्वे निर्माणका लागि समेत बोलपत्र आव्हान गरिएको उनले बताए । ‘वर्षाको समयमा प्रतिकुम मौसमले सडक निर्माण, स्तरउन्नतिका काम ठप्प हुन्छन्, यो समयलाई मितव्ययी ढंगले उपयोग गर्दै बोलपत्र आव्हान गर्ने विभागको नीति हुन्छ, हामीले साउनको पहिलो हप्तामै बोलपत्र आव्हान गर्न सफल भएका छौं…
Read More